निर्णय नं. ६८७८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८७८ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असार अंक: ३ फैसला मिति :२०५६/१२/११ ३३५१ निर्णय नं. ६८७८ ने.का.प. २०५७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५४ सालको रिट नं. .... २५२४ आदेश मितिः २०५६।१२।११।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि. का.म.न.पा. वडा नं. ३२ बस्ने सावित्री प्रधान विरुद्ध विपक्षीः रा.वा.बैंक के.का. बालुवाटार समेत § यसमा निवेदिकाको छोरा बसन्त कुमार प्रधानको नाममा मिति २०४६।४।१६ मा ऋण लिँदा आफ्नो नाममा रहेको घरजग्गा धितोबन्धकको लागि जमानी बस्नु भई धितो लिखत पारित भएकोमा विवाद देखिएन । निवेदिकाको छोरा बसन्त कुमार प्रधानले मिति २०४७।१२।५ मा लिएको ऋण असूल उपर हुन नसक्दा अघिल्लो पटक अर्थात मिति ०४६।४।१६ मा धितोबन्धकको लागि जमानी बसी धितो लिखत पारित भएको आधारमा निवेदिकाको घर जग्गा लिलाम बिक्रीको लागि सूचना प्रकाशित गरिएको भन्ने लिखित जवाफबाट देखिन्छ । मिति २०४७।१२।५ मा निवेदिकाको छोराले बैंकबाट ऋण लिँदा यो यस्तो जग्गा धितोबन्धकमा पारित भई रोक्का रहे भएको थियो भनी बैंकले लेख्न खुलाउन सकेको पनि देखिएन । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(ग) अनुसार बैंकले ऋणीलाई कर्जादिँदा बैंकलाई मान्य तेश्रो व्यक्तिको चल अचल सम्पत्ति धितो लिई वा बैंकको हित सुरक्षण हुने गरी बैंक र जमानी हुने व्यक्तिको बीचमा भएको सम्झौताको शर्तको आधारमा ऋण दिन सक्ने छ भन्ने कानूनी व्यवस्था भईरहेकोमा निवेदिकाले मिति २०४६।४।१६ मा जारी दिएको धितो बन्धकको जमानी मिति २०४७।१२।५ मा छोराले लिने बैंकसँगको ऋण समेतलाई हुने गरी धितोबन्धक जमानी दिएको हो भनी अर्थ गर्न मिलेन । तसर्थ निवेदिका आफूले वा छोराको लागि बैंकसँग ऋण लिँदा जति ऋण बराबर जमानी बसेको हुन्छ त्यति ऋणमा मात्र निवेदिकाको दायित्व हुने हो । ऋण लिँदा दायित्व नबोकेको सम्पत्तिमा निवेदकको दायित्व नहुने हुँदा निवेदिकाको आफ्नो कि.नं.१३९१ को घर जग्गा धितोबन्धक जमानीको लागि स्वीकृती नदिएको अवस्थामा पनि सो घर जग्गा रोक्का राखी लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरे लगायतका सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले वदर हुने । (प्र.नं.६) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री परशुराम आचार्य विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री राधेश्याम अधिकारी अवलम्बित नजिरः आदेश न्या.कृष्णकुमार वर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. का.जि.का.म.न.पा. वडा नं.३२ को कि.नं. १३९१ क्षे.फ. ०-४-२-० को जग्गा र सो जग्गामा भएको घर समेतको हकदार धनी म हुँ । बस व्यवसाय संचालन गर्ने उद्देश्येले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिंहदरबार मार्फत हायार पर्चेज अन्तर्गत बस खरिद गर्दा मेरो नाममा रहेको कि.नं. १३९१ को घर जग्गा बैंक समक्ष धितो राखेको थिएँ । निवेदिकाले बैंक समक्ष धितो राखेको जग्गाबाट निवेदकाको छोरा बसन्त कुमार प्रधानको पनि एउटा बस खरिद गर्ने इच्छा भएको हुँदा सोही जग्गाले खामे सम्म बस खरिद गर्न मन्जुरी दिएको हुँदा धितो राखेको जग्गाबाट रा.बा.वैंक सिंहदरबार शाखाबाट हि.नं. २५।०१ र छोराको हि.नं. २५।०२ हायरपर्चेज ऋण नम्बरबाट मिति २०४६।४।१९ मा २ वटा बस झिकाई आफ्नो व्यवसाय संचालन गर्दै आएका थियौ । बैंकबाट प्राप्त ऋणको भुक्तानी समय समयमा भईरहेको र बैंकबाट प्राप्त ऋणको साँवा ब्य