निर्णय नं. १०५५ - बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५ - बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०५/०६ २१९४ निर्णय नं. १०५५ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट.नम्बर १७६९ फैसलाभएको मिति २०३४।५।६।२ मा निवेदक : ल.पु. जि. सुनाकोटी गा.पं. वा.नं.१ सतिटार हाल नख्खुजेलमा थुनिएको कृष्णबहादुर कार्की क्षेत्रीको हकमा ऐ.ऐ.बस्ने निजको छोरा बमबहादुर कार्की क्षेत्री विरुद्ध विपक्षी : ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विषय : बन्दीप्रत्यक्षीकरण आदेश जारी गरी पाउँ (१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ (१) (ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफामात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न नमिल्ने । थुन्नुपर्ने पूर्वावस्था नभई नजरबन्दमा राख्नेआदेश कानूनसंगत नभएको । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा : रिट नम्बर १८ निवेदन ऋषिकेश शाहको हकमा सिद्धान्त राज्यलक्ष्मी शाह विरुद्ध बा.अं.का मुख्य अञ्चलाधीश र का.मु. सहअञ्चलाधीश आदेश प्र.न्या. नयनबहादुर खत्री : २०३४।२।३० देखि थुनामा रहेको बन्दीबाट मुक्त गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. निवेदक जिकिर यस प्रकार छ : आमा क्यामुनादेवीको नाममा दर्ता भएको सुनाकोठी गा.पं. को जग्गामा प्रधानपञ्च हरिभक्त महर्जनको बाबु बालमुकुन्दले जवरजस्ती बाँध बाध्न लागेकोमा ल.पु.जि.पं.मा उजूर पर्दा भई गयो अब यो जग्गाबाट बाँध हटाई १०० गज मुनि साविक ठाउँमा बाँध सार्छु भनी मिलापत्र गरेको हरिभक्तको मीत बुद्धिधर बज्र जिल्ला पञ्चायतको सभापति भएपछि सार्वजनिक कुलो भनी जवरजस्ती बाँधे हुन्छ त्यसले के गर्छ भनेछन् र फेरी जवरजस्ती गरी बाँध बाँधी खोलो फर्काई ३ रोपनि जग्गै बेकाम पारेपछि त्यस कुरामा प्र.जि.अ.मा उजूर गर्दा मिलापत्र बमोमिज गर्न लाउनु भनी प्रहरी थाना चापागाउँलाई लेखेकोमा जिल्ला सभापति आफ्नो मानिस छन् सी.डी.ओ.ले के गर्छन् त्यो पूर्जी कुकुरको पुच्छरमा बाँध्नु भन्दै हपकाई पठाएपछि यसरी टेरेनन्, के भन्ने भनी रिपोट गरेपछि प्र.जि.अ.ले केही नगरेपछि ल.पु.जि.अ.मा क्षति पूर्ति गर्न समेत नालेस परी कारवाही चल्दैछ । त्यो नालेस पर्यो भनी निज हरिभक्तले बुद्धिधरलाई मिलाई रु.२५,०००।हजार लगाउने भनी सरकारी विकासको पैसा निकासा गराई केही चन्दा र पञ्चायतको रुपैयाँ लगाई खर्च देखाई २, ३ हजार खर्च गरी बाँकी भ्रष्टाचार गरी खाएकोले भ्रष्टाचारमा उजूर परी उता कारवाही चल्दैछ । त्यस्तो कारवाही चलिरहेकोमा त्यसपट्टि भ्रष्टाचार गर्ने जति पर्ने भए पनि प्र.जि.अ समेत भई सल्लाह गरी यसलाई डर त्रास देखाई थुनेमा कायम हुन्छ भनी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत थुनी डर त्रास देखाउने धम्की दिने गरी अनाहक थुनी राखेका छन् । कुलो चाहिए अर्कोको नाउँमा दर्ता भएको तिरो तिरानको नम्बरी जग्गा भएपछि त्यस्तो मोल दिई लिनुपर्छ जवर्जस्ती बल प्रयोग गरी अर्कोको धन सर्वस्व लिन नहुने प्रमुख जिल्ला अधिकारीले पनि तिनीहरूका भनाईमा लागि यसरी अधिकारको दुरुपयोग गरी अदालतमा मुद्दा परी कारवाही चलिरहेको मुद्दालाई थुनी डर त्रासमा पारि मिल भनी जवरजस्ती बल प्रयोग गरी कारवाही उपर हस्तक्षेप गर्न नहुने । कहिले जि.पं.मा बोलाई सारा जनता एकलौटी