निर्णय नं. ६८७३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८७३ - परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५६/०१/१३ २९३० निर्णय नं. ६८७३ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५३ सालको दे.पु.नं. ......... २९६५ फैसला मितिः २०५६।१।१३।२ मुद्दाः परमादेश । पुनरावेदक/वादीः जिल्ला प्रहरी कार्यालय कन्चनपुर विरुद्ध प्रत्यर्थी/निवेदकः कन्चनपुर महेन्द्रनगर न.पा.वा.नं. १८ बस्ने खडक बहादुर खत्री § ठगी मुद्दा सकारवादी भै चल्ने मुद्दाको रुपमा अनुसूची १ मा समावेश गरिएको सरकारी मुद्दा सम्‍बन्धी ऐन, २०४९ मिति ०४९।९।८ देखि मात्र लागु भएको र सो भन्दा पूर्वको सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ मा ठगी मुद्दालाई सरकारवादी भै चल्ने मुद्दाको रुपमा अनुसूची १ मा समावेश गरेको देखिंदैन । कानूनले गर्नुपर्ने भनी तोकेको कार्य नगरेको अवस्थामा सो कार्य गर्नु भनी परमादेश जारी हुने अवस्था हुन्छ । निवेदक लेख बमोजिमको वारदातको अवस्थामा ठगी गरेको कुरा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ भित्र परेको नदेखिएको अवस्थामा सो वारदातको सम्बन्धमा लेखी ल्याएको जाहेरी दरखास्त दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरको कार्यलाई कानूनले तोकेको कार्य नगरेको भन्‍न मिल्‍ने अवस्था देखिंदैन । यस्तो अवस्थामा परमादेशको माग गरिएको प्रत्यर्थी निवेदकको निवेदन खारेज गर्नुपर्नेमा परमादेश जारी गर्ने गरेको पुनरावेदन अदालत महेन्द्रनगरको निर्णय आदेश उल्टी हुने । (प्र.नं.१०) पुनरावेदक तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठक प्रत्यर्थी निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री विजयकुमार बस्नेत अवलम्बिन नजिरः X आदेश न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रस्तुत हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. मेरा नाउँ दर्ताको साविक महेन्‍द्रनगर न.पं.वा.नं. २ख कि.नं. ५१ क्षेत्रफल १-१०-० जग्गामा रु.२६,२१५।- खर्च गरी निर्माण गरेको घर गोठको जग्गा नहरमा पर्न गएपछि जग्गाको मौजा मैले लिएको र घर गोठ उठाउन नै बाँकी थियो । म घाँटीको विमार परी उपचार गर्न जाँदा ति घर गोठका काठपात कसैले उठाई लगेको रहेछ । त्यसको खोजतलास गर्दै जाद त्यो घर गोठ अन्यत्र लगि बनाउन वापत जिल्ला प्रशासन कार्यालय कन्चनपुरबाट क्षतिपूर्ति रु.१५७५।- परी चन्द्रले बुझी लगेको थाहा पाएपछि आफ्नो हकै नपुने मेरो सम्पत्तिलाई मेरो भनी किर्ते जालसाज निवेदन खडा गरी ठगीको १ नं. ले परिभाषित कसूर गरी घर गोठको लकडी समेत लगी गएका रहेछन् । अन्यायमा परी चन्द माथि ठगीमा कारबाही गरी माग्न विपक्षी जिल्ला प्रहरी कार्यालय कन्चनपुर समेतमा जाहेरी लेखी लैजादा दर्ता गरी नदिएकाले विपक्षीहरुका नाउँमा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्‍ने समेत व्यहोराको मिति २०५२।१०।२२ को खड्‍गबहादुर क्षेत्रीको रिट निवेदन । 3. निवेदकले दिनु भएको जाहेरी दरखास्तमा परीचन्दले के कस्तो अपराध गरे सो नै प्रष्ट छैन । परीचन्दले रु.१५७५।- क्षतिपूर्ति वापत बुझेकोमा यस कार्यालयबाट निज परिचन्दलाई बोलाई निजले कागज गर्दा ५१ नं. को कित्ता जग्गा निज खडक बहादुर खत्रीले मेरो भतिजा लक्ष्मी चन्दलाई विगो रु.१३६०।- मा बिक्री गरेको तत्काल पास नहुने भै जग्गा पास गर्ने अवस्था पुगेका बेला पास गरी दिनेछु भनी लालपूर्जा समेत भतिजालाई सौपुवा गरी दिएको भनी कागज गरी दिएकाले बिक्री गरेको सो जग्गामा बनेको घर अन्यत्र सा