निर्णय नं. ३९१२ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१२ - दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०५/१२ २३५१ निर्णय नं. ३९१२ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे. विविधि नं. ५७ फैसला भएको मिति : २०४६।५।१२।२ मा पुनरावेदक/वादी : जि. सल्यान वन गार्ड धाँजरी पिवल गा.पं. वडा नं. ६ बस्ने झुमाकुमारी बुढाथोकी क्षेत्रीको हकमा ऐ.ऐ. बस्ने भोलाप्रसाद बुढा क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जुद्धबहादुर बुढाथोकी मुद्दा : दर्ता बदर § वादीले नापी गोश्वारामा निवेदन दिँदा नै विवादित जग्गा प्रतिवादीले दर्ता गराएको कुरा उल्लेख गरेकाले आफ्नो जग्गा अरुले दर्ता गराएको कुरा निजलाई थाहा थियो भन्ने कुरामा विवाद हुन नसक्ने । (प्रकरण नं. १८) § आफ्नो जग्गा अरुले दर्ता गराइसकेपछि थाहा पाएको मितिले ६ महीनाभित्र नालेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था ज.प. को १७ नं. तथा ज.मि. को १८ नं. अन्तर्गत भएको । (प्रकरण नं. १८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : यस अदालतमा “यो बिन्तिपत्र जाहेर हुँदा यस्मा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतले छिनेको बिन्तिपत्रमा लेखिएको दर्ता बदर भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ बिन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भन्ने विशेष जाहेरी विभाग राजदरवारको तोक आदेश साथ निवेदन प्राप्त हुन आएकोले इन्साफ जाँचका लागि प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ । २. सल्यान वन गाउँ डुडा खोला तालुक मौ.नं. १३ मा माटो मुरी ।१६। दर्ता भए मध्ये माटो मुरी ।२।१३।२।७ के साविक तिरो रु. १।१२ को छूटबाट माटो मुरी ।१। को रु. ५ को तिरो रु. १३ लागेको उक्त जग्गा रुद्रसिं बुढाथोकीबाट मैले २००९।३।२६।६ मा रु. ९९ मा घरायस्मा राजीनामा गराई तालुकदारको श्रेस्तामा दा.खा. समेत गराई तिरोभरो गरी भोगचलन गरिआएको पूर्व केदार बुढा समेत ४ किल्लाभित्रको सल्यान बाझकोट काफ्ले पानी गा.पं. वार्ड नं. ८ कि.नं. २७६ को रोपनी १–१–१–१ जग्गा म नापीमा उपस्थित हुन नसकेको अवस्था अन्यायवालाले उक्त कि.नं. २७६ को जग्गा अन्यायवालाका नाउँमा भएको दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको झुमाकुमारीको फिरादपत्र । ३. सल्यान वन गार्ड डुडा खोला तालुम ०९८ सालमा मोठ नं. १०५ को सादुखोला गाँच्या विष्टका ३ ठाउँ गरी खेत ।७ मध्ये दर्तावाला देबु भन्ने बेद बुढा पर्लोक भएपछि उहाँको छोरा मैले ०१७।२।७ गते सल्यान मालको श्रेस्ता खेत ।१।३।३ नामसारी दा.खा. गराएको उक्त खेत ।७। मध्ये अर्को दर्तावाला जिते भन्ने जितबहादुर बुढा मतवालाले मलाई रु. ४५।– मा ०३२।१।१५ गते घरायस्मा राजीनामा गरिदिए अनुसार तालुकदारको श्रेस्तामा दा.खा. गराएको खेत ।११।५।२ समेत हकभोग गरिआएको उक्त खेत एकै चक्ला मिलेको पूर्व केशर बुढा समेत ४ किल्लाभित्रको जग्गा सर्वे नापी हुँदा सल्यान बाझकोट गा.प. वार्ड नं. ८ कि.नं. २७६ रोपनी १–१–१–१ कायम भई मेरो नाममा दर्ता भएको छ । वादी दावीको खेत सल्यान वन गार्ड बाझो डुडा गा.पं. वार्ड नं. ७ कि.नं. २२१ रोपनी ५–३–३–० कायम भई वादीको एकाघरको लोग्ने भोलाप्रसादका नाउँमा दर्ता भएको छ । वादी दावी कि.नं. २७६ को जग्गा मेरै हक कायम राखी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत जुद्धबहादुर ब