निर्णय नं. ६८७४ - निर्णय वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८७४ - निर्णय वदर भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०२/१६ २६३९ निर्णय नं. ६८७४ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको दे.पु.नं. ................ ४४९७ फैसला मितिः २०५७।२।१६।२ मुद्दाः निर्णय वदर । पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वाड नं. २१ बस्ने जिवरत्न शाक्य विरुद्ध विपक्षी/वादीः का.जि.का.म.न.पा. वाड नं. २५ बस्ने जुजुभाई शाक्य समेत § वादीहरुले पूर्खाको गुठीमा आफ्नो समेत हक लाग्ने आधारमा प्रतिवादीले गराएको दर्ता सम्बन्धी मालपोत कार्यालयको निर्णय वदर गर्न माग गरेको जग्गा प्रतिवादीको भरपाई समेतबाट निजी गुठीको हो भन्ने तथ्यमा विवाद देखिंदैन । पुस्तावारीको जग्गाबाट वादीहरु र प्रतिवादी साविक दर्तावाल कुलरत्न शाक्यका गुठीयार दाजुभाईको सन्तान भएकोमा पनि प्रतिवादीको आपत्ति देखिएन । केवल गुठी जग्गाको रैकर परिणत लगायत गुठी पुजाआजा रेखदेख दर्ता प्रतिवादीले मात्र गरेको अन्य गुठीयारका शाखा सन्तानले वास्ता नगरेको समेतका अवस्थामा एकलौटी दर्ता गराएकोमा वादीहरुको हक समाप्त भै सकेको भन्ने प्रतिवादी जिकिर अनुसार के हो त भन्नालाई गुठी राख्दा कुनै धार्मिक सामाजिक उद्देश्यले राखिने र गुठीयारहरुको सन्तानले गुठीको उद्देश्य तथा पूरा गर्नुपर्ने दायित्व पूरा गरी गुठी पालो पाउने सम्म हो तर पुजाआजा आदिको कर्तव्य निर्वाह नगर्दैमा उक्त गुठीमा गुठी राख्ने दर्तावालाको सन्तानको हक नै समाप्त हुन्छ भन्न कानूनसम्मत हुँदैन । मुलुकी ऐन गुठीको महलको ५ नं. ले गुठीमा आफ्नो हक पुगेपछि सोह्र वर्ष भित्र नालेश नदिए २ वर्षको पालो पाउने कुरामा पछि नालेश त्याग्न सक्तैन भन्नाले गुठीमा २ वर्षे पालोसम्म नपाउने हो तर गुठीमा सामूहिक हक नै समाप्त हुन्छ र बाँकीमा गुठीयारले जे जस्तोसुकै गर्न पाउने छुट पाएको भन्न तर्कसंगत हुदैन । पालो चलाउन नपाएपनि गुठीमा हक सबै गुठीयारको सन्तानको समानरुपमा हुन्छ भनी मान्न नै उचित हुन्छ । अतः एवं प्रतिवादीलाई गुठी आफ्नो एकलौटी भन्न मिल्ने अधिकार नहुँदा एकलौटी दर्ता गरी दिने मालपोत कार्यालयको निर्णय वदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको देखिँदा उक्त फैसला सदर हुने । (प्र.नं.१६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री सिताराम तिवारी र श्री मोतीराज गौतम अवलम्बित नजिरः X फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छः 2. फिरादीहरुको बाजे बाबु तथा जिजु बाजेको नाउँमा पोत लगत खा २०५०।२३४ को लगतमा दर्ता भएको चौल्को पाखाले ४॥९।१ पंचदान निजी गुठी जग्गा सर्भेनापी हुँदा का.न.पा. वडा नं. १९ कि.नं.४२ क्षे.फ. ३-१५-२ निजी गुठी जनही नापी नक्सा भएकोमा गुठियार हामी फिरादी समेतका नाउँमा निजी गुठी जनाई दर्ता गर्न बाँकी रही रहेकोमा प्रत्यर्थी मध्येका जीवरत्न शाक्यको नाउँमा दर्ता भएको मौजा क्षेत्रपाटी हा.नं.४५३ को रोपनी ॥ आठ आना भिड्ने नापीको बखत का.न.पा. वडा नं.१९।६(ख) कि.नं. २२४ र ऐ.कि.नं. ४२ समेत कित्ता दुई जग्गाधनी परलोक भै निजका नाउँमा दर्ता भएको नामसारी गरी पाउँ भन्ने माग भएको र मोठ श्रेष्ता भिड्न आएको र हकदारका नाउँमा सूचना टाँस हु