निर्णय नं. १०५३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/२४ १८४९ निर्णय नं. १०५३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको रिट.नं. १५९१ आदेश भएको मिति : २०३४।४।२४।२ मा निवेदक : जि.कपिलवस्तु गा.पं. बनगाई वा.नं.५ बस्ने जिकरीम मनिहार विरुद्ध विपक्षी : जि.का.भूमिप्रशासन शाखा कपिलवस्तु तौलिहवाका भूमिप्रशासक विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) क्षेत्रीय किताबमा लेखिएको कारणबाट मात्र जग्गा नापजाँच ऐन, २०१९ को दफा ८ को उपदफा (४) अन्तर्गत जग्गा दर्ता गर्न नमिल्ने भनी मिसिल सम्लग्न सबूद प्रमाणको कुनै वास्ता नगरी मुद्दै खारेज गर्ने गरी निर्णय गर्नु कानूनसंगत होइन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा :  आदेश न्या. विश्वनाथ उपाध्याय : विपक्षी भूमि प्रशासकको मिति २०३३।११।१२।७ को निर्णयले संवैधानिक हक हनन् भएको हुँदा उक्त निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिीत तथ्य यस प्रकार छ : मेरो दर्ता भोग चालनको साविक कि.नं.८ को ०–१०–१७ मध्ये ०–२–१४ र साविक कि.नं.१६ को जग्गा बिगाहा ७–९–११ मध्ये जग्गा बिगाहा ०–२–० हाल सर्भे नापीको कि.नं.७२७, ५८४ मा र साविक कि.नं.१ को जग्गा बिगाहा ०–१७–७ मध्ये ०–४–७ र साविक कि.नं.२ को ज.वि.२–१६–१४ मध्ये ०–१४–३ समेत दुवै कित्ताको जग्गा बिगाहा ०–१८–१० हाल कि.नं. ६६४ को कित्ता मध्ये दक्षिणतर्फ ०–३–१९ जग्गा मेरो नाउँमा दर्ता गरी पाउँ भनी जिकरीम मनिहारको भूमिप्रशासन कार्यालयमा पर्न आएको निवेदन रहेछ । “निवेदन दावी अनुसार गा.पं. रमुवापुर वार्ड नं.६ क.कि.७२७, ५८४ र ६६४ को मि.ता.स.बाट झिकाई आएको फिल्डबुक उतारबाट कि.न.. ७२७ मा ऐलानी प्रति कि.नं.५८४ मा सार्वजनिक ऐलानी पोखरी कि.नं. ६६४ मा नदी भनी लेखिएकोले प्रायः यस सम्बन्धमा अरू प्रमाण खोजी रहनु नपरी ऐलानी प्रति लेखिएको देखिएको जग्गा जग्गा नाप जाँच ऐन, २०१९ ले सोही दफा ८ को उपदफा (४) बमोजिम दर्ता गर्न नमिल्ने सो कारवाही खारेज हुने ठर्हछ भन्ने समेत जिल्ला कार्यालय भूमिप्रशासन शाखाको निर्णय पर्चा रहेछ । उपयुक्त निर्णय बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिईएका मुख्य जिकिर यस प्रकार छ : ३. कि.नं. ७२७ को ऐलानी पर्ती भनी उल्लेख गरिएको जग्गा ऐलानी पर्ती होइन । नम्बरी जग्गालाई पर्ती भनी लेखिएको छ । मेरो वार्ड नं.६ (क) को.कि.नं.३०६सँगै जोडिएको साविक कि.नं.८ को हाल कि.नं.७२७ मा परेको दक्षिणतर्फको १४ धूर जग्गा आवादी जग्गा होइन । त्यस जग्गामा मेरो बगैंचा र सोमा मेरो पाले घर छ । मेरो कि.नं.५७४सँगै जोडिएको कि.नं.५८४ को पोखरी भनिएको जग्गा पोखरी होइन । गहिरो खेत जग्गा हो । पोखरी सातकुने खोपे लाम्चो हुन सक्दैन, त्यसै कि.नं.६६४ को जग्गा बढी भएको भनी लेखिएको सन्दर्भमा सो जग्गा नदी नभई नदीकै छेडको धनहर जग्गा हो । उक्त दुवै कित्ताको जग्गा मेरो तिरो भरो र भोग चलन र दर्ता छ भनी बकिदिएकोमा सरजमिन कायम छँदाछँदै भूमि प्रशासकले आत्म निष्ट निर्णय गर्नु भएकोले पूर्णतया त्रुटीपूर्ण छ । मेरो जि.क.ब. महुवा गां.पं. अन्तर्गतको १ नं.४ क.का.कि.नं.६६४ को जग्गा वि.२०–१६–१६ मध्ये पश्चिम दक्षिण कुनाबाट ०–३