निर्णय नं. ६८६५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८६५ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/१२/२१ २९९९ निर्णय नं. ६८६५ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५५ सालको फौ पु.नं. ... १९७९ सम्वत २०५५ सालको साधक नं. ... २३३ फैसला मितिः २०५६।१२।२१।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला चितवन, पिठुवा गा.वि.स. वडा नं. ३ घर भै हाल कारागार शाखा भरतपुर चितवनमा थुनामा रहेका तिलक प्रसाद भट्टराई विरुद्ध विपक्षी/वादीः केदार प्रसाद दाहालको जाहेरीले नेपाल सरकार § तत्कालै उठेको रिस सहन नसकी आवेशमा आई घटना घटेको हुँदा ज्यान सम्बन्धीको १३(३) को सजाय गरेको मिलेन भन्ने जिकिरका सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजात अध्ययन गर्दा यी प्रतिवादी तिलकप्रसाद भट्टराईले आफ्नो जेठी श्रीमती कमला भट्टराईलाई २०५३।१।२ गतेका दिन कुटपीट गरी घाँटीमा डोरीले कसी पछि आँगनमा रहेको मकैको खोयामा पल्टाई मट्टितेल खन्याई आगो लगाई दिई कर्तव्य गरी मारेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती रही बयान गरेको देखिन्छ । मृतकको शरीर अत्यधिक रुपमा जल्न गई मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट र लास जाँच प्रकृति मुचुल्का समेतबाट देखिन्छ । घटना देख्ने यी प्रतिवादीको ७ वर्षको छोरी सृजना भट्टराईले अधिकार प्राप्त अधिकारी र अदालत समेतमा बयान गर्दा बुबा आमा बीच झगडा परी बुबाले आमालाई कपालमा समाते र खाटबाट भूईमा लडाई भान्सा कोठाबाट मट्टितेल ल्याई खन्याई आमालाई भित्रबाट घिसारेर बाहिर आँगनमा रहेको मकैको (खोया) ढोरमा पल्टाई आमाको मुख थुनी घाँटीमा डोरीले बाँधी आगो लगाई मारेको भन्ने बकपत्र गरेको देखिन्छ । प्रतिवादी मध्येका चन्द्र कुमारी भट्टराईको अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतबाट यी प्रतिवादीले मृतकलाई खोयामा पल्टाई आगो लगाई कर्तव्य गरी मारेको भन्ने देखिन्छ । त्यसैगरी बुझिएका व्यक्तिहरु ध्रुवप्रसाद खनाल, चोमनाथ खनाल, टिकाराम ढकाल तथा जाहेरवाला समेतले अदालतमा गरेको बकपत्र समेतबाट मृतक कमला भट्टराईको मृत्यु यी पुनरावेदकको कर्तव्यबाट भएको पुष्टि भएको देखिन्छ । ज्यान सम्बन्धीको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ, लुकि चोरीकन हानेको पनि रहेनछ उसै मौका उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि हान्दा सोही पीरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दाको मृतक कमला भट्टराईको मृत्युको घटित घटना सो १४ नं. मा उल्ल्खित अवस्थासँग मिल्ने देखिएन । मट्टितेल शरिरमा खन्याई आगो लागेको अवस्थामा ज्यान जान सक्ने भन्ने कुरा प्रतिवादीलाई थाहा भएन भन्न पनि सकिदैन । तसर्थ प्रतिवादी तिलकप्रसाद भट्टराईलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लिलामणी पौडेल विपक्षी वादी तर्फबाटः X अवलम्बित नजिरःX फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. पश्चिम चेत