निर्णय नं. ६८७५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८७५ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०१/१३ २७६० निर्णय नं. ६८७५ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५४ सालको रिट नं. ... ३०२८ आदेश मितिः २०५७।१।१३।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा. वडा नं.९ नारायणधारा बस्ने श्री ५ को सरकार पर्टन तथा नागरिक मन्त्रालय हवाई विभाग नागरिक उड्डयन तालिम केन्द्रको प्रमुख रा.प.प्रथम (प्रा.) पदबाट अवकास दिइएको वर्ष ५१ की श्रीमती रिता भण्डारी विरुद्ध प्रत्यर्थीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय सिंहदरबार, काठमाडौं समेत § निवेदिकाले आफ्नो सेवा अवधि थप हुनुपर्ने भनी लिएको जिकिरको सम्बन्धमा निजामति सेवा ऐन, २०४९ तथा नियमावली, २०५० ले गरेको व्यवस्थातर्फ हेर्दा उक्त ऐनको दफा ३३(१) मा कुनै निजमति कर्मचारीको अन्ठाउन्न वर्ष उमेर पूरा भएको वा तीस वर्ष सेवा अवधि पूरा भएको वा दफा १७ बमोजिमको पदावधि पूरा भएको कर्मचारीलाई सरकारी सेवाबाट अवकास दिइने छ भन्ने उल्लेख भएको देखिँदा निवेदिकाको निर्विवाद हक हनन् हुन गएको भन्ने देखिन आएन । उक्त ऐनको दफा ३३(२) बमोजिम सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने स्वविवेकीय अधिकार श्री ५ को सरकारमा निहित गरिएको ऐनको व्यवस्थाले निवेदिकालाई सेवा अवधि थप गर्ने हक प्रदान गरेको भन्ने अर्थ गर्न मिल्ने देखिंदैन । आफ्नो निर्विवाद हक कायम नरहेको स्थितिमा हकमा आघात पुग्यो भनी उपचार माग गर्न आउने निवेदिकालाई हकदैया भए रहेको देखिन आएन । तसर्थ श्री ५ को सरकारको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने स्वविवेकीय अधिकार भएकाले त्यस्तो अधिकारको प्रयोगका सम्बन्धमा असमान भयो भनी मान्न मिल्ने देखिन आउँदैन । तसर्थ निवेदिकाको मौलिक तथा कानूनी हकमा आघात पर्न गएको अवस्था नहुँदा यो रिट निवेदन खारेज हुने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री लेखनाथ पौड्याल अवलम्बित नजिरः आदेश न्या.अरबिन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर भै पेश हुन आए प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. म निवेदिका लोकसेवा आयोगको सिफारिश अनुसार हवाई विभाग अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयको रा.प.अ. प्रथम श्रेणी (प्रा.) मा नियुक्ति पाई श्री ५ को सरकारको सेवामा प्रवेश गरेकी हुँ । उक्त कार्यालयकै रा.प.तृ.श्रेणी (प्रा.) ए.आई.एस.अफिसर पदमा खुल्ला प्रतियोगिताद्बारा छानिई मिति २०३२।३।३० मा र मिति २०४२।७।१७ मा रा.प.द्बितीय श्रेणी (प्रा.) उपसचिव स्तर सिनियर कम्युनिकेशन अफिसर पदमा बढुवा नियुक्ति पाएँ । तत्पश्चात हवाई विभाग नागरिक उड्डयन तालिम केन्द्रको प्रमुख पद रा.प.प्रथम श्रेष्णी (प्रा.) सहसचिव स्तरमा मिति २०५१।४।२७ मा बढुवा नियुक्ति पाई आफूलाई सुम्पिएको काम इमान्दारी र वफादारीपूर्वक गरी आएकी थिएँ । म निवेदिकाको नोकरी वर्ष २०५२।३।३० मा ३० वर्ष पुग्ने हुँदा नि.से.ऐनको दफा ३३(२) र नि.से.नि. को नियम १०४ को प्रावधान अनुरुप सेवा अवधि थपका लागि सेवा अवधि समाप्त हुनु भन्दा धेरै पहिले मिति २०५२।२।१६ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएकी थिएँ । यसैबीच पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०५२।२।२९ को पत्रानुसार हवाई विभागमा हाजिर भएँ सेवा अवधि थपको सहमतिको ला