निर्णय नं. ३८९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८९७ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/०९ २३७४ निर्णय नं. ३८९७ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं. १०६१ आदेश भएको मिति : २०४६।६।९।२ मा निवेदक : जि. पर्वत शिवालय गा.पं. वडा नं. ४ बस्ने काशीराम गिरीसमेत विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय, पर्वतसमेत विषय : उत्प्रेषण § नापीको समयमा व्यक्ति विशेषको नाममा नापी गरी सकेपछि आएर निवेदकहरुलाई बुझ्दै नबुझी केबल जिल्ला कार्यालयको पत्रको आधारमा विवादित जग्गालाई पर्ति गौचरन कायम गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन जाने । (प्रकरण नं. ८) § सुनवाईको मौका नै नदिई सार्वजनिक पर्ति गौचरन कायम गरेको देखिएको हुँदा उक्त विवादित जग्गा पर्ति गौचरन कायम गरेको सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. पर्वत जिल्ला शिवालय गा.पं. वडा नं. ४ अन्तर्गत पूर्व टुनिखोल्सी पश्चिम इनारको खोल्सी उत्तर पूरानो बार मुलबाटो दक्षिण भिर यति चार किल्लाभित्रको विजन मुरी २ को जग्गा श्री ५ राजेन्द्र वीर विक्रम शाहदेवबाट म निवेदक काशीराम गिरीका पुर्खा बाजे धनराज गिरीलाई गुठीको लालमोहर बक्सी विक्रम सम्वत् १९८२ मा गुठी लगत जाँच अड्डाले मेरा पतिका पुर्खा बाजे टिकापुरी तथा मनु गिरी समेतका नाममा मोही लगत राखेको घरवास गरी बसी आएकोमा तत्कालिन बाग्लुङ मालबाट २०२१।५।६ मा मुचुल्का हुँदा कलाधर गिरी, हरिकृष्ण गिरी र लछुमन भन्ने जनिई लगत खडा भएको छ । पिता कलाधर परलोक हुनु भएपछि काशीरामका नाममा नामसारी समेत भएकोमा सर्वे हुँदा माथि लेखिएको जग्गा मध्ये केही म विष्णुमतीका नाममा दर्ता भई प्रमाणपुर्जा पाइसकेको र म काशीराम तर्फको जग्गा कि.नं. १८४ र १८५ मा नापी भएकोमा शालिकराम गिरी समेतसंग मुद्दा चलिरहेकोछ । कि.नं. ३०६ को १७–७–३–२ जग्गा म काशीराम र विष्णुमतीका पति स्व.लछुमन पुरीका नाममा नापी भई फिल्डबुकमा जनिई जग्गा धनी प्रमाण पुर्जा पाउन निवेदन गर्दा जिल्ला कार्यालयका पत्र अनुसार गौचरन पर्ति भनी जनाइएको थाहापाई श्री ५ महाराजाधिराजका हजूरमा बिन्तीपत्र जाहेर गर्दा हु.प्र. बक्स भए बमोजिम सर्वेमा दिएको निवेदनको कारवाही गर्ने सिलसिलामा हाम्रा प्रमाणहरु भिडाई दर्ता गरी दिनु पर्नेमा गुठी संस्थानले व्यक्ति विशेषका नाममा दर्ता गर्न नमिल्ने भन्ने समेत व्यहोराको सूचना दिने भनी पत्र पठाएको रहेछ जुन आजसम्म हामीहरुलाई सुनाइएको छैन । कि.नं. ३०६ को जग्गा हाम्रा पिता पुर्खाका नाममा दर्ता भई लगत खडा भएको र ७ नं. फाराम समेत हामीले भरेकोमा कानुनी आधार बिना गौचरन पर्ति हो भन्न र पत्र लेख्न र सोपत्रको आधारमा गौचरन भनी लेख्न मिल्ने होइन । एकै लगतको केही जग्गादर्ता हुने र कि.नं. ३०६ मा नापी भएको जग्गादर्ता नहुने भन्न मिल्दैन । नेपालको संविधानको धारा ९ को संवैधानिक मर्यादा नराखी माथि उल्लेख गरेबमोजिम पत्र लेख्नेलेखाउने गरी हामी निवेदकहरुका नाममा दर्ता नगर्ने गरिएका कामकारवाहीहरुबाट हाम्रो हकमा आघात पुग्न गएकाले जि. कार्यालयको