निर्णय नं. ३८८५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८८५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/१९ ३१३८ निर्णय नं. ३८८५ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. २०३२ आदेश भएको मिति : २०४६।५।१९।२ मा रिट निवेदक : गोरर्खा जिल्ला अस्राङ गा.पं. वा.नं. ६ बस्ने वालकृष्ण पाण्डे विरुद्ध विपक्षी : श्री पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरासमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ § जुन निकायबाट निर्णय फैसला भएको छ सो फैसलाबाट तेश्रो पक्षको हक हितमा असर पर्न गएको छ भने उक्त तेश्रो पक्षको हक हित संरक्षण गर्न सोही निकाय सक्षम हुन्छ, जिल्ला अदालतबाट फैसला भएको अवस्थामा अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले जिल्ला अदालतमा फिराद दिनु पर्ने हुन्छ, जिल्ला अदालतले अ.बं. ८६ नं. अन्तर्गत विवादित फैसलामा हेरफेर बदर गर्न सक्ने । (प्रकरण नं. १२) § गाउँ पञ्चायतलाई कुलो पानी मुद्दा हेर्ने अधिकार प्रदान भएकोमा गाउँ पञ्चायतको फैसलाबाट तेश्रो पक्षको हकमा प्रतिकूल असर परेमा सोही गाउँ पञ्चायतले उक्त फैसला बदरमा अ.बं. ८६ नं. अनुसार निर्णय गर्न पाउने । (प्रकरण नं. १२) § गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ ले कुलो पानी मुद्दा गाउँ पञ्चायतलाई हेर्ने अधिकार प्रदान गरी राखेकोमा त्यस्तो उजूरी लिई हेरी प्रत्यर्थी जिल्ला अदालतले निर्णय गरेको त्यस उपर परेको पुनरावेदन सुनी अञ्चल अदालत तथा क्षेत्रीय अदालतले फैसला गरेको अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) § आफ्नो अधिकार क्षेत्र भित्र नभएको मुद्दाको फिराद आफू समक्ष पर्न आएपछि जिल्ला अदालतले दरपीठ गरी दिनु पर्ने थियो अथवा दर्ता भइसकेपछि पनि सम्बन्धित निकायमा मिसिल पठाई दिनु पर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कुष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. अस्र मौजे अस्राङ गा.पं. अन्तर्गत पूर्व खोला पश्चिम वन उत्तर वन दक्षिण खेत यति चार किल्ला भित्रको साविकमा वगुवाको पुछार भन्ने हाल भत्क्या गौडा भन्ने खेत मेरो बाजे शिव शर्मा पाण्डे जैसीको दर्ता तिरोको जग्गा निजको शेषपछि मेरो बाबु महाप्रसादको हक हुन आई हालको नापीमा मेरो नाममा नापी भई मेरो हक भोगमा हुन आएको अस्राङ गा.पं. वडा नं. ६ कि.नं. ५२१ को खेत हो । यस खेतमा साविक बमोजिम रत्नौला खोला र पहरा मुनीको मुलपानी देखि दुड कुलोबाट आउने पानी एकलौटी लगाई भोग चलन गर्दै आएकोमा उक्त रत्नौला खोलाको पानीको बाँधभन्दा माथि पट्टी चन्द्रप्रसाद पाण्डेले बाँध बनाई कुलो खन्न लाग्दा मैले कुलो खनी पानी लैजान नदिएकोले निजले अस्राङ गा.पं. मा निवेदन दिनु भएछ । मैले आफ्नो सबूद प्रमाण सहित उपस्थित भई प्रतिवाद गरेकोमा गा.पं. न्यायिक समितिले गा.पं. ऐन, २०१८ को दफा ४१(१)(ज)(४)(७) को आधारमा २०४१।४।१६ मा रत्नौला खोलाको सम्पूर्ण पानी मैले एकलौटी रुपमा साविक बमोजिम क्षेत्रफल १८–१२–१–३ को मेरो भत्था गौडा खेतमा सालवासाली रुपमा लगाउँदै जान पाउने भनी फैसला गरी दिएकोले साविक बमोजिम भोग चलन गर्दै आएको पानी हो । यस्मा कसैको विवाद थि