निर्णय नं. ३९१३ - लिखत बदर दाखिल खारेज नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१३ - लिखत बदर दाखिल खारेज नामसारी भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/१० २२५४ निर्णय नं. ३९१३ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ६७१ फैसला भएको मिति : २०४६।६।१०।४ मा पुनरावेदक/प्रतिवादी : जिल्ला इलाम मंगलबारे गा.पं. वडा नं. १ बस्ने लालबहादुर श्रेष्ठसमेत विरुद्ध वादी : ऐ.ऐ. बस्ने जसमाया श्रेष्ठ मुद्दा : लिखत बदर दाखिल खारेज नामसारी § कुनै पनि सम्पत्ति मेरो हकको हो भनी दावी गर्नु मात्र पर्याप्त होइन, प्रथम दृष्टिमा नै कानुनी रुपबाट सो हक रहेभएको प्रमाणित तवरले देखिन पर्दछ । सोही आधारमा कुण्ठित हकको प्रचलन हुने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. मेरो नाम दर्ताको कि.नं. १०५ क्षेत्रफल ०–१–३ को घर जग्गा सर्भे नापीमा मेरो स्व.श्रीमती जसमाया भनी मेरो हक मेट्ने उद्देश्यले मुखको परिपञ्च मिलाई इलाम माल कार्यालयको मिति २०३८।३।२६ को पर्चाले लालबहादुरको श्रीमतीको नभई मेरो नाउँको जग्गा हुँदा माल कार्यालयको आदेश पर्चा लिखत बदर गरी मेरो दर्ता श्रेस्ता यथावत कायम राखी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. लालबहादुरकी श्रीमतीले पिता रन्जितबाट पाई भोग गरी सर्भे नापीमा जसमाया दर्ता भएको निजको पर्लोक हुँदा लालबहादुर नाउँमा दा.खा. नामसारी भई निज दर्तावाला लालबहादुरले म बाट रु. २०००।– लिई २०३८।३।२६ मा लिखत पारित भई मेरा नाउँमा दा.खा. भई सोही सालदेखि जग्गामा घर बनाई सकेको वादीको जग्गा भए २०१६ सालमा निजले जिम्मा लिएको कागज सर्भेमा नाप नक्शा गरी लिएको ज.ध. पुर्जा समेत नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर । ४. विवादित जग्गा लालबहादुर कै हकभोगको देखिँदा वादी दावी बमोजिम दा.खा. नामसारी गरिपाउँ भन्ने समेत व्यहोराको जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको इलाम जिल्ला अदालतको फैसला । ५. शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन दावी बमोजिम गरिपाउँ भनी परेको पुनरावेदनमा विवादित जग्गा जसमायाको हक रहेको भएको प्रमाणित हुन नआउँदा इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको फैसला । ६. जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको अञ्चल अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षबाट परेको निवेदनमा अनुमति प्रदान भएको रहेछ। ७. यस्मा प्र.लालबहादुर सोही गा.पं. को उपप्रधानपञ्च देखिएको पञ्चायतबाट प्राप्त भएको सिफारिश रीत पूर्वकको देखिन नआएको वादी जसमाया श्रेष्ठ, लालबहादुरकी श्रीमती हुन भन्ने प्रमाण पेश हुन नसकेको, जसमायाले प्राप्त गरेको ज.ध. पुर्जामा लालबहादुर पति भनी उल्लेख नभएको समेतबाट मालपोत कार्यालयको मिति २०३८।३।२६ को पर्चाबाट भएको नामसारी तथा मिति २०३८।३।२६ को पारित राजीनामा समेत बदर भई विवादित जग्गा वादीकै नाउँमा दर्ता कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला । ८. पूर्वाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी पुग्न नसक्ने ठहराएको शुरु र अञ