निर्णय नं. १०६३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०५/२३ २३०६ निर्णय नं. १०६३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट.नं. १६३६ आदेश भएको मिति : २०३४।५।२३।५ मा निवेदक : जिल्ला पर्सा वीरगञ्ज छपकैया बस्ने ठे.महमद ईजहार विरुद्ध विपक्षी : कर फछ्र्यौट आयोग, बबर महल काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अधिकारप्राप्त अधिकारीको न्यायोचित अनुमानमा आय कायम भएको र उक्त आय रकममा कर अधिकृतद्वारा आयकर निर्धारण आदेश दिइएको कानूनी त्रुटी भन्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : प्रत्यर्थी कर फछ्र्यौट आयोगको मिति २०३३।१२।१९ को निर्णय र २०३३।१२।२१ को आयकर निर्धारण आदेश बदर गरी कानून तथा प्राकृतिक न्यायको सिद्धान्त अनुकूल खूद आय निर्धारण गरी कानूनबमोजिम कर कायम गरी हक ईन्साफ पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. संक्षिप्त तथ्यसहित उक्त निर्णय आदेश बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको मुख्य जिकिरहरू यसप्रकार छन् : प्रत्यर्थी करकार्यालयले मेरो नाउँमा आर्थिक वर्ष २०३०।३१ (आश्विन भाद्र) को खूद आयकर फर्छ्यौट आयोगको ०३३।१२।२९ को निर्णय बमोजिम विना आधार रु.३,९९०००। कायम भएको भनी कर रु.२,०७६७५। र जरिवाना रु.२० समेत गरी ०३३।१२।२१ मा आयकर निर्धारण गरी पुनरावेदन नलाग्ने आदेश पठाउनु भएको प्रत्यक्ष कानूनी त्रुटी देखिन्छ । निवेदकले बारा र पर्सा जिल्लाको समेत गरी रु.१५,९६०००। ठेक्का बुझाउने गरी मद भट्टी ठेक्कको काम गरेकोमा भारतबाट महुवा पैठारीको मोलमा बृद्वि भई घाटा लागेको आय विवरण सामान्य आम्दानी खर्चको रिपोर्टको आधारमा आय विवरण बनाई०३२।८।९ मा पेश गरेको र न्यायोचित अनुमानबाट आयकर निर्धारण गरी पाउँ भनी बयानसमेत गरेकोमा आयकर ऐन, ०३१ को दफा ३३ (२) को अधिकार प्रयोग गरी दफा ३३(४) बमोजिमका आधारमा खूद आय कायम गरी कर निर्धारण गर्नुपर्नेमा सो नगरी कपट गरी विनाकारण आयकर निर्धारण रोकी राखी कर फर्छ्यौट आयोगमा मेरो स्वीकृति बेगर पठाई सफाईको मौकासमेत नदिई कर फर्छेयौट आयोगको ०३३।१२।१९ को निर्णय भनी रु. ३,९९०००। खूद आय कायम गर्नुभएको दुराशययुक्त प्राकृतिक न्याय सिद्धान्त विपरित भएको खर्च केही नकटाई कूल आम्दानीको अङ्कलाई खूद आय मानी परिवारवाला व्यक्तिलाई ७,५०० को आयमा आर्थिक ऐन, ०३२ बमोजिम छुट दिनुपर्ने सट्टा रु.४५००। मात्र कटाई मनोमान कर निर्धारण गर्नु भएको अनुहारबाट नै प्रत्यक्ष कानूनी त्रुटीपूर्ण आयकर निर्धारण आदेश देखिँदा बदर हुनुपर्ने कर फर्छ्यौट आयोगले कर सम्बन्धमा खुद आय कायम गर्दा कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा (६) ले निर्दिष्ट गरेको आयकर ऐन, २०३१ को दफा ३३(२), ३३(४) र ३३(५) दफा ४५ लाई अबलम्बन गर्न पर्ने हुन आउँछ । तर, प्रस्तुत आयकर निर्धारण आदेशमा सो सबै प्रकृयाको अभाव देखिन्छ । न्यायोचित अनुमानले आय कायम गर्दा आयकर ऐन, २०३१ को ३३ (४) मा उल्लेखित आधारहरू अपनाउनु पर्ने हो, ऐ को दफा ३३ (५) तथा प्राकृतिक न्याय सिद्धान्त विपरित आत्मनिष्ठ तवरले एकाले आय र अर्कोले कर निर्धारण गर्नु भएको प्रत्यक्ष कानूनी त्रुटी देखिएको । कर फर्छ्यौट आयोगबाट भएको आयक