निर्णय नं. १०६५ - परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५ - परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/१३ २१६० निर्णय नं. १०६५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट.नं. ६८७ निवेदक : ललितपुर जि.ललितपुर न.पं.वा.नं.१ कुपण्डोल बस्ने सोमध्वज विष्ट विरुद्ध विपक्षी : श्री बढुवासमिति मार्फत लोकसेवा आयोग बसन्तभवन विसालनगर काठमाडौं विषय : परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) नि.से.नि ०२१ को नियम ३, ५, ४ को (घ) अनुसार ३ महिनाको अवधि खुलेको कागजको अभावमा प्रत्यर्थीले गरेको निर्णय त्रुटीयुक्त भन्नसकिने अवस्था नहुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान का.मु सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : आदेश न्या.धनेन्द्रबहादुर सिंह : मिति २०३४।३।९ को नामावली र मैले दिएको बढुवा उजूरीमा विपक्षीहरूले गरेको कारवाही निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यस प्रकार : लोक सेवा आयोग उजूरी एवं निरीक्षण शाखाले निवेदकलाई लेखेको ०३४।३।८ को पत्रमा राजपत्राङ्कित तृतीय श्रेणीबाट द्वितीय श्रेणी प्रशासन सेवाको मिति २०३३।१२।११ को गोरखापत्रमा प्रकाशित नामावली बारे चित्त नबुझी नि.से.नि.३.५ (९) र (१०) अनुसारको तपाईले दिनु भएको उजूरी उपर छानवीन हुँदा तपाईको दावी निम्नलिखित कारणले आधारहिन भएकोले नि.से.नि.३.५ (११) अनुसार अव हुने बढुवामा तपाईले प्राप्त गरेको मूल्य अङ्कको नियमानुसार अङ्क कट्टा गर्ने आयोगबाट निर्णय भएको व्यहोरा अवततार्थ अनुरोध गर्दछु । उजूरी आधारहिन हुनाको कारण : तपाईले अलेस्काको फ्लोरिडा विश्वविद्यालयबाट लिएको सन् १९७४ को तालिमको प्रमाणपत्रमा फल क्वार्टर १५ क्रेडिट आवर भन्ने मात्र उल्लेख गरी स्पष्ट अवधि नखुलेको तालिमको अवधि ३ महिना वा सो भन्दा बढी हो भन्ने कुरा नि.से.नि.३.५.४ को (घ) बमोजिम प्रमाणित नभएको र उजूरीसाथ पेश गर्नु भएको यू.एन.डी.पी. नेपालको १९७७।४।२६ को पत्रबाट अवधि खुलेको आधारमा हाल अङ्क थप दिन नमिल्ने । तपाईका उजूरी उपर सहानुभूतिपूर्वक विचार गर्दा पनि उपरोक्त कारणले गर्दा दावी अनुसार हुन नसकेको दुःख प्रकट गर्दछु भन्ने उल्लेख भएको रहेछ । ३. प्रस्तुत रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् : लोक सेवा आयोग पदोन्नति शाखाको सूचना नं.४।०३२।३३ मा उल्लेखित नेपाल प्रशासन सेवा राजपत्राङ्कित द्वितीय श्रेणीको ७५ रिक्त पदमा बढुवाको लागि नियमानुसार मैले पनि फर्म भरेकोमा मिति २०३३।१२।११।५ को गोरखापत्रमा लोक सेवा आयोग पदोन्नती शाखाको सूचना नं. ४।०३२।३३ मा उल्लेखित नेपाल प्रकाशन सेवा राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पद ७५ (पचहत्तर)मा नि.से.नि. बमोजिम तपसीलका उम्मेदवारहरूलाई बढुवाको लागि सिफारिश गर्ने मिति २०३३।१२।१०।४ मा बसेको बढुवा समितिले निर्णय गरेको हुँदा नि.से.नि.परिच्छेद ३ को नियम ५।९। र ।१ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ भनी तपसील खण्डका ७५ जनाको नाम उल्लेख गरिएको उक्त सूचनामा सिफारिश भएका उम्मेदवार मध्ये सबै भन्दा कम अङ्क प्राप्त गरी पचहत्तरौं क्रममा परेको उम्मेदवार श्री हेममेहर श्रेष्ठले प्राप्त गरेको जम्मा अङ्क २७०.५० भएको भन्ने समेत व्यहोराको सूचना प्रकाशित गरियो । सो मिति २०३३।१२।११