निर्णय नं. १०६० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/०६ २०८४ निर्णय नं. १०६० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको रिट नं. १४२६ आदेश भएको मिति : २०३४।३।६।२ मा निवेदक : पश्चिम १ नं. नुवाकोट जिल्ला त्रिशुली गङ्गामाई आ.गा.पं. वार्ड नं.७ त्रिशुली बजार बस्ने ज्ञानकाजी अमात्य विरुद्ध विपक्षी : जि.भू. सुधार का.प. १ नं. नु. जिल्ला का.का.मु.शा.अ. नविनकुमार समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धि ऐन, २०२१ को दफा २५ को उपदफा ५ को खण्ड (क) को व्यवस्था अनुसार मोहियानी हकै नलाग्ने जग्गाको सम्बन्धमा अनुसूची २ बमोजिम लगत प्रकाशन गर्ने र त्यसको आधारमा मोही कायम गर्ने कुरा कानुनसंगत नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता बसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना उल्लेखित मुद्दा :  आदेश न्या. हेरम्बराज : प्रत्यर्थी का.मु. शाखा अधिकृतको २०३२।८।४।५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. संक्षिप्त तथ्य यस प्रकार छ : २ तले थोत्रो घर खरको छाना भएको ४ रोपनि जुगेटारको घरबारी र लखनटार खेत ५ रोपनि समेत २०१०।२०११ सालमा प्रेमनाथ पाध्या अधिकारीसँग विपक्षीले लिई सकेपछि म घरबास नभएको मानिसलाई खेतको कूत मुरी १०। र बारीमा लगाएको बाली कोदो मकै अधिया तिर्नु, भत्केको घर बनाई घर बास गरी बस्नु, भनी निज विपक्षीले भनेबाट ऋण–धन गरी उक्त घर पुनः खडा गरी अहिलेसम्म घरबार गरी भूमिसुधार फारामहरू भरी मोहियानी हक समेत प्राप्त गरी सकेपछि विपक्षीले ०३२।२।२५ मा हटक गर्न आएकोले भूमिसम्बन्धी ऐन नियमबमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी माहिला डंगोलको फिराद परेकोमा विपक्षी वादीलाई मोहियानी समेतमा कमाउन दिएको छैन । कबुलियतको दोहरी र आयस्ता बुझी बुझाएको रसिदको अभावमा मोही हुँ भन्न कदापि मिल्दैन । भूमिसम्बन्धी नियमको दफा ३, ४, ५ बमोजिम अनुसूची १ नं. बमोजिमको ढाँचामा फाराम भरेको छु भन्न सकेको छैन, सो दफा (१) नं.को रीत पुगी दफा ६ बमोजिम तयारी लगत प्रकाशन भएपछि नियमको दफा ९(१) बमोजिम सो प्रकाशन लगतमा उजूर गर्ने म्याद गुज्री उजूर नलाग्ने भई सकेपछि ऐनको उपदफा (२) बमोजिम ४नं.को अस्थाई निस्सा दिनुपर्ने व्यवस्था छ, तदनुसार विपक्षीले सो नियमबमोजिम फाराम समेत भर्नु भएको छैन । लगत प्रकाशन गरी उजूर गर्ने म्याद दिई सोम्याद समाप्त भई उजूर नलाग्ने भए पछि मात्र ४ नं.को जो.अ.नि. दिनुपर्ने नदिएको हुँदा प्रकाशन लगत र प्राप्त गरेको जो.अ.नि.समेत स्वतःनै गैरकानूनी प्रयास विहिन एवं निष्कृय हुँदा प्रमाणमा समेत लिन मिल्दैन, फिराद खारेज गरिपाउँ भन्नेसमेत ज्ञानकाजी अमात्यको प्रत्यूत्तर भएकोमा ०३२।८।४।५ मा जि.भू.सु. का नुवाकोट शाखा अधिकृतबाट वादीले कानूनबमोजिम आफूले प्राप्त गरेको जो.अ.नि. को नक्कल र सो जग्गाको नियमबमोजिम बुझाउनुपर्ने वचत बुझाई प्राप्तगरेको १० नं. अनुसूची रसिदको नक्कल पेशगरेको र प्रतिवादीले वादी लाई सो जग्गाहरू मोहियानीमा कमाउन दिएको छैन भन्नेसम्म जिकिर लिएको देखिन्छ । यदि निज प्रतिवादीले वादीलाई मोहियानीमा कमाउन नदिएको भए वादी माहिला डंगोलले अनुसूची १ नं. को फाराम भरी अनुसूची नं.२ को फाराम प्रकाशित भइसकेपछि भूमिसम्बन्धी नियम ७(१) बमोजिम उजूर गर्नुपर्नेमा भएको सो गरे