निर्णय नं. ४७०१ - बहाल भराई घर खाली गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७०१ - बहाल भराई घर खाली गराई पाउँ भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५०/०२/१६ ४३१४ निर्णय नं. ४७०१ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४६ सालको दे.पु.नं. ५२२ फैसला मिति : २०५०।२।१६ पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. २७ केल मच्छिन्द्र बहाल बस्ने ताराबीर सिंहको मु.स. गर्ने ऐ.ऐ. बस्ने छोरा चन्द्रवीर कांसाकार विरुद्ध विपक्षी/वादी : का.जि.का.न.पा. वडा नं. १८ भेडासिंह बस्ने भगत कुमार मारवाडीको मु.स.गर्ने ऐ.ऐ. बस्ने जुगल किशोर मारवाडी । मुद्दा : बहाल भराई घर खाली गराई पाउँ । (१) भोग चलनले मात्र हक स्वामित्वमा प्रमाणित हुन सक्दैन । (प्र.नं. २१) (२) प्रतिवादीको नाममा बिजुली जडान भएको हुंदैमा घरको हक स्वमित्व प्रमाणित हुन्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. २१) (३) घर जग्गा कर ऐन अनुसार करको प्रयोजनका लागि घर धनीले दाखिल गर्नु पर्ने विवरण दिएको रहेनछ भने पनि त्यसैबाट घर धनीको हक स्वमित्व कायम हुन नसक्ने अवस्था नहुने । (प्र.नं. २१) (४) हक स्वामित्वको लागि विवादको सम्पत्तिसंग सम्बन्धित प्रत्यक्ष प्रमाण हुन आवश्यक छ र त्यस्तो प्रमाणको अभावमा भोग लगायतका अरु आधार केवल गौण तथा झिनो प्रमाण हुने । (प्र.नं. २१) (५) दबावमा परी सहीछाप गर्नु र एउटा ब्यहोरा भनी अर्को व्यहोराको कागजमा सहीछापगराउनु अलग अलग अवस्था हुन् । (प्र.नं. २१) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्ग : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया फैसला न्या. अरविन्दनाथ आचार्य १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पुनरावेदनको अनुमतिको निवेदन परेकोमा अनुमती प्रदान भई प्रस्तुत हुन आएको मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. मेरा बाजे शंकरलाल माडवारी र कैलास चन्द्र मारवाडीको साझा हक भोगको ब्लक नं. ९/११ केलटोलको १ नाले ४ तले ७ कवले पक्का घरको भूई तल्ला छाडी यस बाहेकका माथिल्ला तल्लाको घर कोठाहरू विपक्षीले बहालमा बस्न लिई साल १ को बहाल रु १००१।– मध्ये आधा रु ५००।५० शंकरलाललाई र आधा रु ५००।५० कैलाशचन्द्रलाई साल भुक्तान हुनासाथ आश्विन १ गते पहिले नै बहाल पेस्की दिने गरी २०२०।६।१ मा बहाल कबुलियत समेत गरी उक्त घरमा बसी आउनु भएकोमा निज कैलाश र शंकरको छोरा मेरा बाबु जुगल किशोरका बीच २०२७।५।२९ मा पारित सट्टापट्टा अनुसार उक्त घरको दक्षिण तर्फको आधी घर बाबु जुगलको हक भागमा परी निज बाबु र म समेतका बीच मिति ०२८।२।१९ मा पारित बण्डापत्रको लिखत बमोजिम बाबुको हक भागको उक्त घर मेरो भागमा परी मेरो हक भएकोमा विपक्षीले मेरो भागको उक्त घरको कबुलियत अनुसारको बहाल आजसम्म नबुझाई पटक पटक ताकेता गर्दा पनि वास्ता नगरी बस्नु भएको तथा उक्त घर आफू लाई आवश्यक भै चाहिएको समेतले मु. ऐन घर बनाउनेको ९ न. बमोजिम ३५ दिने सूचना विपक्षीलाई ०३४।११।२२ मा नं. ११२ को रजिष्टर गरी पठाउँदा पनि आजसम्म घर खाली गरी नदिएको तथा बहाल पनि नदिएकोले साल १ बहाल रु ५००।५० को दरले मिति ०२८।२।१९ देखि आजसम्म ६ वर्ष १० महिना २० दिनको हुने रु ३,४४७।८० तथा फैसला हुँदा सम्मका बहाल समेत निज विपक्षीबाट दिलाई भराई रु ५०००।– जाने घर खाली गराई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३५।१।१९ को भगतकुमारको फिराद पत्र । ३. बादी दावी झुठ्ठा हो