निर्णय नं. ३९११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९११ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०४/१७ २४१८ निर्णय नं. ३९११ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रिट नं. १६०२ आदेश भएको मिति : २०४६।४।१७।३ मा निवेदक : रा.वि.न.पं. वार्ड नं. ५ बस्ने श्रीमती सुमित्रा गुप्ता विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार, काठमाडौंसमेत विषय : उत्प्रेषण § नियमले तोके बमोजिमको अङ्क प्रकाशन नभएमा सो नियमावलीको नियम २९ मा उल्लेख भए बमोजिम यस नियमावली बमोजिम दिइने आर्थिक सहयोग विज्ञापन र अन्य सुविधा तथा सहुलियत बन्द गर्न सक्ने श्री ५ को सरकारलाई अधिकार भएको देखिने । (प्रकरण नं. १२) § छापाखाना र प्रकाशसन सम्बन्धी (संशोधित) नियमावली, २०४० को नियम ६ ले तोके बमोजिमको अङ्क प्रकाशित गर्न नसकेको पत्रिकाको प्रकाशनलाई निलम्बन गर्न सक्ने अधिकार श्री ५ को सरकारलाई भएको नदेखिने । (प्रकरण नं. १२) § कानुन बमोजिम प्रकाशनको हकाधिकार पाइराखेको पत्रिकाको प्रकाशन नियम ६ ले तोके बमोजिमको अङ्क प्रकाशन गर्न नसकेको कारणले सो पत्रिकाको प्रकाशनलाई निलम्बन गर्न सक्ने गरी कुनै कानुनले अधिकार नदिएसम्म पत्रिका प्रकाशन गर्न पाउने गरी कानुन बमोजिम पाएको हक अधिकारलाई निलम्बन गर्ने गरी श्री ५ को सरकारबाट भएको आदेश अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आई यस इजलास समक्ष प्रस्तुत हुन आएको यस रिटनिवेदन सम्बन्धको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. म निवेदकले जि. का.स.द.नं. २।०३९।०४० मा नविन साप्ताहिक समाचार नामक पत्रिका दर्ता गरी अनुसूची बमोजिमको प्रमाणपत्र पाई सो पत्रिका प्रकाशन गरिआएकोमा विपक्षी नं. २ बाट आ.व. ०४१।४२ भरी नै पत्रिका प्रकाशन भएको प्रमाणित नभएको व्यहोरा उल्लेख गर्दै पाठकहरूले पढी समुचित लाभ उठाउन नसकेको जनाउँदै उक्त कार्यले छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४० (संशोधन सहित) को विपरीत हुन आएको भनी पत्रिकाको प्रकाशन निलम्बन गर्ने गरी श्री ५ को सरकारको निर्णय भएको व्यहोराको प.सं. २७३ मिति ०४२।९।७ “नविन” साप्ताहिक मोरङ जिल्ला विराटनगरको नाममा पत्र पठाएको रहेछ । ३. नविन साप्ताहिक विराटनगरको नाममा उक्त पत्र गएकाले सप्तरी राजविराजबाट प्रकाशित भइराखेको मेरो पत्रिका भएकोमा विपक्षी नं. २ बाट काटिएको पत्र विपक्षी न. ५ बाट मलाई बुझाउनु ल्याउँदा मैले सो पत्र मेरो हो हैन भन्दा पनि तपाईले बुझ्नु पर्छ भनी जबरजस्ती पत्र बुझाएकाले यस अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु मेरो प्रकाशकत्वमा प्रकाशित पत्रिका आ.व. ०४१।०४२ भरी नै नियमित रुपमा प्रकाशित भइराखेको कुरा वर्ष ३ र ४ का विभिन्न अङ्कहरूमा प्रकाशित समाचारले पुष्टि गर्ने र विपक्षी नं. ५ बाट मलाई बुझाउन ल्याएको पत्रबाट राजविराजबाट प्रकाशित मेरो पत्रिकालाई असर पर्न नसक्ने समेतका कारणबाट विपक्षीहरूबाट भएको निर्णय त्रुटिपूर्ण भएको र त्यसबाट संविधानको धारा १०(१) ११(१)(२)(क)(ङ) द्वारा प्रदत्त अधिकारमा आघात पर्न गएकोले उक्त निर्णय बदर गरी यथावत रुपमा पत्रिकाको प्रकाशन गर्न पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ४. यस्मा के कसो