निर्णय नं. ३९०४ - मोही निष्कासन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९०४ - मोही निष्कासन भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/१५ १९८३ निर्णय नं. ३९०४ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.ई.नं. ८९ फैसला भएको मिति : २०४६।८।१५।५ मा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिति : २०४३।१०।८ निवेदक/वादी : का.न.पं. वडा नं. २७ त्यौड बस्ने लहरमान महर्जनसमेत विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं. वडा नं. २ लाजिम्पाट बस्ने हर्षबहादुर महर्जन मुद्दा : मोही निष्कासन § जग्गामा घर बनाएको भनेको मितिबाट एक वर्ष नाघेको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद गुज्रेकोले थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा थामी दिने गरी बक्स भएको हुकुम प्रमांगी अनुसार प्रस्तुत उजूरी दर्ता भएको देखिँदा हदम्याद नाघी उजूर परेको भन्ने नदेखिने । (प्रकरण नं. १४) § वादीले जुन सालमा खेती नगरी हेलचेक्राई गर्यो भनी दावी लिएको छ, सो सालको कूत प्रतिवादीले धरौट राखेको भन्ने पेश गरेको रसीदको नक्कलबाट देखिँदा, यस्तोमा खेती नगरी हेलचेक्राई गरेको भन्न नमिल्ने । यस्तो स्थितिमा मोही निष्कासन गरिपाउँ भन्ने वादीको दावी बमोजिम मोही निष्कासन गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक/वादीहरू तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या. पृथ्वीबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा मुद्दा दोहराई पाउँ भनी वादीहरूले २०४३।११।१३ र ०४३।१२।१७ मा न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको २०४४।९।१९ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४४।११।२ मा लेखी आई लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ:– २. हाम्रो हक भएको का.न.पं. साविक वडा नं. २४ को हाल वडा नं. २ को कि.नं. ३३१ को ०–३–०–० जग्गामा विपक्षीले खेती नगरी २०३७।३।२ गतेदेखि घर बनाई खेती नगरी हेलचेक्र्याई गरेबाट २०३७ सालको बाली समेत हुन नसकी, खेती नगरेको १ वर्ष नाघेको ३५ दिनभित्र भू.सं. ऐन, २०२१ को दफा २९(क)(ख) मा उल्लेख हदम्याद गुज्रेको थमाई निवेदन दायर गरेका छौं । विपक्षीलाई ऐ. ऐनको दफा २९(२) बमोजिम मोहियानी हकबाट निष्कासन गरिपाउँ भन्ने समेत निवेदनपत्र । ३. खेती गरी कूत समेत धरौट राखेको छु । झुठ्ठा कुरा उल्लेख गर्दै दुःख दिन निवेदन दिएबाट दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर । ४. प्रस्तुत जग्गामा खेती नै नगरेको वा हलचेक्र्याई गरेको भन्नलाई सो जग्गामा प्रतिवादीले बनाएको घर भत्काउनु पर्ने गरी आजै फैसला भएकोबाट नमिल्ने हुँदा खेती नगरी हेलचेक्र्याई गरे भन्न मिलेन, अतः वादी दावी झुठ्ठा ठहर्छ भन्ने व्यहोराको शुरु का.जि. अ. बाट भएको फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको बागमती अञ्चलमा परेको पुनरावेदन । ६. प्रस्तुत विवादको जग्गामा प्र. ले बनाएको घर, घर बनाउनेको महलको ४ नं. बमोजिम हुने गरी आजै फैसला भएकोबाट १ वर्षसम्मको खेती नगरेको भन्ने दावी मनासिब नहुँदा शुरुको फैसला मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समे