निर्णय नं. ३९०६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०६ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/०२ २०७१ निर्णय नं. ३९०६ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४५७ फैसला भएको मिति : २०४६।६।२।२ मा पुनरावेदक/वादी : रामजित तेलीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला नवलपरासी सनई गा.पं. वडा नं. ७ बस्ने गोपाल पाण्डेसमेत मुद्दा : कर्तव्य ज्यान § इसारा गरेको थियो भनेको आधारमा मात्र अपराधी भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला प्रतिवादीहरू तर्फबाट : विद्वान अधिवक्ता श्री गांधी पंडीत फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) अनुसार पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. मिति २०३९।४।९ गते बिहान म परासी बजारतर्फ जाँदा दाजु रामपृत घरमै थिए फर्की आउँदा साँझको अं. ८ बजेतिर गाउँलेहरूले बोकी ल्याएको खराब हालत देखी सोधनी गर्दा खेतमा पानी हेर्न गई फर्की आउँदा गणेश श्रेष्ठ, पूर्णवासी थारु, दिनानाथ कोइरी समेत संग अघि पछि कुरा गर्दै आउँदै रहँदा दाजुको कम्बरमा १ फायर गोली लागी लडेको र पुनः गणेश श्रेष्ठले अर्को फायर गर्दा मिस भई गुहार माग्दा अपराधीहरू भागी गएका भनी दाजु रामपृतले मौकैमा भनेको र ऐ. रातीको १ बजेको दाजु रामपृतको अस्पतालमा मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र । ३. मृतकको कम्मरमा ४ ईन्च गोलाईको बेण्डज आधा भन्दा बढी रगतले भिजेको बायाँ कोखमा ४ ईन्च गोलाईको भाग पूरै निलो भई डाम देखिएको भन्ने मौकाको लाश प्रकृति मुचुल्का गोलीले हानी मृत्यु भएको भन्ने मृतक रामपृत तेलीको पोष्टमार्टममा डाक्टरको राय । ४. मृतकलाई प्रतिवादीहरूले गोली फायर गरी मारेमा पूरा विश्वास लाग्छ भन्ने केही गोली फायर गरेको सुनी गएका हौं । प्रतिवादीहरूले गोली हानेछन् र मृतक रामपृतको अस्पतालमा मृत्यु भएको हो भन्ने केही गणेश पूर्णवासी र दिनानाथ समेतले गोली हानी मारेको हो भनी रामपृत कै मुखबाट सुनेका हौं जाहेरीमा किटान गरेका व्यक्तिहरूले नै मारेका हुन् बन्दुकको आवाज आई हामीहरू जाँदा प्रतिवादी मध्ये गणेश, पूर्णवासी र दिनानाथ समेत भारततर्फ भागी गएको देखेका हौं जाहेरीमा किटान भएका व्यक्तिहरूको गोलीबाट रामपृतको मृत्यु भएको हो अरु उपर शंका छैन भन्ने समेत केही व्यक्तिहरूको भनाई भएको मौकाको सरजमीन मुचुल्का । ५. यस्मा किटानी जाहेरी लाश जाँच पोष्टमार्टम रिपोर्ट समेतबाट मिति २०३९।४।९ गते रामपृतको प्रतिवादी गणेश श्रेष्ठ, पूर्णवासी थारु, दिनानाथ कोइरी समेतले गोली हानी भारततर्फ भागी गएको र रामपृतको मृत्यु भएको भन्ने सरजमीनका दफा दफाका मानिसहरूले पुष्ट्याई दिई बकेका र अन्य प्रतिवादी रमइ वेल्दार, प्रल्हाद वेल्दार, गोपाल पाण्डे, रामकृपाल पाण्डे समेत उपर पनि शंका लाग्छ भनी मृतककी आमा कवलवती तेली समेतले शंका देखाई बकेका समेत कारणबाट निज प्रतिवादी गोपाल श्रेष्ठ समेत जना ७ ले ज्यानसम्बन्धीको १ नं. विरुद्ध कसूर गरेकाले नेपाल सरहदभित्रका प्रतिवादीको हकमा अदालतबाटै र भारत निवासीको हकमा नेपाल सरहदभित्र फेला परेका बखत मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) बमोज