निर्णय नं. १०५८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/०४ १८४९ निर्णय नं. १०५८ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको रि.फु.नं. ४१ आदेश भएको मिति : २०३४।६।४।३ मा निवेदक : ल.पु.जि. चापागाउँपञ्चायत वार्ड नं.२ बस्ने प्रेमलाल श्रेष्ठ विरुद्ध विपक्षी : भूमि प्रशासक श्री गजेन्द्रबहादुर सिं.भू.प्र.का.ललितपुरसमेतार विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भू.सं.ऐनको दफा ८ लागू हुनु भन्दा अघि नै मोहियानीमा लिई कमाएको भन्ने भएपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८ को अधिकतम भन्दा बढी जग्गा मोहीको हैसियतले कमाएको भन्दैमा अष्टलालको उजूरी गर्ने हक हुँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : आदेश न्या.धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्याई पाउँ भन्ने निवेदकको परेको निवदेनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : धोलबु भन्ने खेत रोपनि ५ विपक्षीको बाबु गोपीलालले मलाई कमाउन दिएको बाली बुझाई आएको चापागाउँ गा.पं. वार्ड नं.४ ख.कि.नं.१७ को जग्गा जोतमा म कायम भएको जग्गामा २८ सालको धान लगाउन जाँदा खिचोला गरे जोत कायम गरी पाउँ भन्ने विपक्षी अष्टलालको निवेदन परेको उक्त जग्गा कसैलाई कमाउन दिएको छैन म आफैले कमाई आएको छु भन्ने समेत निवेदक प्रेमलालको बयान भएकोमा जोत वादी अष्टलालकै ठहर्ने, वादीको मोहियानीमा खिचोला गरेको ठर्हछ भन्ने समेत भू.प्र. कार्यालय ललितपुरबाट ०३०।१।७ मा निर्णय भएको रहेछ । ३. निवेदक प्रेमलालको रिट निवेदन पत्रमा उक्त चापागाउँ गा.पं. वार्ड नं.४ (ख) कि.नं.१७ को जग्गाको जग्गाधनी र जोतहा म स्वयं छु । भू.सु.का.बाट जग्गाधनी प्रमाणपत्र पनि प्राप्त गरेको छु । सो प्रमाणपुर्जामा मोही महलमा मेरो नाउँ जनिएको छ, भूमिसम्बन्धी नियम ६अनुसार २ नं.अनुसूची मेरो नाउँमा प्रकाशित भएकोमा कसैको विरोध दावी छैन । भूमिसम्बन्धी ऐनको दफा २५ (२) अनुसार मोहियानी हक प्राप्त गर्न दफा ३४ अन्तर्गतको व्यवस्था भइसकेको हुनुपर्छ विपक्षी सो अनुसार कुनै प्राप्त गरेको छैन, विपक्षीले दफा २५ (२) दफा ३२ (१) को (ख) अन्तर्गत उजूर गर्नु भएको थिएन, भूमि प्रशासकले दफा ३२ (ख) को (ख) को कानूनी त्रुटीपूर्ण व्याख्या र प्रयोग गरेको छ उक्त दफाले खिचोला विषयलाई आगालिंदैन एकातिर नियम ६ अनुसार २ नं.अनुसूची मेरो नाउँमा प्रकाशित भएको छ नियम ७ अनुसार उजूर नभएको कारणले नियम ९ अनुसार म निवेदक जोताहा भएको अकाट्य रुपमा प्रमाणित गर्दछ भने सर्जमिनको आधारमा कानून विरुद्ध ठहर गर्न सकिन्न, भूमि प्रशासकको निर्णय न्यायिक मनको अतिसयोक्ति अप्रयोग छ, विना आधार विना प्रमाणको म निवेदकलाई जरिवाना गरेको अविवेक र दोषयुक्त छ । अधिकार क्षेत्रात्मक दोष र प्रत्यक्षतः कानूनी त्रुटीपूर्ण नियमले मौलिक हकहरूको प्रचलनमा अवरुद्व गरेकोले उत्प्रेषणको आदेशद्वारा विपक्षी अ