निर्णय नं. १०५२ - लोग्ने कायम गरी अंश माना–चामल पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५२ - लोग्ने कायम गरी अंश माना–चामल पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/१० ३२९८ निर्णय नं. १०५२ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको दे.वि.नं. ४१ फैसला भएको मिति : २०३४।४।१०।२ मा निवेदिका : ल.पु.जि. भैसेपाटी बस्ने बच्ची विष्ट क्षेत्री विरुद्ध विपक्षी : ऐ ऐ बस्ने कविन्द्रबहादुर विष्ट क्षेत्री समेत विषय : लोग्ने कायम गरी अंश माना–चामल पाउँ (१) गुप्ताङ्गको चिन्ह भन्न सकेमा करणी भएको कायम हुने भन्न नसकेमा करणी कायम नहुने भन्नु न्यायसंगत होइन । (प्रकरण नं. १५) (२) करणीको तथ्य प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण साधारणतः नहुने । कुनै दुईवटा युवक युवतीको विचमा राजी खुशीले भएको करणी सर्वसाधारणले देख्ने गरी भएको हुँदैन । त्यसैले यो तथ्य प्रमाणित गर्ने प्रत्यक्षदर्शी साक्षी पनि साधारणतः नपाईने । तसर्थ करणीको तय यकिन गर्न पक्षहरूको आचरण र परिस्थिति जन्य अन्य प्रमाणहरू मै भर पर्ने हुन्छ । पितृत्वको कुरा सधै अनुमानमै आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई साँचो मान्नु पर्ने । (प्रकरण नं. १८) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी उल्लेखित मुद्दा :  फैसला न्या. विश्वनाथ उपाध्याय : २०३२।७।३।१ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला दोहर्‍याई पाउँ भन्ने वादी वच्ची विष्टको श्री ५ को महाराजाधिराजको हजूरमा निवेदन परेकोमा फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदिकालाई जनाउ दिनु भनी त्यहाँ पठाउनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०३३।४।६।४ मा लेखी आएको हु.प्र्र.को व्यहोरा समेत पेश हुँदा यसमा बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी मिसिल झिकाई निवेदिकालाई बाटाको म्याद बाहेक ७ दिनको म्याद दिई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने मिति २०३३।४।१८।२ को डिभिजन बेञ्चको आदेशानुसारको मुद्दा यस बेञ्च समक्ष प्रस्तुत हुन आएको छ । २. मुद्दाको तथ्य संक्षेपमा यस प्रकार छः ल.पु.जि.सैबु भैंसेपाटी पञ्चायत वार्ड नं.४ बस्ने शेरबहादुरका छोरा ऐ बस्ने कविन्द्रबहादुर विष्टसँग बराबर आवत जावत भई विवाह नभएको दुवैको मञ्जुरीबाट २०२४ साल मार्ग महीनामा घर माइती ओल्लो पल्लो भई बीचमा पिपलको रुख र पाटीमा पहिला पटक र अनि बराबर सोही ठाउँमा कर्णी लिनु दिनु भयो, २०२४ साल फाल्गुणदेखि पर सर्न रोकीई निजका पितासँग गई भन्दा छोरा घरमा छैन भनी घरमा वस्न समेत दिएन पतिकै घर नगिच डेरा गरी बस्ने कविन्द्रबहादुरको वीर्यबाट २०२५ साल मार्ग, १ गते पुत्री पैदा भई सुत्केरी खर्च र खान लाउन समेत दिनु हवस भन्दा नदिएकोले पञ्चायतमा निवेदन दिई ससुरा शेरबहादुरलाई सम्झाउँदा नमानेबाट श्री ५ महाराजाधिराज कहाँ निवेदन दिई गाउँकै गोरे थापाको घरमा डेरा गरी रु.४००।ऋण लिएकोले सो र ०२४ साल पौष ३ गतेदेखि आजसम्मको सबै दैनिक उपभोगको सामान समेतको जम्मा रु.७९९।६३ निज पति कविन्द्रबहादुर र शेरबहादुरबाट दिलाई भराई पाउँ भन्ने बयान । ३. मेरो छोरा कविन्द्रबहादुर भारततर्फ गएको र निजको बीर्यबाट २०२४ मार्ग १ गतेदेखि कर्णी लिनु दिनु भई गर्भ रहेको भए छोरा साथै राखी निर्णय गर्नु गराउनु पर्ने