निर्णय नं. ६८६२ - नापी दर्ता वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८६२ - नापी दर्ता वदर भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५७/०१/०९ २३२८ निर्णय नं. ६८६२ ने.का.प. २०५७ अङ्क २ संयक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५२ सालको दे.पु.नं. ..... ५७७३ फैसला मितिः २०५७।१।९।६ मुद्दाः नापी दर्ता वदर । पुनरावेदक/प्रतिवादीः जिल्ला बैतडी, न्वाली गा.वि.स. वडा नं. ५ बस्ने उमापति भट्ट समेत विरुद्ध विपक्षी/वादीः जिल्ला बैतडी, न्वाली गा.वि.स. वडा नं. ३ बस्ने दानसिंह कार्की समेत § विवादको कि.नं.३४० को जग्गा मिति २०४२।३।१७ मा नापी हुँदा गौचरण जनिई नापी भएको देखिन्छ । वादी तर्फबाट विवाद उठी झगडा जनाइएको सम्म पनि देखिन आउदैँन । सो जग्गालाई प्रतिवादी तर्फबाट ७ नं. फाटवारी भर्दा गौचरण जनाइएको भन्‍ने वादीतर्फको जिकिर रहेको देखिन्छ । प्रतिवादी मध्येको कमलापतिले मिति २०२३।१२।१४ मा ७ नं. फारम भरेकोमा प्रधानपंचको हैसियत उल्लेख गरेको पाइन्छ । प्रधानपंचको हैसियतबाट भए गरेको कार्यको सम्बन्धमा तत्कालिन प्रचलनमा रहेको गाउँ पंचायत ऐन, २०१८ को दफा ७१ को कार्यविधि पूरा गरी फिराद गरेको समेत देखिन आउदैन । निज प्रधानपंच कमलाकान्तले गौचरणमा राखी दिएको भन्‍ने व्यहोरा ७ नं. फाराममा उल्लेख गरेको आधारमा निजलाई समेत पक्ष कायम गरी नापीले मिति २०४४।१०।२४ मा निर्णय गरेको देखिन्छ । सोही आधारमा पक्ष विपक्ष भएको भनी व्यक्ति विशेष उपर प्रधानपंचको हैसियतले गरिएको कार्यको सम्बन्धमा के कुन कानूनी आधारमा नालिश गर्न पाउने हो वादीले सो खुलाउन सकेको समेत देखिन आउदैन । तसर्थ प्रस्तुत नालिश खारेज हुने । (प्र.नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी वादि तर्फबाटः X अवलम्बित नजिरःX आदेश न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०५२।३।१२।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत प्रतिवादीको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्‍ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५२।११।१४ को आदेशबाट दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः 2. १९९५ सालको नापीमा फुसे सिंह कार्की, कैले कार्की, विरसिंह कार्कीका नाउँमा दर्ता भएको हामी फिरादीहरुको चलन भोगमा रहेको सा.कि.नं. २३४ तिरो रु.।३६।२ के ॥५।६ को डिक गाड देखि दक्षिण, पश्‍चिम सिमदुयाल देखि उत्तर, खोला देखि पूर्वको दगड गडौडा जग्गा हाल नापीमा कि.नं.३३८ र ३४० पर्ति देखाएको ७ दिने सूचना हामीहरुको नाउँमा कायम गरी पाउँ भनी नापी टोलीमा दावी निवेदन गरेकोमा कि.नं. ३३८ को जग्गा हामी दानसिंह र पदम सिंहका नाउँमा कायम भएको कि.नं. ३४० को जग्गालाई काशिराम भट्टसमेतले सार्वजनिक गौचर भनेकाले सोही अनुसार पर्ति नै देखाई नापी गोश्‍वाराबाट निर्णय भएकोले सो निर्णय वदर गरी हाम्रो कायम गरी पाउँ भन्‍ने समेत व्यहोराको देव सिंह कार्कीसमेत जना ५ को संयुक्त फिराद पत्र । 3. विपक्षीहरुको सा.कि.नं. २३४ को जग्गा हाल नापीको कि.नं. ३३८ को जग्गासँग मिले भिडेको छ । हाल नापीको कि.नं. ३४० को जग्गा विपक्षी फिरादीको कि.नं. २३४ को जग्गाको जग्गा भित्रको नभै सबै जग्गा सार्वजनिक गौचर हो । विपक्षी फिरादीहरुलाई संयुक्तरुपबाट सा.कि.नं. २३४ को जग्गाका आधारमा फिराद दायर गर्ने हक दैया नहँदा फिराद खारेज गरी नापीको निर्णय कायम गरी पाउँ भन्‍ने समेत व्योराको कमलाप