निर्णय नं. ६८७७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८७७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: २ फैसला मिति :२०५६/०८/०७ २६३२ निर्णय नं. ६८७७ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञाइन्‍द्रबहादुर श्रेष्ठ सम्वत २०५३ सालको रिट नं. ... २७७५ आदेश मितिः २०५६।८।७।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः काभ्रेपलान्चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं. ६ स्थित होटल सन एन स्नो प्रा.लि.को व्यवस्थापक तथा ऐ.ऐ. को प्रबन्धक सुरेन श्रेष्ठ विरुद्ध विपक्षीः का.प.जि.धुलिखेल नगरपालिका वडा नं. ६ स्थित होटल सन एन स्नो प्रा.लि.मा कार्यरत रही हाल निष्काशित कामदार ऐ.ऐ. वडा नं. ६ बस्ने रोम श्रेष्ठ समेत § रोम श्रेष्ठलाई सेवाबाट हटाउने निवेदक व्यवस्थापकको निर्णय उपर रोम श्रेष्ठको श्रम अदालतमा पुनरावेदन परेको देखिन्छ । व्यवस्थापनको सेवाबाट हटाउने निर्णय उपर श्रम अदालतमा परेको पुनरावेदन सुन्‍ने अधिकार श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतलाई भएकै र निवेदकको मौलिकहक हनन् भएको अवस्थाको अभाव र क्षेत्राधिकारको त्रुटी समेत नदेखिई आफ्नो कानून बमोजिमको क्षेत्राधिकार प्रयोग गरी गरेको निर्णयको सम्बन्धमा असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.८) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री नारायणप्रसाद घिमिरे विपक्षी श्रम अदालतको तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी विपक्षी रोम श्रेष्ठको तर्फबाटः विद्बान अधिवक्ता श्री डिल्लीराम भण्डारी अवलम्बित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः 2. निवेदकको प्रतिष्ठान होटलमा वेटर पदमा कार्यरत अस्थायी कामदार प्रत्यर्थी रोम श्रेष्ठले डिउटी समयमा पटक पटक मादक पदार्थ सेवन गरी कार्यरत रहने हुँदा पटक पटक मौखिक रुपमा सम्झाउँदा समेत निजको आचरणमा कुनै सुधार नभएको हुँदा दुई पटक नसिहत सहितको चेतावनी दिए पनि सोही दुर्व्यवहारपूर्ण खराब आचरण दोहोरिएको हुँदा व्यवस्थापक बाध्य भई श्रम ऐन, २०४८ को दफा ५२(५) बमोजिम प्रत्यर्थी निज रोम श्रेष्ठलाई मिति २०५२।४।२१ गते देखि सेवाबाट हटाइएको उपर प्रत्यर्थी रोम श्रेष्ठको श्रम अदालत काठमाडौंमा पुनरावेदन परेकोमा निवेदकलाई आफ्नो भनाईहरु प्रस्तुत गर्ने मौका नै नदिई रोम श्रेष्ठलाई सेवा वर्खास्त गर्दा श्रम ऐन, २०४८ को दफा ५२(५) को आधार बनाउन मिल्ने नदेखिएकोले ५२(५) को आधार बनाउन मिल्ने नदेखिएकोले ५२(५) को स्थिति नरहेको भन्‍ने कुरा मिसिलबाट नदेखिएकोले प्रतिष्ठानको २०५२।४।२१ को निर्णय वदर भई पुनर्वहाली पाउने ठहर्छ भनी श्रम अदालतबाट भएको फैसला त्रुटिपूर्ण एवं गैरकानूनी छ । प्रत्यर्थी रोम श्रेष्ठलाई सेवाबाट हटाएपछि का.प.जि.धुलिखेल स्थित ढकाल रेष्टुरेण्ट एण्ड वारमा कार्यरत रहेको अवस्थामा यस प्रतिष्ठानको सेवा स्वेच्छाले त्याग गरेको मान्‍नु पर्ने हुँदा निजको पुरानवेदन प्रभावहीन निष्प्रयोजन रहेको छ । श्रम अदालत काठमाडौंको उक्त मिति २०५३।११।२ को फैसलामा निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२) र धारा १७ ले प्रत्याभूत गरेको हक कुण्ठित भएकोले धारा ८८(२) अन्तर्गत उत्प्रेषणको आदेशद्बारा श्रम अदालतको मिति २०५३।११।२ मा भएको फैसला वदर गरी पाउँ र यो निवेदनको अन्तिम टुंगो नलागेसम्म श्रम अदालतको उक्त फ