निर्णय नं. १०६७ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६७ - हकसफा भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०५/३० २०१२ निर्णय नं. १०६७ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको दे.फु.नं. ११४ आदेशभएको मिति : २०३४।५।३०।५ मा पुनरावेदक : जि.भोजपुर सिकतेल ताती गा.पं.वार्ड नं.८ बस्ने तिलकबहादुर पाण्डे विरुद्ध विपक्षी : जि. भोजपुर नाभन्तं गा.पं.वा.नं.८ केराबारी बस्ने जनकबहादुर पाण्डे मुद्दा : हकसफा (१) रजिष्ट्रेशनको ३५ नं.अनुसार दर्खास्त गर्दा थैली धरौट राख्नुपर्नेमा थैली थाहा छैन वा थैली थाहा पाउने श्रोत थाहा छैन भने त्यस्तो निखन्न पाउँ भन्नेले रजिष्ट्रेशनको ३५ नं. अनुसार कारवाही गर्नुपर्ने नदेखिने । थैली थाहा पाउन सक्ने कोशिस गर्न रजिष्ट्रेशन पारित गरेको वा साहू रहेको रजिष्ट्रेशन पारित गर्ने कार्यालयबाट थाहा हुन नसक्ने वा अरू कारणबाट थाहा नपाएकोमा मात्र निखनाई पाउन थैली धरौट राख्ने श्रोत दर्खास्तवाला सँग भएको भन्न नमिल्ने । कसैले आफूले पाएको अधिकार उपभोग गर्ने कोशिश नगरी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं.को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त नहुने । (प्रकरण नं. १०) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा उल्लेखित मुद्दा : निवेदक दाइजिबती बेसैनी विपक्षी वादी गोदावरी वतिको दे.फु.नं.१४३ को हक सफा मुद्दा फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने पुनरावेदक वादीको निवेदनबाट अनुमति पाई पुनरावेदनको लगतमा दर्ता पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : डिल्लीध्वज दर्ता माटो ।७ को खेत कान्छाबाबु बमबहादुरले विपक्षीबाट रु.१००। खाई राजीनामा गरेको कुरा ०२९।६।९ मा थाहा पाएकोले घटी बढीमा पछि दाखिल गर्ने गरी रु.१००।धरौट दाखिल गरेको छु हक सफा गरी पाउँ भन्ने मेरो मालमा दर्खास्त परेकोमा नजिकको हकदार पनि होइन रु.१०,०००। मा राजीनामा लिएको थैली बुझ्न कर लाग्ने होइन निजको हक लाग्ने थियो भने अदालतमा उजूर गर्नुपर्ने भन्ने जनकबहादुरको बयान भएकोमा ०३०।१।२० मा हाजिर भई तारेख थमाउँदा रु.१०,०००।को राजीनामा पेश गरेको छ थैली धरौट दाखिल गर भनी मालले भनेबाट रु.१०,०००।थैली पूरा गरी दाखिल गरेकोमा म्याद भित्र वा म्याद नाघी थैली धरौट दाखिल गरेको के हो ? सो प्रश्न समावेश भएको हुँदा अदालतबाट निर्णय दिनुपर्ने भनी आय र कर अदालतबाट फैसला भएको हुनाले फिराद दिन आएकोछु खास नजिक हकदार हुँदा हकसफा गरी पाउँ भन्ने समेत वादी तिलकबहादुरको फिरादपत्र । ३. लेनदेन व्यवहारको १६ नं.ले ६ महिना भित्र दायर गर्नुपर्ने हाल अदालतमा दायर गर्दा लेनदेन व्यवहारको १६ नं.को म्याद काटी दायर भएको हुँदा वादी उजूरी खारेज हुने भन्ने समेत जनकबहादुर पाण्डेको प्रतिवादी । ४. वादीलाई हाजिर हुने तोकिएको ०२९।११।२१ को तारेख भन्दा अगावै ०२९।११।१८ मा प्रतिवादी जनकबहादुरले थैली किटान गरी बयान गरेको थैली धरौट राख्नु भन्ने मालले सुनाई वादीको कागज गराए मात्र वादीलाई थाहा हुने कुरामा ०३०।१।२० मा हाजिर भई तारेख थमाउँदा रु.१०,०००।को राजीनामा पेश गरी बयान गरी बयान गरेको छ, थैली धरौट दाखिल गर भनी मालले भनेको हुँदा उसै दिन रु.१०,०००।थैली धरौटी राखेको र वादी हकदार होइन भन्न नसकेकोले प्रतिवादीबाट हक सफा गर्ने पाउने ठर्ह