निर्णय नं. ३८९० - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८९० - जग्गा दर्ता भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/१३ २५६५ निर्णय नं. ३८९० ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ७३२ फैसला भएको मिति : २०४६।५।१३।३ मा पुनरावेदक/वादी : सप्तरी जि. पारसर गा.पं. वडा नं. ९ बस्ने सुर्यप्रसाद यादव विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने रामरुपगोप यादव मुद्दा : जग्गा दर्ता § ऐन लागू हुनुभन्दा पहिले जग्गाको नामसारी दाखिल खारेज गर्न म्याद गुज्रेको कलमहरुमा समेत दस्तूर लिई नामसारी दाखिल खारिज गरी दिनु पर्छ भन्ने कानुन रहेको पाइन्छ । विवादित जग्गा प्रतिवादीकै नाउँमा देखिन्छ यस्तोमा नापीमा दर्ता भएका मितिले दुई वर्षभित्र नालेश दिनु पर्छ भनी मान्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षीले म संग रु. १३६१।– लिई निजका नाउँ दर्ताको जि. स.गा.पं. मौजे मुधवनको सा.नं. ७०४ को ९–२–२ ऐ.नं. ७१८ को ३।। समेत जग्गा ।०। । ।२ जग्गा २०२२।१०।५ गते राजीनामा गरी पास नगरेमा नालेश गरी स.जि. अ. को फैसला बमोजिम २०२४।२।१५ मा मालपोत कार्यालय सप्तरीबाट पारित भएको दर्ता हुन बाँकी रहेकाले हाल सर्भेमा जि. सी.गा.पं. सारेश्वर वडा नं. ९ को कि.नं. ४३० को ०–२–१२ ऐ.को कि.नं. ४३६ को ०–५–१० समेत ०–८–३ भएको प्र.ले आफ्ना नाउँमा दर्ता गराई लिएन सो जग्गा दर्ता गर्न मालपोत कार्यालयमा दर्खास्त गर्दा झगडियालाई झिकाई बयान गराउँदा दर्ता गराउन इन्कार गरेकाले सम्बन्धित अदालतबाट हक कायम गराई लिई आएमा कानुन बमोजिम हुने गरी माल कार्यालय सप्तरीबाट २०३८।९।२३।५ मा आदेश गरी दिएकोले ३५ दिन भित्र नालेश गरेको छु हाल सर्वेले कायम भएको जग्गा मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने फिरादपत्र । ३. विपक्षीलाई राजीनामा गरी दिएकोसम्म साँचो हो । विपक्षीलाई जग्गा बिक्री गरी दिएको होइन जग्गा लेखी राजीनामा गरी दिएको समयमा साँवा व्याज बुझाउन नसकेकोले विपक्षीले नालेश दिई लिखत पारित गराई लिए पनि विपक्षीको साँवा व्याज बुझाई जग्गा फिर्ता गराउने इच्छा भएकोले मु. ऐन, रजिष्ट्रेशन महलको २७ नं. र ३७ नं. अनुसार रुपैयाँ बुझाई विपक्षी धनीको बाबु गोसाई यादवको मन्जूरी साथ आफ्नो साँवा व्याज एक मुष्ट बुझी लिई गोसाई यादव, अधिकलाल यादव, रामजी यादव, समेतलाई साक्षी राखी सक्कल राजीनामा लिखतको पिठमा लिखत छोडपत्र दरपिठ गरी मलाई फिर्ता दिएको सक्कल म संग छ सो लिखत दरपिठ गराई लिएपछि जग्गामा मेरो हक पुगेको सो आधारमा सर्भे नापीमा आफ्नो नाउँमा नापी गराई लिएको हुँ । विपक्षीको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने व्यहोराको प्रतिउत्तरपत्र । ४. यस्मा बुझेसम्मको प्रमाणबाट माथि उल्लेख भए अनुसार अ.बं. ८२ नं. ले हकदैया नै नपुगेको र जग्गा नाप जाँच ऐन, २०१९ को व्यवस्था भएको हदम्याद समेत नाघी पर्न आएको प्रस्तुत फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको २०४०।१०।८ गतेको फैसला । ५. शुरु स.जि. अ. ले खारेज गर्ने गरेको इन्साफमा चित्त बुझेन, उक्त फैसला सदर गरी हक इन्साफ गरी पाउँ भन्ने व्यहोराको पुनरावेदन । ६. माल