निर्णय नं. १०६४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/१६ २१९८ निर्णय नं. १०६४ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट.नम्बर. ७६३ आदेश भएको मिति : २०३४।६।१६।१ मा निवेदक : का.जि. हाल का.न.पं. वार्ड नं. २४ भोंसिकोटोल बस्ने केदारसिंह ठकुरी विरुद्ध विपक्षी : बा. अञ्चलाधीश का. का सहायक अञ्चलाधीश श्री कुलराज पाण्डेसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) दुइजनाको बीचमा भएको करारसम्बन्धी व्यक्तिगत विवादमा हस्तक्षेप गरी कारवाही चलाउने, बयान लिने, जमानत माग्ने वा मिलापत्र गराउने, अधिकार–सहायक अञ्चलाधीशलाई नभएको । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नुतनबहादुर थपलिया र विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार प्रधान विपक्षी तर्फबाट : विद्वान का.मु सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या. विश्वनाथ उपाध्याय : विपक्षी कार्यालयको २०३४।३।२८।६मा गराएको कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : विपक्षी दुर्गाबहादुर समेत उपर ठेक्का विषयमा काठमाडौं जिल्ला अदालतमा विपक्षी मध्येका शेखरचन्द्र गुप्ताले ०३३ साल चैत्रदेखि ०३४ चैत्रसम्म हामी दुवै थरीले मञ्जूर गरेकोमा भाइ बुहारी माछा के.जी. १ के.रु.८। ले दैनिक ५० के.जी., रहु प्रति के.जी. रु १० का दरले दैनिक ५० के.जी., गरैया प्रति के.जी. रु ७ ले दैनिक २५ के.जी., नैनी प्रति के.जी. रु ९।५० ले ७५ के.जी. हाकिमलाई बुझाउने हामीहरू दुर्गाबहादुर खत्री र म समेत दुई जनाले बुझी यहाँ बिक्री गर्न शर्त मञ्जूरनामा कागज गरी विपक्षी मध्येका शेखरचन्द्र गुप्तालाई ०३३।१२।१२ मा रु.५,०००। मिति ०३३।१२।२७ मा रु. ५,०००। ०३४।२।१७।२ मा १६००।समेत जम्मा रु.११,६००।दिई सकेको छु मैले र विपक्षी दुर्गाबहादुरले रु.१० हजार गरी दुई पटक विपक्षीका शेखरचन्द्रलाई दिई सक्दा पनि माछा वितरण नगरेकोले फेरि शेखरचन्द्रलाई १,६००।दिई विपक्षी दुर्गाबहादुरलाई समेतसँग वीरगञ्ज पठाएको थिएँ, तर दुवै विपक्षी मिली मलाई माछा अभंग मरेको रकम समेत फिर्ता दिएनन् यो कामको सम्बन्धमा ०३३।१२।१५ मा करार ऐन अन्तर्गत रही हाकिमहरूले शर्तनामा कागज गरेका थियौं, केही गरी सो कागज विपरित कार्य गरे हर्जाना समेत बुझाउने छु भनी ठे.शेखरचन्द्रले लेखी दिनु भएको थियो । त्यसै कारण उक्त शर्तनामा भङ्ग गरेकोले शेखरचन्द्र र मेरो साझेदार विपक्षी दुर्गाबहादुर समेत मिली मलाई धोका दिई विपक्षीले दिएको भाउ माछा बिक्री गर्दा मलाई नाफा हुने रु.२०४६५ समेत जम्मा रु.१४,३१५ विपक्षीहरूबाट दिलाई अड्डैबाट भराई पाउँ भन्ने ०३४।४।१२ मा हाम्रो फिराद परेको छ प्रतिलिपि पेश गरेको छु । ३. यस्तैमा विपक्षी कार्यालयका स.अञ्चलाधीश कुलराज पाण्डेले तपाईसँग केही कुरा बुझ्न परेको भनी ०३४।२।१०, ०३४।२।३२, ०३४।३।२७ मा समेत उपस्थित हुन आउनु भनी पत्र लेखी पठाएको र पटकै पिच्छे हाजिर हुन गएको थिएँ आखिर मलाई तारेखमा राखियो र तपाई उपर विपक्षी मध्येका दुर्गाबहादुर खड्गीको लेनदेन विषयको उजूरी परेको छ भनी सो उजूरी सुनाइयो र त्यसमा अर्को भएको साँचो व्यहोराको प्रतिवाद बयान दिएपछि ०३४।४।२७ मा विपक्षी दुर्गाबहादुर खड्गीलाई उजूरी दावी बमोजिम रु.५०००।अहिले नै तिर्नु बुझा