निर्णय नं. १०६६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६६ - लेनदेन भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०६/०२ २५५५ निर्णय नं. १०६६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५४ आदेशभएको मिति : २०३४।६।२।३ मा पुनरावेदक : भोजपुर जि.भोजपुर गा.पं.वा.नं.९ बस्ने पूर्णप्रसाद उपाध्याय भट्टराई विरुद्ध विपक्षी : ऐ.ऐ. वार्ड नं.४ बस्ने विष्णुकुमार श्रेष्ठ मुद्दा : लेनदेन (१) लेनदेन व्यवहारको ५ नं.मा भरपाईमा तमसुक फेला नपरेको कारण खुलाउनु पर्ने व्यवस्था भएको नपाईने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली उल्लेखित मुद्दा : फैसला न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट प्रतिवादीबाट साँवा ब्याज भराई दिने भन्ने ठहराई छिनेको इन्साफ मुनासिव गरी ऐ ०३३।५।१६ को फैसला भएकोले मलाई मर्का पर्न गएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी पूर्णप्रसाद उपाध्यायको निवेदनमा अनुमति दिने मिति ०३२।१०।२५।५ को डिभिजन बेञ्चको आदेश अनुसार यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : विपक्षी तिलानाथले २०२७।३।२ मा मबाट रु.५०००।लिई पूर्णप्रसादबाट निजले लिनु पर्ने रु.५०००।को ०२७।३।१५ गते कपाली तमसुक सोपुवा दिएको रुपैयाँ नतिरेकोले कानूनबमोजिमको ब्याज र उक्त साँवा समेत २ जना जसबाट पाउँछु उसबाट भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. २०२७।३।१५ गते साहु लिलानाथलाई रु.५०००।रुपैयाँ बुझाउँदा तपाईका नाउँको लिखत फेला नपरेकोले भरपाई गरिदिन्छु भनी रुपैयाँ बुझी भरपाई गरिदिएको दोहोरो लिन खानका लागि सोपुवा लिने गरेको मात्र हुन दोहरा तिर्न नपरोस् भन्ने समेत प्र. पूर्णप्रसादको प्रत्युत्तरपत्र । ४. २०२९।१०। गते हाजिर हुने शुरु म्याद गुजारी प्रत्युत्तर नदिई लिलानाथ बसेको । ५. वादी दावीको साँवा रु.५०००।र आजसम्मको ब्याज रु.९१०।कोर्टफी समेत वादीले पूर्णप्रसाद प्र. तिलानाथ जना २ बाट बराबरका दरले भरी पाउने ठर्हछ भन्ने समेत भोजपुर जिल्ला अदालतको फैसला । ६. शुरु जिल्ला अदालतले लिलानाथ समेतबाट भराई दिने गरेको इन्साफमा चित्त बुझेन वादी दावीको साँवा ब्याज पूर्णप्रसादबाटै भराई पाउँ भन्ने समेत वादी विष्णुकुमारको र मैले आफै साहु लिलानाथलाई २०२७।३।१५ मा बुझाई भरपाई समेत पेश गरेकोमा मबाट आधी र लिलानाथ समेतबाट भराउने गरेको शुरु अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. पूर्णप्रसाद समेतको पुनरावेदन सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चमा परेको । ७. लेनदेन व्यवहारको ५ नं. को रीत पुर्याई नभएको उक्त भरपाईलाई सोही नम्बरले सदर गर्न हुँदैन कानूनबाट सदर हुँदैन भनी किटानीसाथ निषेध गरिएको काम कुरा कसैले गर्छ भने त्यस्तो कानून विरुद्धको काम कुरा स्वतः बदर हुन्छ त्यस्तो गैरकानूनी काम कुरालाई बदर गर्न उजूर गरी रहन पर्दैन भन्ने सिद्धान्त छ, त्यसको अतिरिक्त उक्त भरपाईमा आय टिकट टाँसेको वा बुझाएको नदेखिँदा कानुनी मान्यता दिन नमिल्ने हुँदा तिलानाथबाट समेत साँवा ब्याज भराउने गरेको शुरुको फैसला नमिलेको हुँदा बदर गरिएको छ, वादीले दावी बमोजिम साँवा र ब्याज समेत प्र.पूर्णप्रसादबाट भरी पाउने ठर्हछ भन्ने समेत सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला र सो इन्साफ मुनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।५।१६।