निर्णय नं. ६८७१ - लागु औषध हेरोइन बिक्री वितरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८७१ - लागु औषध हेरोइन बिक्री वितरण । भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०२/२५ २७४२ निर्णय नं. ६८७१ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत २०४९ सालको फौ.पु.नं. ... ६०९ फैसला मितिः २०५७।२।२५।४ मुद्दाः लागु औषध हेरोइन बिक्री वितरण । पुनरावेदक/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने वीरेन्द्र साई समेत § यी प्रत्यर्थी प्र.वीरेन्द्र साई एवं भुवन कुमार साई उपर वादी श्री ५ को सरकारको तर्फबाट अभियोग दायर हुँदा ऐनको दफा १४(१)(ग) र (घ) अनुसार सजायको माग दावी लिई अभियोग दायर गरेको देखिएता पनि निजहरुले उक्त लागु औषध हेरोइन बिक्री वितरण गरे भन्ने कुराको विश्वास गर्न लायक ठोस प्रमाणको अभाव देखिनुको साथै प्र.वीरेन्द्र साई र प्र.भुवन साईको साथबाट ४।४ पुरिया अर्थात ४००।४०० मिलिग्राम मात्र बरामद भएको देखिएबाट पनि निजहरुलाई लागु औषध हेरोइन बिक्री वितरण कारोबार समेत गरेको ठहर गरी बिक्री वितरण र कारोबारमा समेत सजाय गर्नु कानून र न्यायसंगत नहुँदा निज प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सेवन सम्म गरेको ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०४९।५।३१ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फबाटः विद्बान उपन्यायाधिवक्ता श्री बज्रेश प्याकुरेल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः 2. मोहमद साह, जहाँ अन्सारी, भुवन साई, वीरेन्द्र साईसमेतका व्यक्तिहरु लागु औषध बिक्री वितरण तथा सेवन समेत गर्दछन् भन्ने बुझिन आएकोले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारबाही गर्नु भन्ने जिल्ला कार्यालय, काठमाडौंको प.सं.मु.फा. २०४६।४७ च.नं.१२१ मिति २०४६।९।१३ गतेका पत्रानुसार निजहरुलाई खोजतलास गर्दै जाँदा का.जि.झोछे हिडिरहेको अवस्थामा पक्राउ गरी सोध्दा हामीहरुसँग भएको लागु औषध खैरो हेरोइन बिक्री गर्नका लागि ग्राहक खोजि हिडिरहेका छौं भनेबाट निजहरुको शरीर तत्काल कानून बमोजिम खानतलासी गर्दा मोहनसद सहाजहाँ अन्सारीबाट ४८ ग्राम, वीरेन्द्र साइबाट ४०० मिलिग्राम लागु औषध बरामद भएको हो भन्ने समेत व्यहोराको मिति २०४६।९।१७।२ को बरामदी मुचुल्का । 3. खैरो हेरोइनकोव्यापार गर्न लागेको दुई महिनाजति भयो । म र भुवनसँगबाट बरामद भएको खैरो हेरोइन समेत भारत रक्सौलबाट भुवन हुसेनले ल्याई दिएका हुन् । मैले ४८ ग्राम राखी वीरेन्द्र साईलाई ४०० मिलिग्राम मुवारक हुसनलाई ने.रु.४००।- मा बिक्री गरेको रहेछ । मबाट बरामद भएको खैरो हेरोइन कृष्ण र के.वि.भन्नेलाई बिक्री गर्न भनी जाँदा पक्राउ परेका हौं भन्ने समेत व्यहोराको मोहमद साहजहाँ अन्सारीले प्रहरीमा गरेको बयान कागज । 4. मैले लागु औषध सेवन गर्न थालेको २ वर्ष जति भयो । लागु औषध सेवन गर्न पैसाले नपुग्ने भई बिक्री वितरण समेत गर्दा बांचेको पैसाले आफूलाई खान समेत पुग्ने देखि बिक्रीवितरण गर्न थालेको छु । २०४६।९।१७ गते देखि मोहमद साहजहाँ अन्सारी सँगै डेरा गरी बस्ने मुवारक सँग किनी ल्याएको हुँ । मैले ६ पुरिया किनेकोमा २ पुरिया म आफैले राखी ४ पुरिया भुवन कु