निर्णय नं. ३८८७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८८७ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०२/१७ २३८८ निर्णय नं. ३८८७ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ५०० फैसला भएको मिति : २०४६।२।१७।३ मा पुनरावेदक/वादी : श्री चक्रबहादुर राउतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. बाजुरा डोगडी गा.पं. वा.नं. ६ डोगडी गाउँ बस्ने सेते राउत मुद्दा : कर्तव्य ज्यान § करणी गर्न जाँदा बन्चरो लिई जानु पर्ने अवस्था र मरी सकेपछि गहना लिएको भन्ने बयान सबूद प्रमाणहरुबाट पुष्टि नभएसम्म मिल्दो र पत्यार लाग्दो भन्न नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परेको र निर्णयार्थ पेश हुन आएको यस मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. मेरी भाउजू पिल्ठु राउत गुफलेडीको गोठमा बस्दथिन २०४२।५।५ का राती मृत्यु भई भनी राउतले मृतक अवस्थामा देखेको र भाउजूको लाशको टाउकोमा घाउ परी नाक, कानमा लगाएको सुनको गहना समेत लगेकोले भाउजूको मृत्यु कर्तव्यबाट भएको विश्वास लाग्छ कर्तव्यवाला को हो थाहा छैन भन्ने समेत व्यहोराको चक्रबहादुर राउतको जाहेरी दर्खास्त । ३. धारिलो हतियार प्रयोग गरिएको भन्ने पिल्ठु राउतको लाश प्रकृति मुचुल्का । मृतकको छोरीले उठाई देउ भन्दा पिल्ठु राउत नउठेकी र मरी सकेको हुँदा निजका छोरा छोरीलाई आफ्नो गोठमा ल्याएकी कर्तव्यवाला को हो थाहा छैन भन्ने समेत व्यहोराको मनी राउतले प्रहरीमा गरेको कागज । ४. जि. बाजुरा आरी चौर हेल्थपोष्टको मिति ०४२।५।९ को लाश जाँच प्रतिवेदन । ५. २०४२।२।१६ मा भारत गई २०४६।५।८ मा घरमा आउँदा पत्नी पिल्ठु राउत मरेको कारणको पिरले व्यहोस भएको थिएँ । सेते राउतसंग २।३ पटक गाई, भैंसीले बाली खाएको सम्बन्धमा झगडा परी निजले रिसइवी लिएको थियो । त्यसो हुँदा मेरी स्वास्नी पिल्ठुलाई निज सेते राउतले नै मारेको पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको रति राउतले प्रहरीमा गरेको कागज । ६. मेरो सौता पिल्ठुको मृत्यु सेते राउत कै कर्तव्य र परिपञ्चबाट भएको विश्वास लाग्छ भन्ने सन्तला राउतको प्रहरीमा गरेको कागज । ७. आमा मरेको रात भाइ बहिनी सहित म पनि आमासंग सुतेको थिएँ आमाको मृत्यु कसरी कुन बेला भयो थाहा छैन भन्ने मृतककी छोरी निली राउतले गरेको कागज । ८. ६ गते सन्ते राउतले गोठ सारेको हो, सेते र मृतकको परिवारको झगडा थियो भन्ने समेत अलग अलग व्यहोराको विन्दु राउत, विरमाने राउत, डिले धामी र अंगविरे धामी समेतले प्रहरीमा गरी दिएको कागज । ९. २०४२।५।५ मा मृतकको गोठदेखि उत्तरतर्फको आफ्नो गोठमा जुने राउतसंग सुतेको थिएँ मृतकको लोग्ने गोठमा नभएको र आफ्नो स्वास्नी नभएकाले करणी गर्ने आसयले मृतकको गोठमा राती १२ बजे जाँदा पिल्ठुले नमानेकी र भोलिपल्ट हल्ला गर्लिन भन्ने डरले लिई गएको बन्चरोले निजको टाउकोमा १ चोट प्रहार गरेपछि कति चोटी प्रहार गरे भन्ने समेत व्यहोराको सेते राउतले प्रहरीमा गरेको कागज । १०. पिल्ठुलाई सेतेले मारेको हो हैन थाहा छैन भन्ने केहीको र केही व्यक्तिको मृतकको लोग्नेसंग झगडा भएको र निजले किटानी जाहेरी दिएकाले सेते राउतले पिल्ठुलाई मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ११. सेते राउतले गरेको साविती बया