निर्णय नं. १०४७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४७ - अंश भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०५/०३ २३४७ निर्णय नं. १०४७ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको दे.फू.नं.४० फैसला भएको मिति : २०३४।५।३।६ मा निवेदक : कपिलवस्तु जिल्ला घनौरा मौजा पिपरी बस्ने झिन्नु कुर्मी समेत विरुद्ध विपक्षी : ऐ ऐ बस्ने जिमिदार कुर्मी मुद्दा : अंश (१) मुद्दा परी फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा अ.बं. ८६ नं. बमोजिम उजूर परेको नभएपछि डिसमिस मिलापत्र खारेज जे जस्तो भएको छ सो सम्बन्धित पक्षकोलागि सदैव मान्यता गर्नुपर्ने हुन आउने । (प्रकरण नं. १४) (२) अघि नै यिनै वादी प्रतिवादीहरू प्रतिवादी र वादी भई परेको अंश लिई दिई मुद्दामा मिलापत्र भई अंश मुद्दा किनारा भएकोमा पुनःअंश छुट्याई पाउँ भन्ने कुराको प्रस्तुत फिरादपत्र अ.बं. ८५ नं. ले लाग्न नसक्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : वादी कौसल्या पाध्यानी प्रतिवादी देवकुमारीको अंश मुद्दा फैसला न्या. झपट सिंह रावल : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३२।८।३१।४ मा भएको निर्णय दोहराई पाउँ भन्ने निवेदक प्रतिवादीहरूको परेको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : मुल पुर्खा हरनारायणको जेठा कलानाथ, माहिला पृथ्वीपाल, साहिला जँगमोहन, काहिँला हनिवन्त, कान्छा कासिराम समेत ५ दाज्यू भाइ भएको कल्याननाथबाट वासुदेव समेत ४ दाजु भाइ पृथ्वीपालको कुनै छोरा नभएको जंगमोहनबाट राम आधारे रामवरण भएको राम आधारेको सेष दत समेत रामवरणको राम सुगम समेत भएको निवन्तबाट म समेत ४ दाजु भाइ भएको वसिरामबाट झिन्नुराम शंकर समेत ३ भाइ भएकोमा सगोलमा वसी भोग चलन गरी आएको १५।१६ वर्ष भयो, भारतको जग्गामा भाग शान्ति १।४ का हिसाबले छुट्याई भोगी आएको नेपाल कपिलवस्तु जिल्लाको मौजे पिरी मध्येको पैत्रिक जिमिदारी जग्गा द्रौपतीका नाउँमा दर्ता भई सो जग्गाको आयस्ता बाँडी भोगी आएको म समेतको अंशियार १।४ भएकोमा अंशबण्डा लेखी दर्ता गराउन भन्दा दिन्न भनी जवाफ दिएकोले पिप्रा मौजाको जग्गा मध्ये द्रौपती समेतको नाउँमा दर्ता भएकोले के कति छ सोको तायदाती लिई अंशबण्डा गराई अंशबण्डा छुट्याई पाउँ भन्ने समेत वादी जिमिदारी कुर्मीको फिराद । ३. सुखनाले वादी र हामी रामप्यारे झिन्नु समेत १६ जनाका नाउँमा नालेस दिएको अंश मुद्दामा ०१८।८।२७ मा घरसारमा भएको कागज अनुसार लिने दिने सर्तमा ०१७।९।९ मा मिलापत्र भई वादी जिमिदार १, गोवर्धन १, हरिहर १, अधिन १ समेत ४ ले पिपराको जग्गामा अंश नलिई निजले हाम्रो हक गरी भारत धनोरा मौजाको लिए पाएको म राामप्यारे झिन्नु समेत ४ जनाले पिपराको जिमिदारी जग्गा मध्ये आधी र भारतको दोहरिया खुर्द मध्ये आधी समेत गरी पाएको अरू अंशियारले पनि केही भारतको केही पिरिको समेत गरी लिए पाए अनुसार भारतको कचहरीमा हाम्रा नाउँमा दर्ता हुने र यस अधिराज्यको क.ब.मालम