निर्णय नं. १०६२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/१७ २१५१ निर्णय नं. १०६२ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रिट नम्बर १४८८ आदेश भएको मिति : २०३४।६।१७।२ निवेदक : जिल्ला मोरङ विराटनगर न.पं. वार्ड नं. ९ बस्ने रोशनीदेवी तेली विरुद्ध विपक्षी : भूमिप्रशासक भूमिप्रशासन कार्यालय मोरङसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) प्रतिवादी पर्नु भन्दा अघिको सर्जमिन प्रमाणहिन हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा : आदेश न्या. हेरम्बराज : विपक्षी कार्यालयको २०३३।९।६ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छन् : बखरी गा.पं. वार्ड नं.९ को कि.नं.६९, ७० को ३–१८–१३ जग्गा १३ वर्ष अघिदेखि जोती आएकोमा कि.नं.६९ को ०–१–१० को स्थायी प्रमाणपत्र पाईसकेको र कि.नं.७० को ३–१०–१७ को स्थायी प्रमाणपत्र नपाएको हुँदा उक्त कि.नं.७० को मोहियानी स्थायी प्रमाणपूर्जा पाउँ भन्ने विकन कामतको उजूरी निवेदन । निवेदकले दावी गरेको कि.नं.७० को जग्गाको निज मोही होइन म आफैंले बाली लगाउँदै आएको छु निजको दावी बमोजिम जग्गा कमाएको भए सर्भे नापी समेत लेखाउनु सक्नु पर्ने निजले पेश गरेको ४ नं.जो.अ.नि.मा पनि मेरो नभएको र परमेश्वर हुलुवाई जग्गाधनी भएको जो.अ.नि. पेश गरेको देखिएको कि.नं.६९ को ०–१०–० को निज मोही हुन र कि.नं.७० को निज मोही होइन भन्ने रोशनीदेवीको वा गुणकिशोरको प्रतिउत्तर बयान भएकोमा जग्गाधनी रामसुन्दर शाह तेली र मोही विकन कामत भएको ४नं.जो.अ.नि.पेश भएको र कि.नं.७० को उक्त जग्गा विकन कामतले अघिदेखि जोति आएको भनी गा.पं.बखरीबाट सरजमिन भइआएको देखिएको र रामसुन्दरकै श्रीमती रोशनी देवी तेलानीको नाउँमा उक्त कि.नं.७०को जग्गा दर्तारहेको फिल्डबुक उतारबाट देखिएकोले निजै निवेदकले जोती आएको देखिँदा मागबमोजिम कि.नं.७० को ३–१०–७ को मोही हककायम गरिदिने ठर्हछ भन्ने भू.प्र.का.मोरङ्गाबाट ०३३।९।६मा निर्णय भएकोरहेछ । ३. उक्त निर्णय बदर गरी पाउँ भनी लिएको जिकिर यस प्रकार छन् । ४. मोही कायम गरिपाउँ भन्ने मुद्दा सुन्ने अधिकार प्रशासकलाई छैन, यो ऐनको यो दफाले यो मुद्दा प्राप्त अधिकारको प्रयोग गरी फैसला गरेको भनी फैसलामा उल्लेख छैन, अधिकार क्षेत्रको अभावमा भएको फैसला अ.बं.३५ नं.ले बदरभागी छ ४नं.जो.अ.नि. बमोजिम २ नं.अनुसूची प्रकाशित भएको छैन, २ नं. अनुसूची यो मितिमा यो ठाउँमा प्रकाशित भएको हो भनी फैसलाबाट देखिँदैन । जग्गा जोतेको पक्का सबूद विपक्षीबाट पेश भएको छैन । विपक्षीले पेश गरेको मोही हकको प्रमाणपत्रबाट कि.नं ६९ बाहेक अरू जग्गामा मोहियानी हक पाएको देखिँदैन । भूमिसम्बन्धी ऐनको दफा ८ (क) बमोजिम मोहीले ४ बिगाहा भन्दा बढी मोहियानी हक पाउने होइन विपक्षीले पेश गरेको ४नं. जो.अ.नि.मा ५।१७।० जग्गा लेखिएको छ ऐनको दफा ११ बमोजिम ४ बिगाहा भन्दा बढी जग्गा प्राप्त गर्नेतर्फ प्रशासकले कारवाही उठाएको देखिदैन,०२८ सालको रिट नं.१५९ बाबुलाल साहुतेली विरुद्ध भू.प्र.का.जलेश्वरसमेत भएको रिटनिवेदनमा स.अ.बाट०३०।३।७।५ मा भएको आदेश उल्लेखनीय छ, यो कारवाहीको उठान भएको विपक्षील