निर्णय नं. १०५१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/०३ ५८७८ निर्णय नं. १०५१ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट नम्बर ६६४ आदेश भएको मिति : २०३४।४।३०।१ मा निवेदक : अमेरिकी नागरिक जेफ्रिलङ्ग हाल डी.एस.पी. कार्यालयमा थुनामा बसेको हकमा अमेरिकी नागरिक हाल का.ठमेलमा डेरा गरी बस्ने मिश मार्शाकल कास्की विरुद्ध विपक्षी : श्री त्रिभुवन विमानस्थल भन्सार का.को प्रमुख भन्सार अधिकृतसमेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) साविती बयानको अभावमा अन्य तथ्य प्रमाणको विश्लेषण गरी अभियुक्तसँग धरौट माग्न अ.दालतीबन्दोवस्तको महलको नम्बर ११८को दफा १८ ले अधिकार नदिने । (प्रकरण नं. ९) (२) अपराधसँग सम्बन्धित कुनै तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कुरा होइन अभियुक्तले अपराधसँग सम्बन्धित कुनै तथ्य स्वीकार गर्दैमा त्यसलाई साविती भन्न नमिल्ने । (प्रकरण नं. ९) (३) कुनै बयान साविती बयान हो वा होइन भन्ने निष्कर्षमा पुग्नको लागि सो बयानमा व्यक्त भएका सबै कुरालाई समष्टिगत रुपमा विचार गर्नुपर्छ अभियुक्तले आफूउपरको अभियोग प्रष्टरुपमा स्वीकार गरेको वा अपराध ठहरिनको लागि आवश्यक सबै तत्त्व वा तथ्यलाई सारतः स्वीकार गरेको भएमात्र निजले अपराध स्वीकार गरेको सम्झनु पर्ने । (प्रकरण नं. १०) (४) साविती बयानको अभावमा मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नम्बर ११८ को दफा १८ को प्रयोग गरी अभियुक्तसँग धरौट माग्नु कानूनसंगत नहुने । (प्रकरण नं. १०) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा : आदेश न्या.विश्वनाथ उपाध्याय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो निवेदन पर्न आएको छ । २. तथ्य यस प्रकार छ : माउण्टेन ट्राभल्सको तेजबहादुर लामासँग मिलोमतो गरी तीन हजार दुईसय अठ्ठाइस वटा अर्ध तैयारी घडी (मूममेण्ट) नेपाल अधिराज्य भित्र विना इजाजत चोरी पैठारी गरेको अभियोगमा त्रिभुवन विमान स्थलको मुख्य भन्सार अधिकृत (जसलाई यो आदेशमा यसपछि प्रत्यर्थी नं. १ भनिएको छ) को आदेशले थुनामा रहेको मकालु एक्स. पी.डी.सन् १९७७ नामक पर्वतारोही दलको नेता जेफ्रिलङ्ग भन्ने एकजना अमेरिकी नागरिकको निमित्त कुमारी मार्शाकल कास्कीले यो निवेदनपत्र दिएकी छिन् वन्दी जेफ्रिलङ्गको थुना नेपालको संविधानको धारा ११ को उपधारा (१) तथा मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नम्बर ११८ को दफा २० को प्रतिकूल भएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी वन्दीलाई थुनाबाट मुक्त गरियोस भन्ने कुमारी मार्शाको निवेदन छ । ३. जेफ्रिलङ्गलाई बन्दी बनाई २०३४।३।१४ मा दिइएको थुनुवा पूर्जीमा जान थोमसको माल भन्सारबाट छुटाउन अधिकारपत्र लिई पर्सनल इफेक्ट भनी प्रज्ञापनपत्र भरेको भन्ने आरोप लगाइएको छ सो आरोप निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५ (१) अन्तर्गत पर्दैन त्यसमा पनि मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नम्बर ६५ अनुसार अधिकारपत्र लिई आउने वारिसलाई पक्राउ गर्न नमिल्ने हुनाले जेफ्रिलङ्गलाई थुनामा राखेको कानूनसंगत छैन भन्ने निवेदिकाको भनाई छ । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गतको कसूरमा फैसला हुन भन्दा पह