निर्णय नं. ६८७६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८७६ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०१/०७ २७५३ निर्णय नं. ६८७६ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५४ सालको रिट नं. ... २७२८ आदेश मितिः २०५७।१।७।४ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । रिट निवेदकः का.जि.का.म.न.पा. वडा नं. ५ हाडीगाउँ घर भै जि.शि.अ. भोजपुरमा पदाधिकार रही क्षेत्रीय शिक्षा निर्देशनालय सुदुर पश्‍चिमान्चल दिपायलका का.मु.निर्देशक पदमा कार्यरत नरेशप्रसाद गौतम विरुद्ध विपक्षीः लोक सेवा आयोग, केन्द्रीय कार्यालय कमलपोखरी § अवकाश अवधिको जेष्ठता र भौगोलिक क्षेत्र वापतको अंक दिन नमिल्ने भन्‍ने तर्फ हेर्दा यस अदालतबाट सम्वत् २०५५ सालको रि.पु.नं. ७४ फुलेश्‍वरप्रसाद यादव वि. लोक सेवा आयोग समेत भएको उत्प्रेषणको रिट निवेदनमा अवकाश पश्‍चात पुनः स्‍थापना हुँदा सेवा अवधिमा निरन्तरता रहेको देखिन आउँछ । स्थायी सेवामा रही अवकाश लिई बीचमा अवधि टुटाई पुन स्थायी नियुक्ति भएमा पूर्ण सेवा अवधि शत प्रतिशत नै गणना हुने अवकाश दिने निर्णय त्रुटीपूर्ण भै पुस्थापित भएको हुँदा निजले सेवामा रहँदा पाउने सबै सुविधाहरु नपाउने भन्‍न न्यायोचित हुन सक्दैन । पुनस्थापना भएको अवस्थालाई दृष्टिगत गरी भौगोलिक क्षेत्र वापतको अंक प्रदान गरिएको कार्यलाई त्रुटीपूर्ण भन्‍न सकिदैन (सर्वोच्च अदालत बुलेटिन वर्ष ७, अंक १५, पूर्णाङ्क १५३, पृष्ठ ४) भन्‍ने सिद्धान्त प्रतिपादन भएको देखिँदा सो सिद्धान्त समेतबाट बढुवा समितिले निजामति सेवा नियमावली, २०५० को नियम ८५ बमोजिम निर्णय गरी जेष्ठतामा र भौगोलिक क्षेत्र वापत समेतका अंक प्रदान गरेको मिलेकै देखिँदा निवेदन जिकिर उपयुक्त देखिन नआउने । (प्र.नं.१२) रिट निवेदक तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री विश्‍वदीप अधिकारी र श्री उमेशप्रसाद गौतम विपक्षी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी नागेन्द्र प्रसाद र कमलप्रसाद लाल कर्णका तर्फबाटः विद्बान अधिवक्ता श्री रमेशकुमार मैनाली सत्यबहादुरको तर्फबाटः विद्बान अधिवक्ता श्री ध्रुवप्रसाद पन्त अवलम्बित नजिरः स.अ.बुलेटिन वर्ष ७, अंक १५, पूर्णाक १५३, पृ.४ आदेश न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय आदेश यस प्रकार छः 2. लोक सेवा आयोग तथ्यांक तथा प्रकाशन शाखाको सूचना नं. २७७।२०५२।०५३ मा शिक्षा प्रशासन रा.प.प्रथम श्रेणीको लागि ४ पदमा आन्तरिक बढुवाद्बारा पदपूर्ति गर्न सूचना प्रकाशित भएकोमा मेरो सम्पूर्ण योग्यता पुगेकोले आवेदन गरेकोमा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको मिति २०५४।५।११ को बढुवा सूचीमा मेरो नाम समावेश नगरी अन्य प्रत्यर्थीहरुको नाम समावेश गरेकोमा मैले लोक सेवा आयोगमा उजूरी दिएकोमा लोक सेवा आयोगले समेत सोही निर्णय कायम राखी मिति २०५४।८।१६ मा निर्णय गर्‍यो । उक्त निर्णयमा प्रत्यर्थी मध्येका कमलप्रसाद लाल कर्ण र सत्यबहादुर श्रेष्ठ मिति २०५२।१।२२ मा मात्र समूहिकृत हुनु भएकोमा निजामती सेवा नियमावली, २०५० को नियम ७५(ख)(३) बमोजिम सेवा अवधि नपुगेको हुँदा नियम ७६ बमोजिम उम्मेदवार हुन पाउने होइन । त्यस्तै प्रत्यर्थी नागेन्द्रप्रसाद सिंह मिति २०४९।७।२१ मा सेवाबाट अवकाश पाई मिति २०५२।७।१२ मा मात्र पुनर्वहाली भएकोमा अवकाश अवधिको जेष्ठता, वर्गीकृत क्षेत्र तथा कार्य स