निर्णय नं. १०५९ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५९ - जग्गा खिचोला भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/१८ १९४१ निर्णय नं. १०५९ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको दे.फु.नं. ९० निवेदक : का.जि. बानेश्वर भिमसेनगोला गा.पं.वा.नं.९ बस्ने शंकरप्रसाद उपाध्याय विरुद्ध प्रतिवादी : ऐ.ऐ. वार्ड नं.१ बस्ने प्रधानपञ्च दुर्गाविक्रम शाह मुद्दा : जग्गा खिचोला (१) गाउँसभाको निर्णयअनुसार काम गरे गराएको समेत हो भन्ने प्रतिवाद भएको समेत देखिएकोले दुर्गाविक्रमले गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले काम गरेको देखिएकोले यसरी गरेको काम गाउँपञ्चायत ऐनको दफा ७१ बमोजिम विधि पुर्याई दायर गरेको प्रस्तुत फिराद कानूनअनुरुपनै भएकोले खारेज गर्ने गरी निर्णय गरेको नमिल्ने । (प्रकरण नं. १२) फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफरिशमा नेपालको संविधानको धारा ७१ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : ल.नं.१४४९ को मेरो घर जग्गादेखि दक्षिणपट्टि सदानन्द गिरी गोपालबाजे शिवकुमारी, अशोककुमारी, लाटाकि आमाको घर जग्गादेखि दक्षिणपट्टि भएको गोरेटो बाटोबाट आवत जावत गरी आएको सो बाटो मेरो घर जग्गाको पूर्व दक्षिण एउटा सानो भाग कुनामा दक्षिणतर्फ एक सानो टुक्रामा छाएको भई सोही छेउबाट आवत जावत भई रहेको मेरो घरको दक्षिणपट्टि जग्गामा कुनै सार्वजनिक बाटो नभएकोमा घर जग्गाको उत्तरपट्टिको मेरो निजी बाटोलाई सार्वजनिक बाटो भनी पहिले दावी गरेका छाडी घर अगाडि दक्षिणपट्टि सार्वजनिक बाटोमा नपुग दाँया बाँया जग्गा उपलब्धी गरी चार फुटे मोटर चल्ने बाटो निर्माण गर्ने भनी मेरो जग्गामा ०२४।१०।६।७ का दिन उत्तर दक्षिण १२ फूट, पूर्व पश्चिम ४५६ फूट, जग्गा मिची बाटो बनाई बाली नष्ट पारी पूर्वतर्फको जम्मा १९० फूटको काँचा इटको पर्खाल समेत भत्काई दिएकोले मोल रु.४८४३।७५ पर्ने ।।। ।। जग्गा खिचोला मेटाई अड्डैबाट चलन पाउँ नोक्सान गरिदिएको पर्खालको रु.७००।साग आदीको रु.२०० समेत जम्मा ९००।रुपैयाँ विगो समेत भराई दिलाई पाउँ भन्ने समेत शङ्करप्रसाद उपाध्यायको ०२५–२–२८–२ को फिराद । ३. वादीको पूर्व दक्षिण कुनातर्फ एक सानो टुक्राले छोएको भनेको गोरेटो बाटो अझैं पनि भएको र सो अद्यापि कायमै भएकोमा वादीका बाबुले सो बाटो बन्द गरी उत्तरपट्टि खोलेका जुन बाटोलाई अहिले निजी भनी दावी गरेका छन् उसबेला जनताले विरोध गरेन त्यो बाटोमा भान्छा घर र चर्पी बनाई बाटो बन्द गरेमा कारवाही भएको अञ्चलाधीशमा छ । गाउँमा जनतालाई बाटो हिड्न कठिन परेको व्यहोरा निवेदन परेको र मूल सडकमा निस्कने बाटो १२ फुटे बनाई तयार गर्ने अञ्चल समितिको प्रथम बैठकको निर्णयको दफा ९ तथा गाउँसभाको ०२४।८।२३ को निर्णयले रा.पं.स.श्री प्रेमबहादुर शाक्यबाट शीलान्यास भए अनुसार वाटो बनाएको हो जवरजस्ती जग्गा मिचि बाटो बनाएको होइन साविक भए रहेको बाटोलाई दुवैतर्फबाट नपुग जग्गा लिई १२ फुटको बाटो निर्णय गरेको हो, त्यसैबाट सम्म पर्खाल भत्काई बाली नोक्सान गरे भन्ने झुटो दावी लिएका हुन सो विगो यस पञ्चायतले व्यहोर्ने पर्ने होइन भन्ने समेत प्र.पं. दुर्गाविक्रमको प्रतिवादी । ४. वादी दावीको रे.नं.१४५९ को जग्गाको साविक दर्ता उतारमा ४ किल्ला हेर्दा द