निर्णय नं. ४७०० - उत्प्रेषण मिश्रित प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७०० - उत्प्रेषण मिश्रित प्रतिषेध भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५०/०२/१७ ३१०३ निर्णय नं. ४७०० ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४७ सालको रिट नम्बर – १३३५ आदेश मिति : २०५०।२।१७।१ निवेदक : जिल्ला रुपन्देही सेमलार गाउँ विकास समिति वडा नं. ९ वेलमरीया बस्ने दुर्गा बहादुर कार्की । विरुद्ध प्रत्यर्थी : प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय, रुपन्देही समेत । विषय : उत्प्रेषण मिश्रित प्रतिषेध । (१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ (५) क. बमोजिम शान्ति सुरक्षाको लागि परेको निवेदनमा प्र.जि.अ.ले कारवाही गर्न पाउने कानूनी व्यवस्था भएको र सो बमोजिम भए गरेको कारवाहीलाई अन्यथा भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. ९) (२) सम्पत्ति सम्बन्धी कागज गराउन पाउने अधिकार प्र.जि.अ. लाई भएको नदेखिएकोले त्यस्तो कुनै कागज भए गराएको भए पनि त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भई स्वतः निस्कृय हुने । (प्र.नं. ९) (३) प्र.जि.अ. ले गराए भनेको सम्पत्ति सम्बन्धी कागजबाट निवेदकलाई असर पर्न सक्ने स्थिति नहुने । (प्र.नं. ९) (४) नभएको कागज बदर हुने नहुने भनी बिचार गर्नु पर्ने अवस्था नहुने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता सियानन्द दास सरस प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी : विद्वान अधिवक्ता श्री रामनाथ मैनाली : विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल । आदेश न्या. उदयराज उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ अनुसार दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ : २. विपक्षीहरू भन्ने मेख कुमारी मेरी आमाको दिदीको बुहारी हुनु हुन्छ । भैरब बहादुर, लक्ष्मण बहादुर, महेन्द्र बहादुर मेरो भाई हुन् । पिताजीले मिति २०१८। ११।२९ गतेमा घरसारको अंशवण्डाको कागज गरी गराई मलाई बस्न घर र नगद मात्र दिई छुट्टाई भाइहरू नाबालक हुँदा निजहरूको अंश आफ्नै साथ राखी बस्नु भयो । त्यस बखत महेन्द्रको जन्म भएको थिएन बाबुले आफ्नो जग्गा केहि विक्री गर्नु भयो । मैले अंश बापत पाएको रूपैयाँ र आफूले कमाएको रूपैयाँबाट मिति २०१९।६।१७ गतेमा केहि जग्गा खरिद गरी गुजारा चलाएकोमा त्यसमा म बाहेक अरु कसैको हक दायित्व छैन । अन्य विपक्षीहरूले प्र.जि.अ.मा नमालुम के कुराको उजूरी दिनु भयो औपचारिक जानकारी छैन विपक्षी जि.प्र.का.बाट गा.वि.स. मार्फत बोलाउनु भयो । त्यस पछि प्रहरीद्वारा पक्राउ गरी मिति २०४७।११।२२ गते जि. प्र.का.मा हाजिर भए । प्र.जि.अ. ले मलाई हप्काई तिम्रो बाबुले मेख कुमारलाई जग्गा बिक्री गरेको थियो । भाइहरूलाई किन अंश नदिएको तिम्रा नामको जग्गा उनिहरूलाई पास गरी देउ भन्दा मेरो अंश हकको जग्गा हो भाइको जग्गा बाबुसंग छ म संग होइन । म उपरको उजूरी हेर्न पाउँ । त्यसको लिखित उत्तर दिन्छु भन्दा धांक धम्कि दिन थाल्नु भयो । मैले मेरो सम्पत्ति दिन्न भन्दा केहि दिन थुनामा राखी चैत्र ११ गते आइज भनी तारिखमा राख्नु भयो सो दिन जाँदा मेख कुमारीलाई जग्गा रजिष्ट्रेशन गरी दिने र भाईलाई अंश दिने भन्नु भयो । मेरो जग्गा बैंकमा धितो छ पास हुन सक्दैन भन्दा चैत्र मसान्त सम्ममा फुकुवा गरी पास गरी दिनु पर्छ भन्दा मैले नमान्दा डर त्रास देखाई बाबुले बिक्री गरेको पास हुन बाँकी जग्गा मेख कुमारीलाई रजिष्ट्रेशन पारीत गरी दिन्छु भने र भा