निर्णय नं. ३९०५ - घर भत्काई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०५ - घर भत्काई पाउँ भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/१५ २०१६ निर्णय नं. ३९०५ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.ई.नं. ८८ फैसला भएको मिति : २०४६।८।१५।५ मा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिति :२०४३।१०।८ मा निवेदक/प्रतिवादी : का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने हर्षबहादुर महर्जन विरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. २७ त्यौड टोल बस्ने पूर्णमाया महर्जन समेत मुद्दा : घर भत्काई पाउँ § मोहियानी जग्गामा मोहीले पक्की घर बनाउन जग्गाधनीको मन्जूरी बेगर नमिल्ने । (प्रकरण नं. १७) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. पृथ्वीबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा मुद्दा दोहराई पाउँ भनी निवेदकले ०४३।११।१३ र २०४३।११।२७ मा न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको ०४४।९।१९ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४४।११।२ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. हाम्रो हकको का.न.पं. साविक वडा नं. २४ को हाल वडा नं. २ को कि.नं. ३३१ को ०–३–०–० जग्गा विपक्षीले २०३७ साल आषाढ महीनामा जबरजस्ती घर बनाउन लागेकोले उजूरी गरेको थिएँ । तर विपक्षीले नरोकी मिति २०३७।३।२ गते घर बनाउन शुरु गरी ऐजन २५ गते तयार गरी मोही हुने विपक्षीले घरधनीको मन्जूरी बेगर घर बनाई खेती गर्नु पर्नेमा नगरेको हुँदा निष्कासनतर्फ छुट्टै नालेश गर्नेछु पञ्चकृति मोल रु. १०००।– पर्ने घर लिन हाम्रो मन्जूरी नभएको हुँदा घर बनाउनेको ४ नं. बमोजिम गरिपाउँ भन्ने समेत फिराद दावी । ३. २०३७ सालमा मात्र घर बनाएको नभई परापूर्व कालदेखि बनी बसी भोगचलन गरिआएको घर हो, घर बनाउनेको ११ नं. को म्यादभित्रको यो फिराद होइन भन्ने कुरा बिजुली जडान गर्न मैले दिएको निवेदनबाट प्रष्ट हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तरपत्र। ४. विवादको जग्गामा मिति २०३७।३।२ गते शुरु गरी घर बनाएको हो भन्ने समेत वादीको साक्षी शेरबहादुरको बकपत्र । ५. यो घर प्रतिवादीका बाबु बाजेका पालादेखि नै भएको घर हो भन्ने समेत प्रतिवादीका साक्षी नारायण, भोजराज समेतको छुट्टा छुट्टै बकपत्र । ६. साविक देखि घर भएको भए सर्भेमा जनिनु पर्ने विपक्षी मोहीले भू.सं. ऐन बमोजिम घर बनाउन जग्गाधनीबाट मन्जूरी लिएको पनि नदेखिने हुँदा दावी अनुसार प्रतिवादीले घर भत्काई उठाई लैजानु पर्ने, नलगे वादीको ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको फैसला । ७. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ८. कि.नं. ३३१ को मिति २०३३।४।२ मा नापी भएको क्षेत्रीय किताब उतारमा घर नजनिएकोबाट घर परापूर्व कालदेखि बनी बसोवास गरिआएको भन्ने देखिएन बिजुली जडान गरेको मिति २०३६।४।१३ भनी प्रतिवादीले उल्लेख गरी हदम्याद नाघेको भन्नलाई निजले जिकिर नलिएकोले मिलेन । जग्गाधनीको मन्जूरी नलिई प्रतिवादीले घ