निर्णय नं. ३८९६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०४/०८ २३३८ निर्णय नं. ३८९६ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.नं. १०१७ आदेश भएको मिति : २०४६।४।८।१ मा निवेदक : पर्सा जिल्ला श्रीसिया गा.पं. वडा नं. ८ बस्ने बृक्षा महतो विरुद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय, पर्सासमेत विषय : उत्प्रेषण § मोही हक कायम हुन भूमिसम्बन्धी ऐनले तोकेको प्रक्रिया पुग्नु पर्ने । (प्रकरण नं. ११) § जग्गा धनीले बाली भराई लिंदैमा मोही कायम हुन नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मोहमद शेख अबास प्रत्यर्थी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय निम्नानुसार छ । २. जिल्ला पर्सा श्रीसिया गा.पं. वडा नं. ६ कि.नं. १३७ को ज.वि. ०–१६–० र ऐ. ऐ. कि.नं. ७४ को ज.वि. ०–१३–१० समेत जम्मा जग्गा वि. १–९–१० को मोही बाबु चनरमन भई जग्गा कमाई बाली बुझाई आएकोमा २०३० सालमा निज पिताको आफ्ना काल गतिले स्वर्गे भएपछि निजका सगोलमै रहेका तीन जना छोराहरु म निवेदक बृक्षा महतो –१, जानकी महतो –१, रामयत्नप्रसाद –१ मध्ये जेठो बृक्षा महतो र माहिला जानकी महतोले उक्त जग्गाको मोही नामसारी पिता चनरमनको नामबाट कान्छो रामयत्नप्रसादको नाममा मन्जूरी सिफारिश दिएको आधारमा ०४३।३।१० गते मोही नामसारी भई मोहियानी प्रमाणपत्र प्राप्त भयो । सो निर्णय उपर विपक्षी अयोध्याप्रसादले श्री सर्वोच्च अदालतमा रिटनिवेदन गरेबाट उक्त निर्णय बदर भई मिति ०४५।१।८ गते श्री भू.सु.का. बाट बृक्षा महतोले आफूले मोही कायम गर्न नचाही भाइ रामयत्नलाई मन्जूरनामा दिएको मोही निष्कासन मुद्दामा मोही छ भनी दावी नगरेको र विबन्धित समेत भएको हुँदा भन्ने उल्लेख गरी रामयत्नप्रसादलाई मोही नामसारी लगत कट्टा गर्ने पर्चा खडा गरियो । ३. उक्त जग्गामा म निवेदक उपर विपक्षी जग्गा धनीले ०४१ सालको बालीको सम्बन्धमा विवाद उठाई मोही निष्कासन गरी पाउँ भनी श्री पर्सा जिल्ला अदालत समक्ष उजूर गरेकोमा वाली भराउने गरी गरिएको निर्णय अन्तिम रहेको छ । निजै जग्गा धनीले म निवेदक उपर ०४२ सालको बाली भराई मोही निष्कासन गरी पाउँ भनी श्री पर्सा जिल्ला अदालतमा दायर गर्नु भएको मुद्दा डिसमिस भएको छ । मोही रोज्न पाउने अधिकार जग्गा धनीको भए पनि लगत कट्टा गराई लिन पाउने अधिकार छैन । रामयत्नको मोही लगत कट्टा भएपछि भूमिसम्बन्धी ऐनको दफा २६(१) नं. को व्यवस्थाले स्वतः म निवेदकको नाममा मोहियानी हक आउनु पर्नेमा लाग्दै नलाग्ने विबन्धनको सिद्धान्त लगाई म निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने गरी गरिएको भूमिसुधार कार्यालयको मिति ०४५।१।८ को पर्चाबाट संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हकमा आघात परेकोले सो पर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको हक संरक्षित र प्रचलन गरी पाउँ साथै यस निवेदनको किनारा नहुन्जेल उक्त निर्णय कार्यान्वित नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत निवेदन । ४. यस्मा प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजालसक