निर्णय नं. ३८९४ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९४ - लिखत बदर भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०४/१२ २४२१ निर्णय नं. ३८९४ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ६९७ फैसला भएको मिति : २०४६।४।१२।५ मा पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही मानपकडी गा.पं. वार्ड नं. ८ बस्ने लालबहादुर टण्डन क्षेत्री विरुद्ध विपक्षी/वादी : जि. रुपन्देही मानपकडी गा.पं. वार्ड नं. ७ बस्ने चनरजित चाईसमेत मुद्दा : लिखत बदर § उखडामा पाएको जग्गालाई निजी सीपबाट आर्जन भएको भन्न नमिल्ने । (प्रकरण नं. १७) § अंशियारको हक समाप्त हुने गरी सगोलको सम्पत्तिमा आफू खुसी गर्न पाउँदछ भन्न कानुनसंगत भएन । (प्रकरण नं. १७) § सगोलमा छँदै उखडामा पाएको र यस्तो जग्गालाई निजी परिश्रमबाट आर्जन गरेको भनी आफू खुस गर्न पाउने सम्पत्ति मान्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीहरु तर्फबाट : विद्वान अधिवक्ता श्री भूमि खरेल फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय निम्नानुसार छ। २. विपक्षी रामदेवले हाम्रो हक लाग्ने जग्गा हाम्रो मन्जूरी बेगर विपक्षी लालबहादुरलाई ०४१।२।४।५ मा रु. ३०,०००।– जिल्ला रुपन्देही गा.पं. मानपकडी वडा नं. ४(क) कि.नं. ५६, ६१, १९९ समेतको जग्गा बिगहा १–१०–१५ राजीनामा गरी दिएको २०४१।२।१५ मा मालपोत कार्यालयबाट नक्कल लिंदा थाहा पाएकोले फिराद गर्न आएका छौं । हाम्रो हक जति लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी सुभावती चाइनी चनर जित चाइको फिराद दावी । ३. वादीले अ.बं. ८६ नं. को आधारमा नालेश गरेको पाइन्छ । लिखत बदर निम्ति यस मुद्दामा अ.बं. ८६ नं. प्रयोग हुँदैन । लिखत बदर हुनुपर्ने कुनै आवश्यक कारण छैन । प्रतिवादी रामदेव चाइको छोराको उमेर १६ वर्ष भन्दा बढी नभएको २१ वर्ष भन्दा मुनीका छोराको र श्रीमतीको मन्जूरी लिनु पर्ने आवश्यक नहुँदा वादी दावी बमोजिमको लिखत बदर हुनुपर्ने होइन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको ०४१।५।२९ को लालबहादुर टण्डन क्षेत्रीको प्रतिउत्तर जिकिर । ४. प्रतिवादी रामदेव चाईको नाउँमा ०४१।४।३।४ मा तामेल भएको तामेली म्याद गुजारी बसेको रहेछ । ५. वादी प्रतिवादीको साक्षी बुझिएको रहेछ । ६. वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा अंश पाउने ठहरी फैसला भएकोले वादी दावी बमोजिम लिखत बदर हुने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४३।३।१७ को फैसला । ७. उक्त फैसला उपर चित्त बुझेन भनी लालबहादुर टण्डन क्षेत्रीको लु.अं.अ.मा परेको पुनरावेदनपत्र । ८. प्र.रामदेवले राजीनामा गरेको जग्गा प्र.रामदेवको नाममा उखडाबाट दर्ता हुन आएको भए पनि सो को उखडा फाराम वादीले पहिले नै भरेको र यस्तो खेती गर्ने जमीनमा वादीहरुको पनि श्रम तथा सीप लाग्न जानेमा विवाद नभएकोले राजीनामा गरेको जग्गालाई प्र.रामदेवको मात्र एकलौटी गर्न पाउने निजी आर्जनको सम्पत्ति भन्न मनासिब देखिँदैन । अतः वादी दावीको राजीनामा मध्ये तीन खण्डको दुई खण्डको जग्गामा वादीको हक लाग्ने हुँदा सो हदसम्म राजीनामा बदर गर्ने गरेको शुरु अदालतले गरेको फैसला मिलेको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भनी लुम्विनी अञ्चल अदालतबाट मिति ०४४।३।२३।३ मा