निर्णय नं. ६८७२ - लागु औषध ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८७२ - लागु औषध ओसारपसार भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५६/११/०९ ४०५४ निर्णय नं. ६८७२ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५१ सालको फौ.पु.नं. ....११५४ फैसला मितिः २०५६।११।९।२ मुद्दाः लागु औषध ओसारपसार । पुनरावेदक/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट बस्ने बाबुराम थापा समेत § वादीले दावी गर्दा के कस्तो परिबन्दबाट अपराध हुन गएको छ भन्‍ने अपराधिक कार्यको प्रकृतिलाई वर्णन गरी दावी गर्नुको साथै सम्बन्धित ऐनको दफा समेत उल्लेख गरेकोमा सो दफा ४ अन्तर्गतको खण्ड (क) अनुसारको वा खण्ड (च) अनुसारको कसूर कायम हुने हो भन्‍ने कानूनको प्रयोगको निरोपण अदालत स्वयंबाट हुनुपर्ने देखिन आउँछ । अपराध सम्बन्धी तथ्य र प्रमाणको जानकारी अदालतलाई स्वतः नहुने हुँदा अभियोग दावी गर्ने पक्षले अपराधिक कार्यको प्रकृतिलाई विस्तारपूर्वक खुलाई त्यसलाई प्रमाणित गर्ने आवश्यक प्रमाण समेत पुर्‍याउन पर्ने हुन्छ । सो अपराधको लागि दावी गरिएको कानूनको दफा अन्तर्गतको कुन खण्डको प्रयोग गर्नु अपराधको प्रकृति अनुकूल हुन्छ भन्‍ने कुराको निरोपण स्वयं अदालतले गर्नुपर्ने हुँदा सो को निरोपण दावी गर्ने पक्षले नै नगरेको भनी मुद्दा नै खारेज गर्न सक्ने देखिन नआउने । (प्र.नं.१७) § प्रतिवादी मध्येका लब कुमार शर्मा र बाबुराम थापाको हकमा निजहरुले अष्ट्रेलियाको न्यू साउथ वेल्स (New South Wales) को डिस्ट्रिक कोर्ट (District Court) को ८ अक्टुवर १९८७ (8 oct. 1987) को मिसिल संलग्न फैसलाको प्रतिलिपीबाट प्रस्तुत मुद्दा सम्बन्धी लागु औषधसँग साथ राखेकोमा सजाय पाइसकेको देखिन आउँछ । सो फैसलामा निजहरुको नेपाल अधिराज्यबाट लागु औषध निकासी गर्ने सम्बन्धमा पूर्व संलग्नता रहेको भन्‍ने देखिंदैन । निजहरुलाई थाहा हुनु पूर्व नै लागु औषध रहेको हस्तकलाको सामन (वृद्धको मूर्ति) अष्ट्रेलिया पठाई सकेको भन्‍ने सो फैसलाबाट देखिएको छ । साथै सोही मिलानको यी दुई प्रतिवादीहरुको नेपालमा प्रहरी एवं अदालत समक्ष भएको बयान देखिन आउँछ । तसर्थ निजहरु नेपालबाट लागु औषध निकासी गर्ने कार्यमा संलग्न रहेको भन्‍ने नदेखिएको र विदेश अष्ट्रेलियामा भएको अपराधिक कार्यको सम्बन्धमा त्यहाँको कानून बमोजिमको कसूरमा मुद्दा चली सजाय पाइसकेको देखियो । अष्ट्रेलियामा भएको अपराधिक कार्यको लागि पुनःनेपालमा मुद्दा चलाउन सक्ने कानूनी व्यवस्थाको अभावमा निज प्रतिवादीहरु लव कुमार शर्मा र बाबुराम थापाको हकमा सम्म अभियोग दावी खारेज गरेको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव ठहर्ने । (प्र.नं. १७) § नेपाल अधिराज्यबाट अष्ट्रेलिया तर्फ लागू औषध निकासी गरेका अर्का प्रतिवादी मिनकान्त कंडेल समेतको हकमा अभियोग पत्र दायर भएको र निजका नाउँमा सूचना जारी हुँदा हाजिर नभई फरार रहेका कारण मुल्तवी रहन गएको समेतलाई असर पर्ने गरी मुद्दा नै खारेज गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म उल्टी हुने । (प्र.नं.१८) पुनवेदक वादी तर्फबाटः विद्बान उप-न्यायाधिवक्ता श्री ऋषिराम दवाडी विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ए