निर्णय नं. १०४८ - उत्प्रेषणको ओदश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४८ - उत्प्रेषणको ओदश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/२९ १९५६ निर्णय नं. १०४८ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको रिट नम्बर ११८१ आदेश भएको मिति : २०३४।३।२९ मा निवेदक : का.प.जि. देउभूमि गा.पं. वार्ड नं.२ आँपघारी बस्ने गोपाल दनुवार विरुद्ध विपक्षी : का.प.जि. होकसे गा.पं.वार्ड नं.७ बस्ने रामेश्वर खड्का क्षेत्रीसमेत विषय : उत्प्रेषणको ओदश जारी गरी पाउँ (१) म्यादभित्रै धरौटी राखेकोलाई गैरकानूनी तरिकाले मिति अंक सच्याई त्यसका आधारमा म्यादभित्र धरौट नराखेकेको भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता प्रेमबहादुर विष्ट आदेश न्या.विश्वनाथ उपाध्याय : विपक्षी भूमिसुधार अधिकारीको मिति २०३०।११।२२ को फैसला सार्न जाँदा सार्न नदिएको र उक्त निर्णयले संवैधानिक हक हनन् भएकोले उक्त निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार यो रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : मिति २०३०।११।२२ मा कूत भराई मोही निष्काशन हुने ठर्हछ भनी भूमिसुधार कार्यालय काभ्रेपलाञ्चोकको का.मु. भूमिसुधार अधिकारीबाट निर्णय भएको रहेछ । ३. उपयुक्त तथ्य बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएका मुख्य जिकिर यस प्रकार छ : विपक्षी रामेश्वर खड्कालाई अधिया कूत बुझाई म मोहीया भई कमाई आएको मेरो मोहियानी हक भोगको जग्गा पूर्व हर्षबहादुरको साँध, पश्चिम ठूलो गाउँले, उत्तरबहादुर दक्षिण दुहिमानको साँध यति ४ किल्ला भित्रको विजमाना ।।५ खुट्टेदार बारीमा विपक्ष समेतले २०२८ सालको मकै छर्ने अवस्थामा २०२८।१।२१ गतेका दिन मोही बेदखली गरेकोमा भूमिसुधार कार्यालयामा मेरो उजूर परी कारवाही हुँदा मोही बेदखली गरेको ठहरी का.प.जि.भू.सु.बाट २०२८।५।३ गते फैसला भएको । सो उपर विपक्षको सम्मानीय श्री सर्वोच्च अदालतबाट २०२९।१।११ गते खारेजी फैसला भएको, भाइ सन्तबहादुर विदेशतर्फ गएको हुनाले निजको समेत मोहियानी हकको समेत २०३० सालको अधिया कूत जम्मा मकै मुरी ४ विपक्षी रामेश्वर र होमबहादुरलाई वराबर र बुझाउन लैजाँदा बुझी नलिएकोले भाइ सन्तबहादुरको र मेरो समेत गरी भू.सं. ऐन, २०२१ को दफा ३६ को उपदफा (८) बमोजिम २०३०।१०।२१ मा का.प.जि.देउ भूमि बालुवा गा.पं.मा जम्मा रू. ३२०। धरौट राखी गा.पं.बाट धरौट राखेको रसिद समेत लिएको छ । विपक्षी रामेश्वरले यो २०३० सालको कूत मकै मुरी २ दुई दिलाई मोहीबाट समेत निष्काशन गरी पाउँ भनी विपक्षी का.मु. भूमिसुधार अधिकारी समक्ष उजूरी दिएपछि म्यादमा उपस्थित भई विपक्षीले दावी गरेको कूत म गोपालपट्टिको मकै मुरी २ दुई र भाइ सन्तबहादुरपट्टिको मकै मुरी २ समेत जम्मा ४ मुरी सम्बन्धित देउ भूमि बालुवा गाउँपञ्चायतमा धरौट राखेको छु भनी गा.पं.बाट दिएको धरौटी रसिद समेत पेश गरी बयान गरेपछि पनि धरौट रहेको गा.पं.समेत नबुझी कानूनी आधारहिन कूत भराई मोहीबाट निष्काशन गरी २०३०।११।२२ मा गर्नु भएको फैसला भू.सं. ऐन, २०२१ को दफा ३६ को उपदफा (२) र अ.वं.३५ नं.बमोजिम बदरहुने स्पष्ट भएकोले निर्णय बदर गरिपाउँ भन्नेसमेत उल्लेख छ । ४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेशगर्नु भन्नेसमेत २०३१।१।१०।३ को डि.बे.को आदेश । ५. विपक्ष गोपाल दनुवारले दिएको उजूर निवेदनमा नै मिति २०३०।११।२१ मा गा.पं.मा धरौट राखेकोछु भन्ने जिकिरदेखिएको तर भू