निर्णय नं. ३९०२ - कूत मोही

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०२ - कूत मोही भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/०३ १९३० निर्णय नं. ३९०२ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.ई.नं. ११० फैसला भएको मिति : २०४६।७।३।५ मा डिभिजन बेञ्चबाट फैसला मिति : २०४२।११।२४।६ मा निवेदक/प्रतिवादी : रौतहट जिल्ला फुवरीया गा.पं. भई हाल कायमी पिपरा रजवाडा गा.पं. वडा नं. ३ बस्ने गमिरी महतो सुडी विरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. २ बस्ने भोजेन्द्रप्रसाद यादव मुद्दा : कूत मोही § दावी बमोजिम बाँझो नै राखेको हो भनी यकीन साथ भन्न सकिने देखिन नआएकोले वादी दावीको जग्गामा प्रतिवादी मोहीले बाली नलगाई जग्गा पर्ता राखेको भन्ने नदेखिने । (प्रकरण नं. १९) § वादीका साक्षीहरू तीनैजनाले कूत प्रतिवादीले वादीलाई बुझाइएको छैन भनी किटानी साथ बकपत्र गरेको देखिन्छ यसबाट प्रतिवादीले वादीलाई कूतबाली बुझाएको भन्ने नदेखिने । (प्रकरण नं. २०) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी फैसला न्या. बब्बरप्रसाद सिंह : श्री महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।११।२४।६ को फैसला फुलबेञ्चबाट दोहर्‍याई पाउँ भनी निवेदकले बिन्तिपत्र चढाउनु भएकोमा पूर्ण इजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालतको पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरा नाम दर्ता तिरो हकभोगको जिल्ला रौतहट प्र. झाझ उत्तर पञ्चायत रजबाडा वडा नं. ३ को कि.नं. ४२७ ज.वि. ०–११–८ को विपक्षी मोही भएकोमा निजले कुनियत चिताई आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक २०३५ साल बैशाख १ गतेदेखि २०३५ साल चैत्र मसान्तसम्म १ वर्षतक उक्त जग्गामा खेती नगरी पर्ता पारी दिई मैले पाउनु पर्ने २०३५ सालको कूत समेत निज प्रतिवादीले मलाई नदिई धरौट राख्नु पर्ने ठाउँमा धरौट समेत नराखेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा (२) बमोजिम प्रतिवादीको मोही निष्कासन गरी कूत धान मन ६–२२–० को वर्तमान बजार दरभाउ धान मन १ को रु. ६०।– ले हुने रु. ३९३।– प्रतिवादीबाट दिलाई पाउँ भन्ने समेत फिरादपत्र । ३. २०३५ सालको कूतबाली ६–२२–० २०३५ साल माघ १६ गतेका दिन प्रमाणका व्यक्तिहरू समेतका रोहवरमा वादीलाई बुझाई भर्पाई माग्दा अहिले भर्र्पाई लेख्ने मानिस नहुँदा पछि भर्पाई गरी दिउँला फरक पर्ने छैन भनी वादीले भन्नु भएकोले विश्वासमा परी चुपचाप बसें । पछि भर्पाई माग्दा आलटाल गरी आजसम्म भर्पाई पनि दिनु भएको छैन । मलाई सो जग्गा जोतकोड समेत गर्न नदिई मोहीबाट बन्चित समेत गराई दिनु भएकोले मोही बेदखली र २०३५ सालको कूत बुझी लिनु भएको भर्पाई समेत दिलाई पाउँ भन्ने सम्बन्धमा मिति २०३६।१।१९।४ मा श्री भूमिसुधार कार्यालय रौतहटमा मैले निवेदन दिएको हुँ । सो सम्बन्धमा कारवाही चली नै राखेको छ । वादीको झुठ्ठा फिराद दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. २०३५ सालको बालीमा २०३५ साल चैत्रदेखि आजसम्म प्रतिवादी मोहीले जग्गा पडता राखेको मैले देखेको हुँ । २०३५ साल चैत्र भन्दा अघिदेखि नै वादी दावीको जग्गा पडता भएको मैले देखेको हुँ भन्ने समेत वादीका साक्षी गुदरी महतोको मिति