निर्णय नं. ३८९५ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९५ - जालसाजी भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०४/१५ २८३४ निर्णय नं. ३८९५ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ४७९ फैसला भएको मिति : २०४६।४।१५।१ मा पुनरावेदक/वादी : का.न.पं. वडा नं. २९ ठमेल बस्ने कमल केशरी प्रधानसमेत विरुद्ध विपक्षी/प्रतिवादी : का.जि. अ. का तत्कालिन अर्दली हरिप्रसादसमेत मुद्दा : जालसाजी § जालसाजमा जालसाज गर्नेलाई फाइदा नै पुगेको हुनुपर्दछ भन्ने कानुनी बाध्यता भएको नदेखिने । (प्रकरण नं. १३) § जालसाजको क्रिया स्वयंमा आपराधिक क्रिया भएको र त्यस्तो कार्य कसैबाट गरिन्छ भने जसका विरुद्धमा सो कार्य गरियो त्यस्तो व्यक्तिलाई नोक्सान पुग्न पाएन वा भएन भन्दैमा त्यसलाई जालसाज भएन भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. विपक्षी कृष्णवदनसंगको अंश मुद्दामा श्री सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।५।७ गते फैसला भए उपर हामीहरुले न्यायिक समितिमा दिएको निवेदनपत्रको निकासा भई नसक्दै फैसला बमोजिमको अंश छुट्याई पाउँ भनी विपक्ष कृष्णवदनले का.जि. अ. मा दर्खास्त दिनु भएको, पति पिता अमिरप्रसाद ०३८।३।४ गते नै परलोक भई सक्नु भएको र वृद्धावस्थाको कारण जाडो छल्न म कमलकेशरी, म बत्तिनानी र म हेमन्तप्रसाद उपचारको लागि वीरगंज गई बसेको र म द्वारिकाप्रसाद नेपाल बैंक हेटांैडामा जागिरे हुँदा हेटौंडामा रहेको अवस्थामा का.जि. अ. बाट द.स. का ४६ नं. को उल्लेख गर्दै जारी भएको दिन १५ को सूचना हिरेन्द्रप्रसाद प्रधान भन्ने कल्पित नामको अवला नाती, भदाहा र भतिजा भन्ने उल्लेख गरी अ.बं. ११० तथा २२५ नं. समेतका ऐनको प्रतिकूल पारी तामेल गर्ने अर्दली हरिप्रसाद र सोको समर्थनमा वडा सदस्यले समेत सही गरी कीर्ते कागजको ३, ४ को विरुद्ध र सोही महलको ९ र १० बमोजिम सजायँ हुने अपराध भएकोमा सो मौकामा हामीहरुलाइ जानकारी नभई ०३९।२।३० गते नक्कल सराई लिंदा यथार्थमा जानकारी हुन आएकोले जि. अ. का अर्दली समेतका नाममा नालेस गर्ने अनुमति माग गरेकोमा ०३९।३।८ गते भएका स्वीकृति मितिले २ महीना नघाई र ८ महीनाभित्र फिराद गर्न आएका छौं । हामीहरुको नामको सूचना बीच बीचै गायब पारी लेखिए अनुसार जालसाज गरे गराएमा विपक्षीहरुलाई कीर्ते कागजको ९ र १० का ऐन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको कमलकेशरी प्रधान समेत जना ४ को फिराद । ३. प्रतिवादीहरुका नाउँमा यस अदालतबाट जारी भएको ३० दिने समाव्हानमा प्र.देवमान श्रेष्ठ १, प्र.नाति महर्जन १, प्र.हिरेन्द्रप्रसाद प्रधान १, प्र.आशा महर्जन समेतका नाउँको समाव्हान मिति ०३९।७।२४।४ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेको, प्र.कृष्णवदन प्रधान १, प्र.तुलसीभक्त पालिखा १ का नाउँको समाव्हान मिति ०३९।८।२१।२ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेको र प्र.हरिप्रसादका नाउँको समाव्हान मिति २०४०।११।८।२ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेका रहेछन । ४. फिराद दावी बमो