निर्णय नं. ६८६४ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८६४ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/११/१३ २२८८ निर्णय नं. ६८६४ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजालास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५४ सालको रिट नं. .... २३८८ आदेश मितिः २०५६।११।१३।६ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला दाङ, उरहरी गा.वि.स. वडा नं. २ घर भै तु.न.पा.बाट अवकाश प्राप्त खरिदार सुरेन्द्र गिरी विरुद्ध विपक्षीः तुलसीपुर नगरपालिका कार्यालय दाङसमेत § निवेदक विपक्षी नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति पाएको कुरामा विवाद देखिएन । यस्ता कर्मचारीहरुलाई नगरपालिका ऐन, २०४८ को दफा ७३(३) अनुसार नियुक्ति, सरुवा, वढुवा र वर्खास्ती गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ । निवेदकको नियुक्ति २०५३।१२।१२ मा भएको र निजले अवकाश पाउँदा तोकिएको एक वर्षे परीक्षणकाल समेत समाप्त भएको अवस्था देखिएन । साथै नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम १०(३) मा नियुक्ति गर्ने अधिकारीले अवकाश दिन सक्ने कानूनी व्यवस्था भएको र निवेदक कर्मचारी परीक्षणकालमा रहे भएकै समयमा मिति २०५४।३।२४ को नगरपालिकाको वैठकले नगरपालिकाको मौजुदा कर्मचारी संख्या आवश्यकता भन्दा बढी भै प्रशासनिक खर्च समेत बढी देखिन गएकोले प्रशासनिक खर्चलाई कटौति गरी नगरपालिकाको श्रोतलाई बढी भन्दा बढी विकास कार्यमा लगानी गर्ने भन्‍ने नीतिगत निर्णय अनुसार नगरपालिकाले निवेदकलाई अवकाश दिएको देखिन्छ । नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २३ र २४ अनुसार सफाई पेश गर्ने मौका दिनु पर्ने एवं स्पष्टीकरण लिनु पर्नेमा त्यस अनुसार नगरपालिकाबाट केही गरिएन भन्‍ने निवेदकको जिकिरको सम्बन्धमा हेर्दा सम्वत २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दामा यस अदालतबाट मिति २०५२।१०।९ मा परीक्षण कालमा रहेको कर्मचारीलाई सफाईको मौका दिनु पर्ने बाध्यात्मक व्यवस्थाको अभावमा त्यस्तो कर्मचारीलाई नोकरीबाट अवकास दिएको कार्यलाई अनधिकृत भन्‍न मिल्ने देखिएन भन्‍ने सिद्धान्त कायम भएको देखिन्छ । रिट निवेदक परीक्षण कालमा रहे भएको देखिँदा सफाई पेश गर्ने मौका दिई अवकास दिनुपर्ने हो भनी भन्‍न मिल्ने देखिएन । तसर्थ नगरपालिकाले आफ्नो अधिकार क्षेत्र अन्तर्गतको अधिकार प्रयोग गरी निवेदकलाई दिएको अवकाश कानूनसम्मत नै हुँदा निवेदकको निवेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.८) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी. विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री एकराज भण्डारी अवलम्बित नजिरः २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दा । आदेश न्या.कृष्णकुमार वर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. म निवेदक तुल्सीपुर नगरपालिकाको मिति २०५३।१२।८ को निर्णय अनुसार सहायक स्तर द्बितीय श्रेणी (खरिदार) पदमा स्थायी नियुक्ति पाई नगरपालिका ऐनको परिधि भित्र रही नगरपालिकामा कार्यरत रही आएकोमा विपक्षीहरुले बिना कारण मिति २०५४।४।२ मा मिति २०५४।३।२४ को निर्णयानुसार तपाईलाई मिति २०५४।३।२५ देखि नै लागु हुने गरी सहायकस्तर द्बितीय श्रेणी खरिदार पदबाट अवकाश दिइएको व्यहोरा उल्लेख गरी पत्र दिइयो