निर्णय नं. ४७०२ - जग्गा हक कायम गर्दा बदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७०२ - जग्गा हक कायम गर्दा बदर समेत भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५०/०२/१९ ४०८८ निर्णय नं. ४७०२ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४६ सालको दे.वि.नं. : ६३ फैसला मिति : २०५०।२।१९।३ विन्तीपत्रवाला प्रतिवादी : का.जि.का.न.पं वडा नं. ७ सिफल बस्ने विद्या शम्शेर ज.व.रा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने राज कुमार आचार्य । मुद्दाः जग्गा हक कायम गर्दा बदर समेत । (१) बादीले जग्गा छुट्याई लिंदा जति जग्गा आफूले लिएको हो त्यति जग्गा मात्र पछिसम्म कायम हुन्छ । नापीमा नरबढी भएको जग्गा लिनेको हुन्छ भन्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री गणेश राज शर्मा : विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की । फैसला न्या. मोहन प्रसाद शर्मा १. रोपनी पौने तीन पूर्व गौचरण र गोरेटो बाटो पश्चिम भैरव प्रसादको घर जग्गा, उत्तर ज्ञानेन्द्र ढकालको जग्गा, दक्षिण आफ्नो बाँकी रहेको जग्गाको चार किल्ला भित्रको जग्गा विपक्षी बाट ०२३।९।१५।६ मा राजीनामा पारित गराई भोग चलन गरी आएको थिएँ । मेरो राजीनामाको जग्गा पशुपती नाथका पुजाहारीले पास नगरी दिंदा मेरो उजुर परी ०३३।९।२० मा मिलापत्र भै विपक्षीका नाउँमा बाँकी रहेको सम्पूर्ण दुई रोपनी एक आना मेरो नाउँमा नामसारी भै तिरोभरो गरी भोगी चर्ची आएको थिएँ । सो जग्गा मलाई राजीनामा गर्नु अगाबै २०२२।८।९ मा नापी नक्सा हुँदा भगवान स्थान गा.पं. वडा नं. ४ कि.न. ४८ मा नापी भै विपक्षका नाउँमा पाँच रोपनी ते¥ह आनादर्ता भएको रहेछ । विपक्षीले सो जग्गा मध्ये ज्ञानेन्द्र ढकाललाई सात आना मलाई पौने तीन रोपनी र रंजन नेपालालाई दुई रोपनी समेत गरी पाँच रोपनी तीन आना बक्रिी गरी सकेकोमा सो कि.नं. ४८ मा कुन तरिकाबाट ०३५।१०।४ मा कित्ताकाट भै कि.नं. १११ ज्ञानेन्द्र ढकालका नाउँमा, ११० मेरो नाउमा कि.नं. १०८ रंजन नेपालका नाउँमा र कित्ता नं. १०९ मा एक रोपनी पाँच आना समेत सम्पूर्ण जग्गा बिक्री गरी सकेका, निज विपक्षीका नाउँमा कित्ताकाट भएछ सो कुरा मलाई मौकामा थाहा थिएन । म घरमा नभएको अवस्था पारी मेरो कम्पाउण्डको जग्गा दक्षिणतर्फ पश्चिममा ३ आना जग्गामा तीन कोठा भएको घर र २ कोठाको ड्यामप्रुफ भएको घर जग हालेको देख्दा सो सम्बन्धमा विपक्षसंग सोधपुछ गर्दा सबै जग्गा राजीनामा गरी सकेको भए तापनि कित्ताकाट गर्दा नापीमा नरवढी भएको मलाई राजीनामा गरेको मध्ये जग्गा कि. नं. १०९ मा आफ्ना नाउँमा कित्ताकाट नामसारी दर्ता गर्न लगाई त्यस मध्येबाट उमा मल्ललाई ०४०।११।१ मा बक्सपत्र गरी कि.नं. १९९ मा कित्ताकाट गरी आफ्ना नाउँमा कि.नं. २०० जग्गा क्षेत्रफल एक रोपनी तीन आना कित्ताबाट नामसारी गराएको भन्ने थाहा पाएकोले नयाँ कि.नं. १०९ भएको दर्ता र त्यसपछि सो मा कित्ताकाट भै विपक्षका नाउँमा नामसारी भएको कि.नं. २०० को दर्ता बदर गरी सो भित्रको एक रोपनी तीन आना मेरो हक कायम गरी विपक्षले खिचोला गरेको जग्गा तीन आनामा विपक्षको खिचोला मेटाई मेरो नाउँमा दर्ता गरी बिपक्षले बनाएको घर भत्काउन लगाई जग्गा खाली गर्न लगाई दावाको जग्गा चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको राजकुमार आचार्यको मिति ०४१।४।१७ को फिराद पत्र । २. कि.नं. ४८ को जग्गा नापीका बखत ५–१३–० कायम भई सो मध्ये ज्ञानेन्द्र प्रसाद ढकाललाई ०–७–० नेपाल उपाध्यायनीलाई २–०–० र