निर्णय नं. १०४९ - आयकर (२०२८)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४९ - आयकर (२०२८) भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/०७ १९२२ निर्णय नं. १०४९ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ को दे.पु.नं.८४।९७ आदेश भएको मिति : २०३४।४।७।६ मा पुनरावेदक : भक्तपुर स्थित नर्वदुर्गा चित्र मन्दिरका प्रो. दैवज्ञराज विजुक्षे विरुद्ध पुनरावेदक : कर कार्यालय बाग्मती अञ्चल काठमाडौं मुद्दा : आयकर (२०२८) (१) म्याद नघाई परेको निवेदनको आधारमा पुनरावेदन दर्ता भएको देखिएबाट सो पुनरावेदनबाट इन्साफ दिन नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा :  फैसला न्या.विश्वनाथ उपाध्याय : सरकारी कार्यालयमा दाखिल भएको रकम आयमा कटाईमात्र आयकर निर्धारण गर्नुपर्ने सो गरेको देखिएन । तसर्थ, उक्त डिष्ट्रीब्यूटर कर दाखिल गरेको रकम रु.११०२२।७० खर्च मिन्हा दिनुपर्ने ठर्हछ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादी प्रो.दैवज्ञरत्न विजुक्षे र वादी कर कार्यालय बाग्मती अञ्चलको निवेदन परी पुनरावेदनको अुनमति भई पुनरावेदन सरह बेञ्च समक्ष पेश हुन आएको छ । २. प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य विवरण यस प्रकार छ : करदाता नवदुर्गा चित्र मन्दिरका प्रो. दैवज्ञरत्न विजुक्षेलाई २०२८ साल बैशाख देखि ऐ.चैत्र मसान्त सम्मको विवरण माग गरेकोमा आय रु.२५।०८२।०१ हुने भनी बारुलात दाखिल भएको । करदाताका २०२८ साल बैशाख देखि ऐ.मसान्त सम्मको जम्मा आय रु.७९।३५१।४१ हुने भनी क. ले पर्चा पेश गरे अनुसारको रकमलाई नै खूद आय कायम गरी त्यसको कर रु.२५,५४३।२८ लाग्ने ठहराई क.का.वा.अं.बाट २०२९।१२।२७ मा निर्णय भएको रहेछ । ३. कर कार्यालयको आयकर ऐन, २०१९ को दफा १८ को विरुद्ध गरेको निर्णय बदर गरी दाखिल गरेको विवरण तथा नाफा नोक्सानीको हिसाब समेत जाँच गरी हेरी कानूनबमोजिम कर निर्धारण गरी पाउँ भन्ने समेत व्यहोराको कर दाता दैबज्ञरत्नको राजश्व न्यायाधीकरणमा दिएको पुनरावेदन । ४. यसमा करअधिकृतद्वारा पुनरावेदकको आर्थिकवर्ष २०२८ साल बैशाख देखि ऐ चैत्र मसान्त सम्मको खर्च देखाएको रकम मध्ये मिति २०२९।१२।२७ को कर निर्धारण आदेशानुसार मिन्हा नगरेको निम्न खर्चहरू (१) पुरस्कार खर्च रु.८०३।५१ मिन्हा नगरेको हकमा गत साल सो खर्चहरू मिन्हा गरेको देखिऐकोले यसमा मिन्हा हुन (२) विल्डिङ्ग मर्मत गरी माग गरेको रु.१३,९५८।६७ मध्ये रु.११,००। मिन्हा नगरेको हकमा विल्डिङ्ग मर्मत गरिएको छैन भनी कर अधिकृतले प्रमाणित गर्न नसकेकोले करदाताले मागे मध्ये आधा रु.६,९७६,३३ मिन्हा हुने (३) पूजा खर्च माग गरेको रु.१,२७३। मध्ये मिन्हा नगरेको रु.५४३।९५ का हकमा गत सालमा पूजा खर्च रु.९१६।५८ मिन्हा गरेको यस सालमा रु.७२९ मात्र मिन्हा गरेको देखिएकोले मागबमोजिम मिन्हा हुने विज्ञापन खर्च माग गरे मध्ये रु.४५५।३ मिन्हा हुने । (४) धारा खर्च भनी रु.११३८।२८ मध्ये मिन्हा नगरेको रु.१०७१।१७ को हकमा गत साल रु.३,२४०।९४ मिन्हा गरेकोमा यस साल विना कारण मिन्हा नगरेकोले मागबमोजिम मिन्हा हुने ठर्हछ भन्ने समेत व्यहोराको राजश्व न्यायाधीकरणको फैसला । ५. यस कर कार्यालय वा.अं.को २०२९।१२।२७ को कर निर्धारण आदेश रा.न्या.काठमाडौंले केही बदर गरेको चित्त नबुझेको हुनाले सो मितिको कर निर्धारण आदेश सदर गरी पाउँ भन्ने समेतको क.का.वा.अं को