निर्णय नं. ३९०९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०९ - परमादेश भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/११ ३३३० निर्णय नं. ३९०९ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १९२७ आदेश भएको मिति : २०४६।७।११।६ मा रिटनिवेदक : त्रि.वि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस नरदेवीको उपप्राध्यापक पदमा कार्यरत लक्ष्मीकान्त मिश्र विरुद्ध विपक्षी : त्रिभुवन विश्व विद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरसमेत विषय : परमादेश § संविधानद्वारा प्रदत्त कानुनको समान संरक्षण समान स्थितिका व्यक्तिहरूलाई दिइनु पर्ने अधिकार हो । धर्म, वर्ण, लिङ्ग, जात–जाती आदिको आधारमा कानुनको प्रयोगमा भेदभाव गर्न सकिन्न । समानताको हक स्वभावैले समानहरूका बीच प्राप्त हुने अधिकार भएकोले असमानहरूका बीच समानताको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश प्रत्यर्थीहरूतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म श्री ५ को सरकारको स्वास्थ्य सेवामा मिति २०१७।६।११ मा प्रवेश गरी २०२६।१।१२ गतेदेखि आयुर्वेद तथा चिकित्सालय नरदेवीमा शिक्षणतर्फ सरुवा बढुवा भई त्रि.वि.वि. अन्तर्गत उक्त शिक्षालय क्याम्पसमा परिवर्तित भई उपप्राध्यापक पदमा सेवा गर्दै आएको छु । मैले भारतको आयुर्वेद तथा युनानी चिकित्सालय पटनाबाट आयुर्वेदतर्फ आई.एस.सी. परीक्षा उत्तीर्ण भए पनि ५ वर्ष लाग्ने जी.ए.एम.एस. (Graduate of Ayurvedic Medicine & Surgery) परीक्षा उत्तीर्ण गरेको छु । एलोपैथिक पद्धतितर्फ आई.एस.सि. उत्तीर्ण गरेपछि लगभग ५ वर्ष नै लाग्ने एम.बी.बी.एस. को स्नातक शैक्षिक उपाधि प्रदान गरिन्छ । मेरो पद कायम रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतकै एलोपैथिक, (आधुनिक चिकित्सा) तर्फ सहप्राध्यापक पदको लागि विनियम ११.१०.२ (२०) अन्तर्गत एम.बी.बी.एस. को स्नातक उपाधि प्राप्त गरी महाविद्यालयमा कम्तिमा १० वर्ष पढाएको अनुभव वा १० वर्ष सम्बन्धित प्राविधिकतर्फ काम गरेको अनुभव हुनुपर्ने प्रावधान भएको पाइन्छ तर त्यसै चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेदतर्फ विनियम १०.१०.१४ (१) अनुसार आयुर्वेदतर्फ डक्टरेट डिग्री वा आयुर्वेद स्नातकोत्तर उपाधि प्राप्त गरी महाविद्यालयमा १० वर्ष पढाएको वा १० वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने गरी योग्यता निर्धारण गरिएको हुनाले समान अवस्थाका व्यक्तिहरूको लागि पदोन्नतिका लागि विभेद गरिएको देखी आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखलाई आज भन्दा लगभग १ वर्ष अघि यस सम्बन्धमा चित्त नबुझेको हुनाले ऐनको दफा २७ अन्तर्गत कारवाहीका लागि अनुरोध गर्दा क्याम्पस प्रमुखले आयुर्वेदतर्फ पनि आधुनिक चिकित्सा अनुसार नै योग्यता निर्धारण हुनुपर्दछ भनी प्रत्यर्थी डीनको कार्यालय समक्ष लेखी पठाउनु भएको थियो । सो सम्बन्धमा पटक पटक सम्पर्क राख्दा पनि कारवाहीको स्थिति सम्बन्धमा स्पष्ट जानकारी दिइएन । मिति २०४४।१२।२७ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन नं. ५।०४४ को सूचना अनुसार सो मितिले ३५ दिनभित्र आयुर्वेद क्याम्पस नरदेवीका लागि आयुर्वेदतर्फ सहप्राध्यापक पद १ को बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकोले त्रि.