निर्णय नं. ३८९३ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९३ - बन्दीप्रत्यक्षीकरण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/२१ २५५७ निर्णय नं. ३८९३ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रिट नं. १४१५ आदेश भएको मिति : २०४६।५।२१।५ मा निवेदक : केन्द्रीय कारागार शाखामा थुनामा रहेको ठूले उराउ झागड विरुद्ध विपक्षी : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण § कैद र जरिवाना बापतको कैद छुट्टाछुट्टै कुरा हुन्, अतः जरिवाना बापतको कैद वर्ष ४, कैद वर्ष ६ भित्र पर्छ भनी मान्न नमिल्ने । (प्रकरण नं. १०) विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा तथा निवेदन जिकिर यस प्रकारको रहेछ । २. म निवेदकलाई खुन डाँका मुद्दामा खुनडाँका गरेको ठहर्‍याई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैद हुने ठहर्‍याई सुनसरी जिल्ला अदालतले २०३९।१।२९ मा गरेको फैसला उपर पूर्वाञ्चल क्षेत्रीय अदालतले डाँका गरेको मात्र ठहर्‍याई ६ वर्ष कैद तथा ४,००५।– जरिवाना हुने गरी सोही बमोजिम लगत पठाएकोमा जिल्ला अदालतले जरिवाना नबुझाए बापत ४ वर्ष कैद ठेकी जम्मा १० वर्ष कैद ठेकी पठाएको थियो । त्यसको अलावा वादी श्री ५ को सरकार र प्रतिवादी म निवेदक समेत भएको हातहतियार खरखजाना मुद्दामा मलाई हराई १ वर्षको तथा एक सय रुपैयाँसम्म जरिवाना हुने गरी २०४२।२।२८ मा सुनसरी जिल्ला कार्यालयले गरेको फैसला उपर मैले पुनरावेदन नगरेकोले सो १ वर्ष समेत कैद ठेकी पठाएकोले सम्पूर्ण रुपमा ११ वर्ष कैद कसिएको मुलुकी ऐन दण्ड र सजायँको ४१ नं. बमोजिम म ११ वर्ष कैद बस्न नपर्नेमा कानुन विपरीत ११ वर्ष जम्मा कैद ठेकिएकोले मेरो संविधान प्रत्याभूत हकाधिकारमा असर पर्न गएको छ । मलाई मुलुकी ऐन दण्ड सजायँको ४१ नं. बमोजिम सजायँ बापत ६ वर्ष कैद कसी सकेपछि जरिवाना नतिरे बापत अझ ४ वर्ष थुनामा बस्नु पर्ने होइन । उक्त ४१ नं. मा व्यवस्थित एकै वा धेरै मुद्दाका धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा सबै भन्दा ठुलो हद छ सो हद ननाघ्ने गरी एक वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ भन्ने भएकोले उक्त डाँका मुद्दामा ६ वर्ष कैदको एक कलम र जरिवाना नतिरे बापतको अर्को कलम गरी दुई कलम मध्ये ठुलो कलम ६ वर्ष कैद भएकोले अर्को सानो कलम ४ वर्ष जोडिने होइन । म मिति २०३८।११।२ देखि २०४२।११।२ सम्म कैद बसी सकेकोले मेरो कैद भुक्तान भई सक्दा पनि हालसम्म गैरकानुनी थुनामा रहेको छु । मु.ऐ. द.स. को ३८ नं. ले जरिवाना बापत अधिकतम ४ वर्ष कैद ठेक्ने व्यवस्था भएको भए पनि ४१ नं. ले एक भन्दा बढी कलममा कैद ठेक्न पर्ने भएमा बढी कलमको कैद ठेक्ने व्यवस्था गरेको छ मलाई जिल्ला कार्यालय सुनसरीले २०४२।३।१० मा गरेको फैसला बमोजिम १ वर्ष थप कैद गर्ने गरी लगत कसेको पनि मु. ऐन दण्ड सजायँको ४१ नं. विपरीत छ । उक्त नं. बमोजिम पहिले नै कुनै मुद्दा कैद ठेकी थुनामा रहेकोमा सो कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नु पर्ने भयो र अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्न पर्दैन भन्ने स्पष्ट व्यवस्था भएको छ । तसर्थ उल्लेखित डाँका मुद्दा र हातहतियार खरखजाना मुद्दामा भएको कैदको कलम मध्ये डाँका मुद्दामा भएको ६ वर्षको कैद नै ठुलो हदको कैद भन्नु