निर्णय नं. १०५७ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/२१ २२३४ निर्णय नं. १०५७ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको रि.फु.नं.३१ आदेश भएको मिति : २०३४।६।२१ निवेदक : जि.तनहुँ गच्छी चौतारा गा.पं.वा.नं.९ सिमपानी ओमडाँडा घर भई हाल जि.का.सदर खोर डिल्लीबजारमा थुनामा रहेको भैरव खनाल विरुद्ध विपक्षी : श्री ५ को सरकार विशेष प्रहरी विभाग, श्री सच्चिदानन्द सिटौला विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) एक दफाअन्तर्गतको कुनै खण्डको व्याख्या गर्दा सो अन्तर्गतको सबै उपदफा वा खण्डहरूको समुच्चा व्याख्या गर्नुपर्ने र त्यस्तै एक परिच्छेदअन्तर्गतका विभिन्न दफाहरूको पनि सप्रसंग व्याख्या गर्नुपर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा : खेमचन्द्र चौरडियाको हकमा उमोद सिंह चौरडिया विरुद्ध डी.एस.पी. कार्यालय काठमाडौं समेत भएको २०३३ सालको रि.फु.नं.३४ आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत निवेदनमा डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मैतक्य हुन नसकी निर्णयको लागि सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) बमोजिम पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : जनकपुर गुठी तहसिल तथा खर्च कार्यालय अन्तर्गतको विभिन्न मौजामा भएको गुठी अधिनस्थ जग्गाहरू आर्थिक वर्ष ०३१।०३२ समेतमा गुठी संस्थानले अमानतमा खेती गरेको श्रेस्ता देखाई बटैयामा जग्गा बुझाउनु दिई गुठी संस्थानलाई गैरकानूनी हानी पुर्याई आफू समेतलाई गैरकानूनी फाइदा पुर्याई भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको कसूर गरेको भन्ने अभियोगको अनुसन्धान कार्यको सिलसिलामा अदालतको अनुमतिबाट प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य गर्दै आएकोमा जग्गा बटैयामा कमाउन दिई अमानतमा खेत गरेको भनी तपाई समेतले कृत्रिम श्रेस्ता खडा गरी गर्न लगाईएको खेतीबाट आम्दानी भएको जिन्सीलाई श्रेस्तामा आम्दानी गर्नुपर्ने नगरी संस्थानलाई हानी र तपाईं समेतलाई गैरकानूनी फाइदा पुर्याई आएको रकम तपाईंलाई धरौट दाखिल गर्नु होस भन्दा तपाईंको वयान अनुसार धरौट दाखिल गर्न सक्तिन र धन जमानी जेथा जमानी पनि दिन सक्दिन भनी किटानी बयान दिएकोले यस विभागबाट मागिएको धरौट रकम दाखिल नगरेबाट तपाईंलाई भ्र.नि.ऐन, २०१७ को परिच्छेद तीनको दफा १९ (२) अन्तर्गतको अधिकार प्रयोग गरी (ख) मेलको सिधा खान पाउने गरी प्रहरी हिरासतमा राखिएकोले अ.बं.११ नं.बमोजिम यो थुनुवा पूर्जी दिइएको छ भनी ०३३।११।१४ मा पत्र दिई निवेदकलाई थुनामा राखेको रहेछ । ३. निवेदकको निवेदन जिकिर निम्न प्रकार छ : भ्रष्ट्राचार निवारण ऐन, २०१७ को परिच्छेद ३ को दफा १९ को उपदफा (२) अन्तर्गतको अधिकार प्रयोग गरी ख मेलको सिधा खान पाउने गरी प्रहरी हिरासतमा राखिएकोले अ.बं. १२१ नं. बमोजिम थुना पूर्जी दिइएको छ । उक्त थुनुवा पुर्जी मिति ०३३।११।१३।५ बाट ०३४।२।१० मा तिन महिना भुक्तान भैसके तापनि आजसम्म पनि थुनामा राखिएको छ र थप कुनै पनि पूर्जी दिइएको छैन । भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद ३ को दफा १९ को उपदफा १ र २ मा विशेष पुलिस अफिसरको काम कर्तव्य र अधिकार बारे व्यवस्था गरिएको छ । उक्त दफा २ ले अनुसन्धान गर्दा अभिय