निर्णय नं. ३८९१ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९१ - अंश दपोट भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०३/१९ २४१५ निर्णय नं. ३८९१ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ८९७ फैसला भएको मिति : २०४६।३।१९।२ मा पुनरावेदक/वादी : भ.पु.न.पं. वाड नं. १५ बस्ने विष्णुदेवी कर्माचार्य विरुद्ध विपक्षी/प्रतिवादी : का.प.जि. उग्रचण्डी गा.पं. वार्ड नं. २ बस्ने गणेशबहादुर मुद्दा : अंश दपोट § क्षे.अ. ले सोधपुछ तथा बुझ्नु पर्ने कुरालाई न्या. प्र.सु. ऐन, २०३१ ले कुनै बाधा दिएको देखिन नआउने । (प्रकरण नं. १४) § कानुनद्वारा प्रदत्त अधिकार बमोजिम नगरी तल्लो तहको इन्साफ बदर गरी पुनः निर्णय गर्न शुरु अदालतमा पठाउँदा समयको समेत बचत हुन नगई ढिलो हुन जान सक्ने देखिन आएकोले क्षे.अ.ले स्वयं कानुन बमोजिम जे जो बुझ्नु पर्छ बुझी निर्णय गर्नु भनी पठाई दिने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१०।२० को फैसला उपर चित्त नबुझी वादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी प्रतिवादीहरुसंगको अंश मुद्दामा मैले अंश पाउने ठहरी फैसला भएको विपक्षीहरुले धेरै घर जग्गाहरु दपोट गरी राखेकोमा हालको बकसपत्र पाउने छोरी सुलोचनाले अंश दपोटमा नालिस गर्दा अंश दपोटमा नालेश गर्ने अधिकार जिउ जिउको मात्र हुँदा खारेज हुन्छ भनी शुरुबाट भएको इन्साफ मनासिब ठहरी फैसला भएकोले अंश दपोटतर्फ फिराद गर्न आएकी छु मोल रु. १६,३००।– पर्ने विपक्षीहरुले दपोट गरेको जग्गाहरु मेरो एकलौटी कायम गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. आफ्नो अंश हक जति सुलोचनालाई बकस दिइसकेको वादीले दपोटमा सुलोचनाको दावी खारेज भएपछि पुनः नालेश गर्न वादीलाई हकदैया छैन दपोट गरेको पनि छैनौं भन्ने समेत प्रतिउत्तर । ४. दावीको जग्गा मध्ये कि.नं. १०२ बाहेक अरुमा दावी अनुसार दपोट गरेको र वादीको एकलौटी हुने ठहर्छ भन्ने समेत का.प.जि. को २०४१।२।१० को फैसला । ५. अंश मुद्दाको फैसला र प्रमाण समेत नहेरी भएको शुरु फैसला उल्टाई न्याय पाउँ भन्ने प्रतिवादीहरुको बा.अं.अ. मा परेको पुनरावेदन । ६. आमा विष्णुदेवीका दुवै हात र गोडा समेतका औला नहुँदा र म संरक्षक हुँदा तारेख रहन पाउँ भनी छोरी सुलोचनाले दिएको निवेदनमा २०४१।८।२ मा आदेशानुसार तारेखमा रहेकी । ७. कि.नं. १०२ बाहेक अरुमा दपोट ठहर्‍याएको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत २०४२।९।२४ को बा.अं.अ. को फैसला । ८. उक्त बा.अं.अ. को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीहरुको म.क्षे.अ. मा परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने समेत म.क्षे.अ. को २०४३।३।१ को आदेश । ९. मुख्यतः दपोट गरेको ठहरिन सो जग्गा प्रतिवादीहरुको नाउँमा दर्ता रही अंश भाग लाग्ने जग्गा हुनुपर्ने आवश्यक भएबाट त्यसतर्फ बुझ्नु पर्ने आधार प्रमाण समेत बुझी निर्णय गर्नु पर्नेमा शुरु एवं अञ्चल अदालतबाट सो अनुरुपको कार्यविधि अपनाई निर्णय गरेको देखिन नआएबाट शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालत तथा बागमती अञ्चल अदालत दुवैको फैसला मिलेको नहुँदा दुव