निर्णय नं. ३९०१ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९०१ - अंश दपोट भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/०६ १८९७ निर्णय नं. ३९०१ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७४ फैसला भएको मिति : २०४६।८।६।३ मा डिभिजनबाट फैसला मिति : २०४३।१०।१२ ने.का.प. भाग २८ (२०४३) अङ्क १०, नि.नं. २८९७ पृष्ठ १०५५ मा प्रकाशित । निवेदक/वादी : का.जि. बलम्बु गा.पं. वडा नं. १ लाछीटोल बस्ने कृष्णकुमारी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. गछेटोल बस्ने मंगलदास श्रेष्ठ मरी मु.स. गर्नेहरू ऐ.ऐ. बस्ने मिश्री श्रेष्ठसमेत मुद्दा : अंश दपोट § तमसुकमा स्वयं वादी अन्तरसाक्षी रही वादीलाई थाहा जानकारी रहेको तमसुकी रुपैयाँलाई प्रतिवादीहरूले अंश मुद्दामा तायदाती नदिई दपोट गरेको भनी ठहर गर्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १५) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोराई पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा पूर्ण इजलासबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४४।२।११ मा तोक लागी आई पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०३२।५।८।१ मा पति मोहनलाल समेतका नाममा मैले अंश दिलाई पाउँ भनी फिराद दिएकोमा २०३२ साल जेष्ठ महिनामा पतिको मृत्यु भएपछि विपक्षी मंगलदास मेरा सौतेनी छोराले तायदाती दिँदा कृष्णबहादुर श्रेष्ठलाई मंगलदास श्रेष्ठले २०२९।२।८ मा दिएको रु. १,६६६।– र विपक्षीका भाइ कान्छा श्रेष्ठले निज कृष्णबहादुरलाई दिएको रु. १,६६६।– समेत जम्मा रु. ३,३३२।– उक्त अंश मुद्दाको तायदातीसम्म नदेखाई अंश दपोट गरेकाले अंशबण्डाको महलको २७ नं. बमोजिम विपक्षीले दपोट गरेको एकलौटी मलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३५।६।८।१ को कृष्णकुमारीको फिरादपत्र । ३. उक्त अंश मुद्दामा अन्तिम फैसला भइसकेको छैन, अहिलेसम्म सर्वोच्च अदालतमा तारिखमै छु, तसर्थ अ.बं. ८२ नं. ले नालिस खारेज हुनु पर्ने, विपक्षीले दावी गरेको सम्पत्ति विपक्षीको जानकारीमा भएको सम्पत्ति हो उक्त दुबै लिखतमा विपक्षी ऋणीको आमा कृष्णकुमारी भनी र मोहनलाल ऋणीको झट्केलो बाबु भनी साक्षी बसेका छन् । तसर्थ तायदाती नदिई दवाएको होइन उक्त लिखतहरूको सम्पत्ति म मंगलदास र भाइ कान्छाको निजी सम्पत्ति हुँदा अंशबण्डाको १८ नं. ले बण्डा गर्न कर लाग्ने होइन यसर्थ झुठ्ठा वादी दावीबाट अलग गरी न्याय पाउँ भन्ने समेतको मंगलदास श्रेष्ठको मिति २०३५।८।३० को प्रतिउत्तरपत्र । ४. वादी दावीको २०२९।२।८ को लिखतको रुपैयाँ सगोलको सम्पत्ति भन्ने देखिन आएको र उक्त मितिको लिखतमा वादी कृष्णकुमारी र निजको लोग्ने मोहनलाल समेत साक्षी बसेको देखिँदा यो सम्पत्ति मौकामा वादीलाई थाहा नभएको भन्न नमिली दपोट भन्न मिलेन, सो लिखतको सम्पत्ति सबै अंशियारको साझा देखिन्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०३८।३।२९ को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको कृष्णकुमारी श्रेष्ठको बागमती अञ्चल अदालतमा मिति २०३८।५।३१।४ मा परेको पुनरावेदनपत्र । ६. विवादका दुबै लिखतमा वादी पुनरावेदक अन्तरसाक्षी बसेको