निर्णय नं. ८९२७ - चेक अनादर लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९२७ - चेक अनादर लेनदेन भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०९/१७ २०१०७ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की २०६६–CI–००९० फैसला मितिः २०६९।९।१७।३ मुद्दा : चेक अनादर (लेनदेन) । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने करमसिंह भण्डारी विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने कर्णबहादुर चन्द शुरु फैसला गर्नेः मा.जि.न्या. श्री सत्यराज गुरुङ्ग पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री रणबहादुर बम मा.न्या.श्री हरिप्रसाद घिमिरे § बैंकमा मौज्दात नभएको वा पर्याप्त मौज्दात नभएको कारणले चेक अनादर भएको तथ्यले मात्र चेक प्राप्त गर्ने व्यक्तिले चेक जारी गर्ने व्यक्तिलाई चेकमा उल्लेख भएअनुसारको रकम ऋण दिएको रहेछ भन्ने कुरा स्वतः प्रमाणित हुन नसक्ने । § चेक जारी गर्ने व्यक्तिले आफूले धारकलाई सापटी दिएको वा अन्य कारणले पनि अर्को व्यक्तिको नाममा चेक जारी गरेको हुनसक्छ । आफूले प्राप्त गरेको चेकमा उल्लेख भएअनुसारको रकम ऋण दिएको हुनाले आफूले भरी पाउने हो भन्नलाई दावीअनुसारको रकम ऋण लिएको भन्ने तथ्य प्रमाणहरूबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.७) § धारकप्रति चेक जारी गर्ने व्यक्ति स्वतः उत्तरदायी हुने वा निजले चेकमा उल्लेख भएको रकम धारकलाई ऋण सरह बुझाउने दायित्व हुने भन्ने देखिदैन । कानूनी व्यवस्थाअनुसार धारकप्रति उत्तरदायी व्यक्ति को हो र कति रकमसम्म उत्तरदायी हुने हो भनी अदालतले सबूद प्रमाण हेरी ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू हिरा रेग्मी तथा बाबुराम कुँवर विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ताहरू मिथिलेशकुमार सिंह तथा वीरेन्द्रकुमार ठाकुर अवलम्बित नजीरः सम्बद्ध कानूनः § विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ § मुलुकी ऐन, अ.वं. ७८ फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदन सरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– करमसिंह भण्डारीले मसँग रु.३०,००,०००।– लिनु भएकोमा माग्दा निजले १५/१५ लाखका दुईथान चेक दिएको र सो चेकको भुक्तानी लिन जाँदा खातामा रकम नभएको हुँदा निजले ठगी गरेको जानकारी पाई जोहरी दिन आएको छु भन्ने कर्णबहादुर चन्दको जाहेरी । जाहेरवालासँग रु.१५,००,०००।– सुमित्रा साहले लिएकी हुन । सुमित्राले रकम दिन ढिलाई गरेकीले मलाई आत्मविश्वासको लागि चेक दिनुहोस् भनी कर्णबहादुर चन्दले भन्नु भएकोले मैले चेक दिएको हुँ, भन्ने व्यहोराको करमसिंह भण्डारीको बयान कागज । मैले रकम सुमित्रा शाहलाई दिएको होइन । विभिन्न मितिमा कृषि विकास बैंक, वैकिङ्ग कार्यालय महाराजगञ्जमा भएको मेरो खाताको चेक काटी करमसिंह भण्डारीलाई नै चेक दिएको हुँ भन्ने कर्णबहादुर चन्दको कागज । मिसिल संलग्न कागजातहरूबाट प्रतिवादीले एक आपसमा मिलेमतो गरी जाहेरवालाबाट रु.३०,००,०००।– लिई बैंकमा रकम नभएको २ थान चेक दिएको र उक्त चेकबाट बैंकमा रकम भुक्तानी नभै ठगी गरेको पुष्टि हुन आएकोले प्रतिवादी करमसिंह भण्डारी र सुमित्रा शाहको उक्त कार्य ठगीको महलको १ र २ नं. को कसूर अपराध हुँदा ऐ. को ४ नं. बमोजिम सजाय हुन र ठगीको विगो रु.३०,००,०००।– प्रतिवादीहरूबाट जाहेरवाल